Friday, March 25, 2016

गुगलले सगरमाथालाई चीनमा देखाएकोमा आरोही संघको आपत्ति

१२ चैत, काठमाडाैं । सगरमाथा आरोही संघले विश्वको गौरव सगरमाथालाई चीनको भुभागमा देखाएको भन्दै आपत्ति जनाएको छ ।

चर्चित इन्टरनेट सर्च इन्जिन गुगलले सर्वोच्च शिखर सगरमाथा नेपालको भुभागमा नपारी चीनको भुभागमा राखेर विश्व समुदायलाईनै सगरमाथाबारे गलत सूचना दिने प्रयास गरेकाले तत्काल सच्याउन आरोही संघले आग्रह गरेको छ ।

शुक्रबार संघले एक विज्ञप्ति जारी गरी भनेको छ- ‘विश्वभर फैलाउने सूचनामा भ्रम र गलत जानकारी राखेर नेपालको पहिचानलाई कमजोर बनाउने प्रयास गरिएको छ, यो तुरुन्त सच्याइयोेस् ।’

संघकी अध्यक्ष माया शेर्पा र कार्यवाहक महासचिव मदन चुडालले जारी गरेको संयुक्त विज्ञप्तिमा गुगलको यो हर्कतको नेपाली जनताले विरोध गर्न र नेपाल सरकारले पनि तुरुन्त यो विषयमा गुगललाई सच्याउन पहल गर्न आग्रह गरिएको छ । बिज्ञप्तिमा भनिएको छ,- ‘नेपालको अस्तित्वको गलत सूचना प्रवाह गरेको मुद्दा अन्तर्राष्ट्रियकरण होस् ।’

संघले विज्ञप्ति मार्फत विश्वभरका सगरमाथा आरोहीलाई पनि यो गलत सूचनाको भरमा नपर्न आग्रह गर्दै सगरमाथा नेपालमा रहेका कारणले नेपालबाट मात्र सगरमाथा आरोहण गर्ने प्राधिकार मिल्ने स्पष्ट पारेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment