गोरखा : औपचारिक नेपाल भ्रमण सकेर थप ६ दिन भूकम्पपीडितको सहयोगमा जुट्ने घोषणा गरेका बेलायती राजकुमार ह्यारीसँग नेपाली, बेलायती वा अन्य अन्तर्राष्ट्रिय कुनै पनि मिडिया साथै नहुने भन्दै बेलायती दरबार केनसिङ्टन प्यालेसले विज्ञप्ति नै जारी गरी गोपनीयताको सम्मान आग्रह गरेको थियो। तर सरकारी समाचार एजेन्सी राससले शुक्रबार साँझ ह्यारीको लोकेसन नै सार्वजनिक गरिदिएको छ।
राससले रातिको बुलेटिनमा ह्यारी उत्तरी गोरखाको लापु गाविस–३ स्थित प्रभातकिरण माविको भवन निर्माणमा जुटेको जानकारी दिएको छ।
राससले समाचारमा लेखेको छ- “बिहीबार साँझ लापु आइपुग्नुभएका उहाँले आज बिहानदेखि अपराह्नसम्म स्थानीय बासिन्दासँग मिलेर ढुङ्गा र काठ बोक्ने काम गर्नुभयो । बेलायतको परोपकारी संस्था टिम रुबिकनले निर्माण गरिरहेको सो विद्यालय भवन ११ कोठाको हुनेछ । राजकुमार ह्यारीको टोलीमा १७ बेलायती र तीन नेपाली छन् । सो विद्यालय भूकम्पले भत्काएको विद्यालय हो । ह्यारी अझै केही दिन यहीँ बस्ने बताइएको छ।”
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment