Friday, March 25, 2016

एनआईडिसीको स्वामित्वमा रहेको नबिल बैंकको शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम १३५३ रुपैयाँ

नआईडिसी डेभलपमेन्ट बैंक (NIDC) ले नबिल बैंकमा रहेको करिब एक लाख ६३ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । एनआईडिसीले सस्थापक समूहको सेयर किन्न चाहनेका लागि बोलपत्र आब्हान गरेको छ । बैंकले प्रतिकित्ता न्युनतम एक हजार तीन सय ५३ रुपैयाँमा सेयर विक्री गर्न लागेको हो ।

एनआईडिसीले आफ्नो स्वामित्वमा रहेको एक लाख ६२ हजार नौ सय ८१ कित्ता सस्थापक सेयर विक्री गर्न लागेको हो । न्युनतम एक हजार तीन सय ५३ रुपैयाँमा तोकिएपनि बोलकबोलमा लगानीकर्ताले यो भन्दा बढी मूल्यमा किन्न पनि सक्छन् ।

नबिलको सस्थापक सेयर (NABILP) को अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय १४ रुपैयाँमा भएको थियो । बजारमा चलेको भन्दा दुई सय रुपैयाँ कममा सेयर बेच्न प्रस्ताव गरिएको हो ।

लगानीकर्ताले कम्तिमा एक सय र त्यसमाथि १० अंकले भाग जानेगरी सेयर किन्ने प्रस्ताव पेश गर्नुपर्ने छ ।
डिम्याट खाता भएका लगानीकर्ताले मात्रै सेयर आवेदन दिन पाउनेछन् । डिम्याट खाता नभएका लगानीकर्ताले सेयर किन्ने बोलकबोलमा भाग लिन पाउँदैनन् ।

सरकारी स्वामित्वको एनआईडिसी डेभलपमेन्ट बैंक नबिलको सस्थापक लगानीकर्ता हो । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ गर्न नपाउने व्यवस्था गरेपछि एनआईडिसीले सेयर विक्री गर्न लागेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment