यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपाल विद्युत् प्राधिकरण शाखा राजविराज वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्तरुपमा जिल्लाभर खटिएको अनुगमन टोलीले एकै दिन दुई दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेमा जिल्लाको जमुनिमधेपुरा गाविस ५ का अभिलास रजक, जुगाई रजक, रायपुर गाविस ६ का शिवनारायण यादव, पोखरिया ८ का जगु महतो, पर्साही ८ बस्ने शैलेन्द्र साह, पथ्थरगाडा ५ बस्ने भुवनेश्व झा, रमानन्द ठाकुर, गौइठी ६ बस्ने देव किसुन सदा र राजविराज नगरपालिका ५ का विजयकुमार चौधरीलगायत दुई दर्जन व्यक्ति रहेको विद्युत् प्राधिकरण राजविराजले जनाएको छ । उनीहरूलाई विद्युत् हुकिङ गरी चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरूविरुद्ध विद्युत् ऐनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।
उच्च रक्तचापको समस्या भएपछि पत्रकार कनकमणि दीक्षितलाई वीर अस्पताल लगिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० वैशाखमा पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौलाशामा राखेको थियो । पत्रकार दीक्षितलाई नियन्त्रणमा लिएर गरिएको स्वास्थ्य परीक्षणमा पहिलो पटक रक्त चाप १९०/९० र दोस्रोपटक १८०/९० देखिएको थियो ।
तर, अख्तियारले दीक्षितलाई साधरण कैदीबन्दी राखिने कोठामा राखेको थियो । दीक्षितलाई ‘गैर कानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने’ भन्दै नियन्त्रणमा लिएको छ ।
शर्मिला पाठक –
काठमाडौँ : महानगरपालिकाले २०५६ सालदेखि सिनेमा हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको भए पनि हालसम्म मनोरञ्जन कर कुनै पनि सिनेमा हलले तिरेका थिएनन्। कर नतिर्दा सिनेमा हलको वार्षिक रु २५ लाखसम्म बक्यौता रहने गरेको थियो।
पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरु विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका छन्।
केही समय अघिदेखि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदैआएका तर कर नतिरेका सिनेमा हललाई कामपाले कारबाहीको प्रक्रिया सुरु गरेको थियो।
गोपीकृष्ण सिनेमा हलले कर तिर्न विभिन्न किसिमका करको शीर्षकसहितको विवरण लिएर आएको महानगरपालिका राजस्व विभागका विभागीय प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिए। अन्य सिनेमा हल पनि कर तिर्न विवरण लिएर आएका उनले बताए।
“महानगरभित्र सञ्चालित सिनेमा हलले मनोरञ्जन कर अहिलेसम्म नतिरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउन परेको हो” – प्रमुख प्रधानाङ्गले भने।
उनका अनुसार कारबाही प्रक्रियाअन्तर्गत कर नतिर्ने हलको सुविधा कटौती गर्दै लगिने, मालपोत रोकिने र बैंक खाता रोक्का गरिने छ ।
हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत ११ सिनेमा हल सञ्चालित छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ । आफ्नो भवन रही सञ्चालन हुँदै आएका सिनेमा हलले बहाल घर तिर्नु नपर्ने र भाडामा लिई हल सञ्चालन गर्दै आएकाले बहाल करसमेत तिनुपर्ने नियम रहेको राजस्व महाशाखा प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।
महानगरमा सञ्चालन हुँदै आएकामध्ये पाँच वटा हल भाडाका रहेका छन्।
स्थानीय र नेपाली भाषामा देखाइने कुनै पनि सिनेमाको लागि भने मनोरञ्जन कर तिर्नु पर्दैन । यो भन्दाबाहेक अन्य सबै भाषामा देखाइने सिनेमाका लागि मनोरञ्जन कर तिर्नुपर्ने नियम रहेको छ ।
नियमअनुसार सिनेमा हलमा टिकट बिक्री हुने बित्तिकै प्रतिटिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने छ । रासस
जाडो महिनामा अण्डा खान निकै मन लाग्छ र मनग्गे खाइन्छ पनि । तर जब गर्मीयाम सुरु हुन्छ अण्डा कम खाइन्छ ।
अण्डा आफैमा गर्मी चिज भएकाले गर्मी याममा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक नहुने मान्यता रहने गरेको छ । भलै अण्डा गर्मी गराउने खानेकुरा हो ।
तर यसमा हुने विभिन्न खाले पौष्टिक तत्वहरुका कारण यो गर्मी तथा ठण्डी सबै मौसममा उत्तिकै आवश्यक तथा लाभदायी खानेकुराको रुपमा रहेको हुन्छ ।
प्रोटिनले भरिपूर्ण अण्डा स्वास्थयका लागि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन ए तथा भिटामिन डी दुबै हुन्छ । यसका साथै अण्डामा क्याल्सियम, फलाम तथा फस्फोरस जस्ता लवण पनिपाइन्छ ।
गर्मीमा अण्डा खाएमा पाचन प्रक्रियामा गडबडी आउने तथा अपच हुने समस्या उत्पनन हुने गलत मान्यता रहिआएको छ । तर वास्तविकता के हो भने यसले सरीरलाई बाहिरी वातावरणको अधिक गर्मीबाट शितलता प्रदान गर्दछ ।
यसमा हुने विभिन्न लवण तथा अन्य तत्वहरुले सरीरमा फ्लुडको मात्रा सन्तुलनमा राख्न सहयोग गर्दछ भने सरीरलाई चाहिने उर्जा समेत प्रवाह गर्दछ ।
त्यसोभए एक दिनमा कति अण्डा खाने त ? आवश्यकता भन्दा बढि खाएमा त्यसले अवश्य पनि पाचनक्रियामा बाधा उत्पन्न गर्न सक्छ ।
गर्मी याममा दिनमा १।२ ओटासम्म अण्डा खानु पर्याप्त हुन्छ । त्यसभन्दा बढि खानु लाभदायक हुँदैन । तर जो मानिस शारीरिक सुगठनमा लागेका छन्, वा जिमखाना धाइरहेका छन् उनीहरुले दिनमा ३ वटासम्म र जाडो याममा ६ वटासम्म अण्डा खान सक्दछन् ।
जुम्ला । जीवनका ७१ औँ वसन्त देवदार र सल्लाको दियालो बाल्दै बिते । बिहान उठ्दा नाकबाट कालो सिङ्गान पुछ्न नपरेको दिनै थिएन ।
आज त्यही दियालोको कालोपोत लागेका घरमा सेतो प्रकाश पर्दा जीवनले नयाँ रुप फेरेजस्तो भएको छ, खुसीको सीमा नै छैन बड्की–८ कोइरेलीका ७१ वर्षीया दर रोकायालाई । उहाँले भन्नुभयो, “बेलैमा यस्तै उज्यालो देख्न पाएको भए कालो धुवाँ खानु पर्थेन र आयु पनि लम्बिन्थ्यो होला, तर पनि खुसी त्यसैमा छु । अब उज्यालो देखेर मर्न पाइने भइयो ।”
अहिले कोइरेली गाउँमा ३० किलोवाट क्षमताको ओदिघाट लघु जलविद्युत् आयोजना विद्युत् गृह बनेको छ । जिल्ला विकास समिति जुम्ला, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बड्की गाविस तथा समुदायको श्रमदान गरेर रु एक करोड १५ लाखमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको अध्यक्ष लंकबहादुर शाहीले जानकारी दिनुभयो ।
यसबाट ३, ४ र ८ वडामा विद्युत् सेवा पुगेको छ । पहिलो पटक गाउँ झलमल भएपछि स्थानीयवासी दङ्ग परेका छन् । अध्यक्ष शाहीका अनुसार यो आयोजनाबाट बड्की गाविसकै वडा नं ९ आचार्यलिही गाउँसम्म विद्युत् विस्तार गर्ने लक्ष्य लिइएको छ । हाल निर्मित आयोजनाबाट ८०० घरधुरी लाभान्वित भएको जनाइएको छ । उक्त आयोजनाको निर्माण कार्य २०६९ देखि सुरु भएको थियो । रासस5
युनाइटेड नेसन्स । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले युरोपियन युनियनका सदस्य २८ राष्ट्रमा पेरिस जलवायु सम्झौतालाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।
पछिल्ला दशकमा विश्वको तापमानमा व्यापक बृद्धि हुनथालेपछि पेरिसमा हालै सम्पन्न जलवायु सम्मेलनले तापमानलाई बृद्धि गर्ने स्रोतलाई नियन्त्रण गरी थप स्थितिलाई थप भयावह हुन नदिन पेरिस जलवायु सम्झौता गरिएको हो ।
सहमतिलाई फ्रान्सले सन् २०१६ भित्रै प्रयोगमा ल्याउने बताउँदै युरोपेली युनियनमा संलग्न राष्ट्रहरुले पनि यसलाई विशेष महत्वका साथ लिन आग्रह गरेका हुन ।
उनले युरोप जलवायु समस्या नियन्त्रण प्रयास स्वरुप गरिएको सहमतिलाई फ्रान्सेली संसदले यही ग्रिष्म ऋतुपूर्व नै स्वीकृत गर्ने बताउँदै ईयूलाई पनि सोहीअनुसार अगाडि बढ्न अनुरोध गरे । रासस÷एएफपी
११ वैशाख, काठमाडौं । नेपालगञ्ज सनराइज यातायात व्यवसायी संघ बाँकेले जाजरकोेटका लागि सुविधा सम्पन्न सुमो गाडी सञ्चालनमा ल्याएको छ ।
पुरानो गाडीहरु सन्चालन हुदै आएको सो रुटमा बिहीबारबाट सुविधा सम्पन्न गाडीहरु सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीचमा समितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले जाजरकोट र नेपालगञ्जबाट संयुक्त रुपमा सेवा उद्घाटन गरे । एसीजडित गाडी पहिलोपटक जाजरकोटमा सञ्चालन भएको हो ।
न्ोपालगन्जबाट दैनिक चारपटक सो गाडी सञ्चालन हुनेछ । जाजरकोटका सर्बसाधारणहरुको सुविधालाई ध्यान राख्दै गाडीहरु सञ्चालनमा ल्याएका समितिका उपाध्यक्ष प्रविण बिसीले जानकारी दिए ।
उनले भने-‘जायज भाडा लिएर हामी त्यसक्षेत्रका सर्बसाधारण लाई सुविधा सम्पन्न गाडीमा यात्रा गराउछौं ।’
नेपालगन्जदेखि सल्लीबजार हुँदै जाजरकोट पुग्ने यात्रुबाहक बसहरु अत्यन्त पुराना रहेका छन् । सर्बसाधारणहरु जोखिम मोलेर त्यस्ता बसहरुमा यात्रा गर्न बाध्य छन् ।
जहिले पनि रङ रङका खादा र मालामा कार्यक्रम स्थलमा स्वागत गरिदै आएकोमा हिजो एक कार्यक्रमाम रुद्राक्षको मालामा स्वागत गरिएकोमा गुहमन्त्री शक्ति बस्नेत एकाएक छक्क परेका थिए ।राष्ट्रिय खवर डटकमले राजधानीमा आयोजना गरेको दोश्रो बार्षिक उत्सवको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउँदा उनलाई रुद्राक्षको मालाले स्वागत गरिएको हो ।
त्यति मात्र नभइ स्वागत मन्तव्य समेत स्वस्तिवाचनबाट पढिँदा कार्यक्रममा उपस्थित सबै जिल्ल परेका थिए । ज्योतिष मणी शर्माले स्वागत मन्तव्यको सट्टा स्वस्तिवाचन पढिरहँदा त्यो कुनै अनलाईन पत्रिकाको कार्यक्रम नभएर धार्मिक कार्यक्रमको उद्घाटन जस्तो देखिन्थ्यो । राष्ट्रिय खवर डटकमका प्रधान सम्पादक मुकुन्द ढुंगानाको जन्मदिन समेत यसैदिन परेकाले उनले अतिथिहरुलाई आफुलाई प्यारो लाग्ने रुद्राक्ष उपहारको रुपमा दिन चाहेको बताए ।
पूर्वमन्त्री लालबावु पण्डीत र गृहमन्त्री शक्ति बस्नेतका बिचमा नेपाली ढाका टोपी र दौरा सुरुवाल लगाएर बसेका ढुंगाना आगन्तुक सबैको आकर्षणका केन्द्रविन्दु बनेका थिए । गुहमन्त्री भने कार्यक्रम सञ्चालनको तरिका देखेर मुसुमुसु हासिरहेका थिए ।
यस्तै अन्यत्र दिपप्रज्वलन एवं रिबीन काटेर उद्घाटन गर्ने गरिएकोमा यहाँ भने बिरुवामा जल सेचन गरेर उद्घाटन गरिएको थियो । त्यसैले होला कार्यक्रमको उद्घाटन गर्न अगाडी बढ्दा प्रमुख अतिथि लगायतका व्यक्ति एकछिन अलमल्ल परेका थिए ।
अनलाईन मिडियामा २ बर्षे कार्यकाल राम्रो रहेको र आगामी दिनमा अझ प्रभावकारी बनाउनु पर्ने सुझावका साथ कार्यक्रम सम्पन्न भएको थियो ।जे होस कार्यक्रम उद्घाटन लगायत स्वागत मन्तव्य,मायाको चिनो लगायतका वितरणको भिन्न शैली देखेर आगन्तुक अतिथि एवं पत्रकारहरु अचम्ममा परेका थिए । गृहमन्त्री बस्नेतलाई भने रुद्राक्षको माला के गरौ के गरौ भएको जस्तो देखिन्थ्यो ।
जितेन्द्र चौधरी भन्छन्-“हमनी देश के रक्षा के ले देह लगा के ड्युटी कर सकेला” ।
सीमानाहरुको संवेदनशीलता विश्वमा जहाँ पनि हुन्छ । चाहे अमेरिका र मेक्सिकोवीचको सीमाना होस्, चाहे अफगानिस्तान र पाकिस्तान वीचको सीमाना होस् वा नेपाल र भारतवीचको । सीमाना भनेको सुरक्षाको आधार हो। स्वाभिमानको निशाना हो । र, सीमाना भनेको आफ्नो आमाको अस्मिता समेत हो ।
भुमिको अधिकार सीमानामाहरुमा बाँधिएको हुन्छ । भूमिले अधिकार पाएमा मात्र कुनै पनि देशका नागरिक सार्वभौम हुन्छन् ।
सुरक्षाका दृष्टिकोणबाट हेर्दा नेपाल, भारतवीचको खुला सीमाना ज्यादै नै संवेदनशील देखिन्छ । त्यसैले हाम्रा जंगे पिलरहरू फिर्ता गर भन्ने नाराहरू घन्किन्छन् बेलाबेलामा । सीमाना मिचिएका समचारहरू प्रकाशित हुदाँवित्तिकै सीमाना मै पुगेर राष्ट्रिय झण्डा गाड्ने देशभक्तहरू समेत छन् । तिनको तर्क हुन्छ-हाम्रो अस्मिता लुटियो, हामीलाई हेपियो भन्ने ।
राजनीतिक दलका नेताहरुले पनि मिचिएको सीमानाकै एजेण्डा अगाडि सारेर जनताको ‘सेन्टिमेन्ट-क्यास’ गर्छन् ।
सुरक्षा होइन, सामाजिक दृष्टिकोणबाट ब्याख्या गर्दा पनि हाम्रा सीमानाहरू संवेदनशील मोडहरुमा उभिएका छन् । को मधेसी हुन्, को बिहारी हुन् भनेर चिन्न हम्मे-हम्मे परेको छ ।
गम्भीर अपराध गरेर भाग्नेहरुका लागि स्वर्णिम द्वार बनेको छ सीमाना । राजस्व छलेर एकै रातमा युगभरिका सन्तानहरुलाई पुग्ने धन कुम्ल्याउनेहरुका लागि अवसरको ढोका जस्तै भयो यो सीमाना । यिनै तमान समस्याहरुका बाबजुद नेपाल-भारतवीचको खुला सीमानालाई युगअनुसार व्यवस्थित गर्नुपर्दछ भन्ने बहसहरू नचलेका पनि होइनन् । तर ती बहसहरू केवल बहसकै रुपमा सम्पन्न भए ।
वास्तवमा दुनियाँ डिजिटल युगमा प्रवेश गरिसकेका बेला हराएका ती जंगे पिल्लरहरू आफै जुरुक्क उठेर आउने छैनन् । हाम्रो चेतना, मगज र चिन्तन नदिएपछि सीमानाहरू उठ्दैनन् ।
पछिल्लो समय नेपालीहरुको जागरुकता बढेर गएको छ । सानो देशले आफ्नो स्वाभिमानको रक्षा कसरी गर्ने भन्ने सवालमा ठूलो हिस्सा निकै चिन्चित देखिन्छन् । राजनैतिक अस्थिरता, छिमेकी देश भारतको नाङ्गो हस्तक्षेपका कारण हामी कालान्तरमा पुगेर फिजीकरण र सिक्किमीकरणको शिकार त हुँदैनौ ? यस्तो दुरगामी दृष्टिको जन्म लोकवासीमा पलाएकै छ ।
नयाँ संविधानको घोषणा पश्चात भोग्नुपरेको नाकावन्दी र असन्तुलित राजनैतिक घटनाक्रमले झन् रोटिबेटीको सम्बन्ध जार र सौताको जस्तो भएको छ । यो खुला सीमानाको फाइदा उठाउँदै हरेक घटनाक्रमका पछाडि नेपाल-भारतवीचको विषेश समवन्ध ( खुला सीमाना ) लाई नै प्रमुख अस्त्र बनाइन्छ । तर, खुला सीमानाले नेपालको भूमिलार्इ कति खतरनाक एवं दुरगामी असर पारेको छ भन्ने कुरा बुझेर पनि बुझ पचाउने मानिसहरु नीति निर्माण गर्ने तहमा छन् ।
यिनै घटनाक्रमहरुले विकशित रुप लिँदै गर्दा यो पङ्गतिकार उत्तेजित मुद्रामा पहिलोपटक आफ्नो देशको सीमानामा पुगेको थियो ।
नेपाल र भारतबीचको खुला सीमानाका मध्ये एउटा सीमाना विरगंज-रक्सौल सीमाना हो । आफ्नो सीमानामा ठिङ्ग उभिदाँ उसका आखाँमा भारत- जम्मु काश्मिरवीचको नाकामा लगाइएका काँडेतारहरू कैद भएका थिए । जमीनमुनि बिच्छाइएका विस्फोटक पदार्थलाई उनीहरुले सीमानाको साथी बनाएका छन् ।
हाम्रो सोच त मोटामोटी जंगे पिलरको न छ । त्यो पनि उहिलेको जिजु बाजेहरूका पालाको जंगे पिलर । खुला सीमानालाई व्यववस्थित गर्न नसक्दा हाम्रा लाखौ दिदीबहिनी, चेलीबेटीहरू बम्बैको कोठीमा बेचिन बाध्य छन् । र, खुला सीमानाले हामी सबैको अस्मिता लुटिरहेको छ । नेपालका मधेसी परिवारहरू दिनहुँ लुटिन, कुटिन बाध्य भएका छन् । आन्दोलनका नाममा अपराधीहरुले भुत नचाउँछन् । पङ्गतिकारको साहित्यिक मनमा कस्ता-कस्ता बिम्बहरू जन्मे होलान् ?
सीमानासम्मको यात्रा
सीमानालाई आफ्नो आँखाको क्यानभासमा कैद गर्ने महान तथा गौरवशाली सपना बोकेर वीरगञ्ज पुग्दा फूर्र उज्यालो भएको थियो । चोकमै चियाको दोकान होला कि नहोला भनेर मलाई चिन्ता थियो । रात्रि बसको झ्यालतिरको सिटमा बसेर यात्रा गर्दा आनन्द आउँछ । तर हावाका झोकहरुले गर्दा टाउको निकै चिसो हुन्छ ।
सीमाना नजिकै सडक किनारमा उभिएर मधेसी आमाको हातबाट एक मुठी चिया पिएँ मैले । साथमा एक घोगा पोलेको मकै पनि खाएँ ।
सवारी साधनका रुपमा टांगा र वयलगाढाहरू यसअघि कहिल्यै देखेको थिइँन । वीरगञ्ज शहरमा जनावरले मानिसलाई यात्रा गराउँछन् भन्ने कुरा साथीहरुको मुखबाट सुनेको थिएँ । मैले टांगालाई भाडामा लिएर वीरगञ्ज बजार परिक्रमा गरें ।
यस्तो मुड चलेको थियो मनमा कि सबैले सुन्ने गरि भोजपुरी गीत गाइदिउँ । त्यसपछि टांगालाई नै साथमा लिएर म भारतको भुमि रक्सौलमा पुगें । त्यहाँ पुग्दाका दयनीय अनुभवले पटनासम्मको यात्रावीचमै तुहियो ।
हाम्रो ( नेपालको ) भुभाग पट्टि ड्यूटी गरिरहेका थिए नेपाल प्रहरीका चारजना सिपाहीहरुले । नजिकै उनीहरुका कमाण्डर ( सई ) बस्ने चौकी पनि थियो । सवारी साधन आवात जावतका लागि बिहानै नाका खुलेपछि प्रहरीहरुले चेक जाँच गर्न थाल्छन् ।
भारतको भूमिबाट म आफ्नो भूमिमा आइपुग्दा बिहानको ९ बजेको थियो । भारतबाट नेपाल भित्रिन खोजिरहेका ठूला सवारी साधनहरू भन्सार प्रकृयाका लागि प्रतिक्षामा थिए । टांगा, रिक्सा, बयलगाढा, मोटरसाइकल र साना सवारी साधनहरूलाई सिपाही जितेन्द्र चौधरीले होसियारिका साथ चेकजाँच गर्दैथिए ।
जितेन्द्र चौधरीको फुर्तिफार्ती राम्रै थियो । उनले हरेक दिन भारतबाट रक्सौल हुँदै नेपाल भित्रिने र नेपालबाट रक्सौल जाने विभिन्न सवारी साधनहरुको चेकजाँच गर्छन् । भारतको भूमितर्फ राँचि, सुगौली, बनारस, पटना, हाउडा जस्ता स्थानमा जाने नेपालीहरुको चाप निकै हुन्छ । धार्मिक उद्देश्य र व्यापारका लागि नेपालका सीमावर्ति जिल्लाहरु बारा, पर्सा, सिराहा, सप्तरिमा ठूलो संख्यामा भारतीयहरु दैनिक रुपमा वीरगंज नाकाबाट भित्रिने गर्दछन् ।
“जितेन्द्र जी मैले हेर्दाहेर्दै तपाईले दर्जर्नौ सवारी साधनहरु जाँच गर्नुभयो, गर्मी बढिरहेको छ । तपाईको निधारमा पसीना खलखली बगेको छ । झ्याउ लाग्दैन भन्या ?” पङ्गतिकारको प्रश्नलाई उनले बुझेका त थिए, तर उत्तर दिन अन्कनाइरहेका थिए । तपाईको हाकिमसँग कुरा गरेको छु जितेन्द्र जी बोल्नुहोस्, केही फरक पर्दैन यार भनेपछि जितेन्द्रले जोश निकालेर भने-“हम नि देशके रक्षके ले देह लगा के ड्युटि कर सकेला ।”
“हम नि ले चेलीबेटी यी नाकसे भारतमे खरिद होला । इसलिए बेसी चलाख होके के पढी । हमने बहुत दलालके पकडिसन ।”
जितेन्द्र नेपाली भाषा बोल्न जाने पनि भोजपुरीमै बोलेर मलाई रोचकता प्रदान गर्न चाहन्थे । पहाड र भित्री मधेसबाट सयौ सोझा चेलीबेटीहरु फकाई फुल्याई दलालहरु मार्फत बेचिने गरेकोमा जितेन्द्र दुखी छन् । चेलिबेटीहरुले दलाललाई मामा, दाई, भिनाजु काका भन्ने गरेको उनको बुझाइ छ । उनीसँगै माइती नेपालका दुईजना महिला कर्चचारीले चेकजाँज गर्छन् । अपबाद बाहेक उनको ड्युटि सीमानामा मै हुन्छ ।
नाकाबन्दीको समयमा पनि जितेन्द्रले सीमानाका वरिपरि नै बसेर ड्युटी गरे । आन्दोलन निकै हिंसात्म भएकाले कहिलेकाँही त उनलाई बाँचिदैन कि जस्तो पनि लाग्थ्यो । आन्दोलनकारिहरुले निकै कठोर ढङ्गबाट प्रहरीहरुलाई जलाउने, कुट्ने, लखेट्ने काम गरेकोमा उनी धेरै दुखी छन् । भन्छन् “बोडर कि ड्युटि कठिन बा । दोसर जग खानि सजिलो नैखे । नाकाबन्दी, आन्दोलन मे तो ओर कठिन होकेला । देशके सेवा करेकि पढी ।”
जतिसुकै कठिन घडि किन नहोस्, देशको सेवाबाट विचलित भएर प्रहरी जवान भाग्न नमिल्ने कसम खाएको संस्मरण गर्छन् जितेन्द्र ।
मैले फिल्मी तरिकाले गुण्डा समाते ।
सीमानाका नजिकै छ सीमानामा खटीजाने सिपाहीहरुलाई ड्युटि खटाउने र पक्राउ गरिएकाहरुलाई कारबाहीकाम लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने सई रुपेश झाले सम्हालेको प्रहरी पोष्ट । ‘म यहाँ आएपछि चोरि, डकैती तस्करी, ब्राउन सुगर, डाईजिपाम, टीटी सुई, चेलिबेटी बेचबिखन अनि हुल हुज्जत पूर्ण बन्द भएको छ । जिरो भयो भन्दा पनि हुन्छ ।” रुपेश झाले धैरैपटक फिल्मि शैलीमा अपराधीलाई च्याप्प समातेको संमरण सुनाए ।
“अस्ति एकजना मुन्द्रेले एक झोला टीटी सुई बोकेर नाकापार गर्दै रहेछ । ए, बाईक रोक भन्दा रोकेन । बाफ रे, साला हरामी त कुदिपो हाल्यो रे ! जब मेरो टाइम आयो नि, मेरो बाइक स्टार्ड गरेर यति भगाएँ, यति भगाएँ, हुन्छ नि त्यो फिल्ममा हो त्यस्तै ।”
रुपेश झाले सीमानाका गुण्डा समात्ने कुरा चानचुने कदम हुन नसक्ने बताउँदै भने”-मधेसमा घटना घटायो अनि भाग्यो बिहारतिर । जम्मा ३ किलोमिटर भाग्यो भने अपराधीलाई समात्न अधिकार छैन हामीसँग ।”
त्रसित बनेको सीमा क्षेत्र आन्दोलन स्थगित भई नाकाबन्दी खुलेपछि बिस्तारै सहज बन्दै गएको अनि सीमा शुरक्षामा ध्यान केन्द्रित गर्नका लागि प्रयाप्त समय पुगेको रुपेश झा को बुझाइ छ । विगतको तुलनामा अपराधिक घटना कम हुँदै गएको छ । वीरगञ्ज व्यापापारिक नाका भएकाले कर्मचारीहरुका लागि कालो धन कमाउने राम्रो अवसर हुन सक्छ, तर जितेन्द्र भन्छन्-“जति तलव छ त्यति मै सन्तुष्ट हुनुपर्छ, म त छु । मालसमानमा राजस्व छलीका मेरो सहयोग माग्न आउने व्यपारीहरुले एक थान फलामको हतकडी लिएर आउनू ।”
हतकडीको कुरा आउँदा आफ्नो नाडीलाई हेरें मैले । घडीमा साँझको ६ बज्नै आँटेको रहेछ । यो समय भने म टांगा चढिँन । नीलो रंगको ट्याम्पूमा गीत बजिरहेको थियो-
केकरा से करि अरजिया हो सगरे बेइमान
भिखारी ठाकूर के एक साथी कि दस्तान ।
लिउडकी टप नायिका मध्येकी एक दीपिका पादुकोणले अहिले हलिउडमा समेत आफ्नो कदम जमाएकी छिन्। यी दिन उनी हलिउड फिल्म ‘XXX: द रिटर्न अफ जेन्डर केज’ को सुटिङको शिलशिलामा क्यानडामा छिन्। बलिउडमा निकै छिटो सफलता पाएकी यी नायिकाको जन्मको बारेमा भने धेरैलाई थाहा छैन कि उनी भारतमा होइन कोपनहेगन (डेनमार्क)मा जन्मेकी थिइन। सन् १९८६ जनवरी ५ मा दीपिकाको जन्म पश्चात उनका पिता प्रकाश परिवारसंगै भारत फिर्ता आएका थिए।
बलिउडमा छाएका नायिकाहरुमा दीपिका मात्र एक्ली नायिका होइनन्, उनी बाहेका कयौं अन्य नायिकाको जन्म भारत बाहिर नै भएको थियो।
सन्नी लियोनी
जन्म मिति: १९८१, मे १३
जन्म स्थान: ओन्टेरियो (क्यानडा)
क्याट्रिना कैफ
जन्म मिति: १९८३, जुलाई १५
जन्म स्थान: ब्रिटिस हंगकंग
ज्याकलीन फर्नान्डिज
जन्म मिति: १९८५, अगस्ट ११
जन्म स्थान: कोलम्बो (श्रीलंका)
नरगिस फाखरी
जन्म मिति: १९७९, अक्टोबर २०
जन्म स्थान: क्वीन्स, न्यूयोर्क (अमेरिका)
एली अवराम
जन्म मिति: १९९०, जुलाई २९
जन्म स्थान: स्टकहोम (स्वीडेन)
याना गुप्ता
जन्म मिति: १९७९, अप्रिल २३
जन्म स्थान: बर्नो (चेक गणराज्य)
एमी ज्याक्सन
जन्म मिति: १९९२, जनवरी ३१
जन्म स्थान: आइल अफ मेन (ग्रेट ब्रिटेन)
काठमाडौं, वैशाख ११ – लोकतन्त्र आएको शनिबार १० वर्ष पूरा भएको छ । २०६२/०६३ को जनआन्दोलनपछि २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन नागरिकको आन्दोलनका कारण अन्त्य भएर लोकतन्त्र आएको थियो ।
लोकतन्त्र आएको एक दशक पूरा हुँदा आन्दोलनसँग जोडिएका राजनीतिक मुद्दा लगभग पूरा भएका छन् । तर नागरिकका दैनिकी तथा जीविकासँग सम्बन्धित माग अझै पूरा भएका छैनन् । यो अवधिमा राजनीतिक प्रणाली राजतन्त्रात्मबाट गणतन्त्रमा आइपुगेको छ ।
संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संघीयता तथा स्थायी शान्तिका कुरा केही बाहेक अधिकांश पूरा भएका छन् । तर फेरिएको राजनीतिक व्यवस्थामा पनि जनआन्दोलनमा होमिदा देखेका सपनाको केही अंश पनि पूरा नभएको नागरिकले गुनासो गरेका छन् ।
महसुस गर्ने गरी काम गरेर खाने वर्गको पक्षमा परिवर्तन भएको छैन । यस्तैमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्दा घाइते भएका व्यक्तिलाई सरकारले दिँदै आएको निशुल्क उपचार सेवा कटौती गरेको पीडितले दुखेसो गरेका छन् ।
गएको वर्ष भदौ महिनादेखि निःशुल्क उपचार नपाएको भन्दै पीडितले गुनासो गरेका हुन् । यसअघि सरकारले जनआन्दोलनका घाइतेलाई सबै सरकारी अस्पतालबाट निशुल्क उपचार सेवा दिँदै आएको थियो । शहीद परिवार तथा घाइते सरोकार समितिका अनुसार १३ हजार ६ सय ५८ जना घाइते भएका थिए ।
त्यसमध्य सरकारको मुल्यांकनमा परेको चार हजार तीन सय जना मध्ये झण्डै दुई सय जनाले नियमित उपचार गर्नुपर्ने खालका छन् । उनीहरुको उपचारको सबै खर्च सरकारले नै व्यहोर्दै आएकामा पोहोर भदौ महिनादेखि कटौटी भएको जनआन्दोलनका घाइते मेघराज आचार्यले बताउनुभयो ।
फिल्मकर्मी करण जोहरले कट्रिना कैफ र सिद्धार्थ माल्होत्रा अभिनित फिल्म ‘बार बार देखो’को फस्टलुक सोसल मिडिया ट्विटर मार्फत सार्वजनीक गरेका छन् ।
सार्वजनीक गरीएको तस्वीरमा कट्रिना र सिद्धार्थ मुस्कुराइरहेका देखिएको छ । करण जोहरले ट्वीटरमा लेखेका छन्,कट्रिना र सिद्धार्थ अभिनीत फिल्म ‘बार बार देखो’को हेर्नुहोस् पहिलो झलक ।
‘बार बार देखो’फिल्मको निर्माताको ?पमा करण जोहर,रीतेश सिद्धेवानी र फरहान अख्तार रहेका छन् । त्यस्तै फिल्मलाई नित्य मेहेराले निर्देशन गरेका हुन् । फिल्मको सुटिङ स्कटल्याण्ड,बैङकक,क्राबी र दिल्लीमा गरीएको छ । फिल्म प्रेम कथामा आधारीत रहेको छ ।
जनकपुरधाम, ११ वैशाख । जनकपुर बम बलाष्ट र विभिन्न हत्याका आरोपी संञ्जय साहलाई बचाउन ठूलो चलखेल सुरू भएको रहस्य खुलेको छ ।
जनकपुरका थुपै सर्वसाधारणको ज्यान जाने गरी भएका हिंसात्मक घटनाका मुख्य नाईके साहलाई अपराधबाट जोगाउनका लागि पीडित पक्षका आफन्तलाई दबाब दिने गरेको खुलेको हो ।
निलम्वित सांसद साहले आफन्तमार्फत पीडित पक्षलाई विभिन्न प्रलोभनमा पारेर बयान फेन लगाउनुका साथै राजनीतिक दबाब दिन थालेको स्रोतको भनाइ छ ।
सद्भावना पार्टीका निलम्वित साहले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन् । तर, प्रहरीले उनी सहायक मन्त्री भएकै बेला पनि जनकपुरधारममा सर्वसाधारणहरूको हत्या गराएर अपराधिलाई आफ्नै गाडीमा राखेर काठमाडौं ल्याएको यसअघि नै प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ ।
यसैबीच, आधा दर्जन बढी हत्या घटनाका साथै आपराधिक कार्यमा संलग्न निलम्बित साहलाई बचाउनका लागि उनका केही भाडाका व्यक्तिले जनकपुरधारमा प्रदर्शन गर्ने, गुन्डागर्दी गर्ने गरेको आरोप छ ।
जनकपुरधारमका अधिकांश स्थानीय साहलाई कारबाही भएकोमा खुसी छन् । तर, सीमित केही व्यक्ति जो साहका पछि लागेर आएका थिए उनीहरू दुःखी भएको एकजना स्थानीयले बताए ।
निलम्बित साहलाई कारबाही गर्नुपर्छ भनेर लागेका केही युवाहरू साह निर्दोष रहेको भन्दै बचाउमा सडकमा उत्रिएको आरोप पनि छ ।
साधारण काम गर्दै आएका साहले गुन्डागर्दीी र धम्कीको भरमा जनकपुरधाममा अकुत सम्पत्ति कमाएका थिए । अहिले सोही सम्पत्तिको भरमा आफ्ना अपराध लकाउन खोजेको स्थानीयले आरोप लगाएका छन् ।
चितवन । चितवनको औद्योगिक फिडरमा लाइनको अनियमितताले उद्योग सञ्चालक समस्यामा परेका छन् । व्यवसायीले आलोपालो गरेर उद्योग चलाउँदासमेत समस्या समाधान नभएपछि उद्योग व्यवसाय नै धरासायी हुने अवस्था आएको व्यवसायीले बताएका छन् ।
औद्योगिक फिडरमा प्रयोग भएको तारको मोटाइ सानो भएर तीव्र विद्यत् भारका कारण तार चुड्ने र भोल्टेज घटबढ हुने समस्या भएर उद्योगी ठूलो मारमा परेको चितवन प्लास्टिक उद्योग व्यवसायी सङ्घका अध्यक्ष डिल्लीराम सापकोटाले बताउनुभयो ।
उद्योगको सङ्ख्या बढेसँगै विद्युत् खपत बढ्दै जाने तर विद्युत्को क्षमता नबढेका कारण उद्योग सञ्चालनमा समस्या भएको सापकोटाले बताउनुभयो ।
औद्योगिक फिडरबाट बिहान ६ देखि साँझ ६ बजेसम्म दैनिक १२ घन्टा निरन्तर विद्युत् दिनुपर्ने भएपनि प्राधिकरणको कमजोरीका कारण दैनिक आठ घन्टा पनि नियमित विद्युत् सञ्चालन हुन सकेको छैन । अध्यक्ष सापकोटाका अनुसार निरन्तर विद्युत् प्रवाह नहँुदा धेरै उद्योगीकोे उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
औद्योगिक फिडर आन्तरिक व्यवस्थापन तथा अनुगमन समितिका संयोजक अरुणकुमार पियाले दैनिक आठ घन्टा विद्युत् आउँदा २६ पटकसम्म बिजुली आउने जाने गरेको र ठूला उद्योगमा पटकपटक लाइन काटिँदा धेरै क्षति हुने गरेको बताउनुभयो ।
पटकपटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्याका कारण चितवनमा पछिल्लो समय उद्योग चल्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो । चितवनमा औद्योगिक क्षेत्रमा प्रयोग गर्न २ वटा फिडर राखिएका छन् । बराबर क्षमता रहेका फिडरमध्ये १ नम्बरको फिडरअन्तर्गत सात वटा उद्योग र २ नम्बरको फिडरअन्तर्गत १०५ वटा ठूला उद्योग सञ्चालित छन् ।
एक नम्बरको फिडरको लाइन २ नम्बरको फिडरमा जोडी दिन विद्युत्सँग माग गरिएको पियाले बताउनुभयो । त्यसबापत लाग्ने रु ६० लाख खर्चमध्ये आधा रकम व्यवसायी आफैँले बेहोर्ने भनिए पनि विद्युत् कार्यालयले नमानेको उहाँले बताउनुभयो । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले व्यवसायीको माग जायज भएकाले कामलाई अगाडि बढाउने बताउनुभयो । रासस
११ वैशाख, जिरी। दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीलाई व्यवस्थित बनाउन बजार क्षेत्रमा राखिएको सबै ठूला होर्डिङ बोर्ड हटाइने भएको छ ।
इलाका प्रहरी कार्यालय जिरीले आयोजना गरेको एक कार्यक्रममा प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरी बजार अव्यवस्थित बन्दै गएकाले विज्ञापनका लागि राखिएका सबै होर्डिङ बोर्ड हटाइन लागेको बताए ।
इलाका प्रहरी कार्यालय जिरीको प्रमुखका रुपमा आउनुभएका प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरीमा आफू आएदेखि पहिलो समस्याका रुपमा मदिरा देखिएको र यो समस्यालाई काबुमा राख्न सर्वसाधारणको समेत सहयोग आवश्यक पर्ने बताए ।
मदिरा समस्या समाधानका लागि पहिलो चरणमा मदिराका होर्डिङ बोर्ड हटाइने र यस सम्बन्धमा चेतनामूलक कार्यक्रम गरिने उनको भनाइ थियो ।
मदिरासँगै जिरीमा केही युवाले लागुपदार्थको समेत सेवन गर्ने गरेका पाइएकाले यसलाई पूर्णरुपमा निस्तेज पार्न पनि प्रहरी प्रशासन लागिपर्ने उनले उल्लेख गरे ।
मुस्ताङ । मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउन सर्वसाधारणको घुइँचो लागेको छ । स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण आएका छन् ।
“हामीले प्रतिगिलास रु १५० मा रगत बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ,” उहाँले भन्नुभयो – “गत वर्ष भूकम्पले अलि कम मानिस आए पनि यस वर्ष भने उत्साहजनक उपस्थिति छ ।” किसानले पालेका ५०० चौँरीबाट रगत निकालिने उनीहरुले जनाएका छन् । एउटा चौँरीबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ ।
आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुने मेलामा अहिलेसम्म एक हजार ५०० जनाले रगत पिइसकेको चौँरीपालन व्यवस्थापन समिति अध्यक्ष सुकेन्द्र गौचनले जानकारी दिनुभयो । “मेला अवधिसम्म तीन हजार जनाले रगत पिउने अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो – “हामीले मागको आधारमा चौँरीगाईको मासु पनि बिक्री गर्दै आएका छौँ ।” स्थानीय किसानले विभिन्न किसिमका रोग निको हुने बताए पनि पशु अधिकारकर्मीले भने त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको र पशु अधिकार हनन भएको बताउँदै आएका छन् ।
अनिता खड्का
कयौं पटक आकाश छुने कल्पना गरे कयौं पटक स्वर्णीम सपनाका महलहरू उने जहाँ म, मेरो प्रेम अनि सुन्दर परिवार हुन्थ्यो। आखिर सपना त सपना न हो। ब्युँझिदा केवल शुन्यता। भन्छन्–सपना त केवल रातमात्रै देखिन्छ तर मैले त दिउँसै सपनाहरू बुन्थे उसको उपस्थितिमा।
जमल नजिकै सानो कोठा भाडामा लिएर बसेका थियौ। बुबाको मृत्यु म सानो छदा भएपछि मेरो आमाले मलाई र सानो भाइलाई लिएर काठमाडौं आउँदा म केवल ८ वर्षकी थिए। मेरी आमाले सानो भाइलाई काखमा च्यापेर घर बनाउने ठाउँमा ढुङ्गा र गिटीसंग आफूलाई मार्दै हाम्रा लागि छाक टारेको परिस्थतिले मेरो आँखालाई सहन नसकने बनाउँथ्यो। कोठाको भाडा समेत तिर्न नसक्दा घरबेटीले कोठामा साँचो लगाइदिएर तथानाम गाली गेरेको सुन्दा मेरो बाल मस्तिष्कमा हुनुसम्मको पीडा हुन्थ्यो।
राजधानी ठूलाठूला घर अनि चिल्ला गाडीहरू, मेरो उमेरका मेरै कोठा छेउकै साथीहरू पढ्न स्कुल जाँदा आफूलाई भने आमासंगै काममा जानु पर्थ्यो। धेरै पटक रहर लागेर स्कुल जाँदा गेटपालेले स्कुलभित्र छिर्न नदिँदा आमाको काखमा आफ्नो टाउको राखेर खुब रोएँ। विचरा! मेरी आमा साहुको डरले म रूदासमेत आफ्नो मायाको आँचलमा मलाई बेर्न सक्दिन्थिन्। अभावको जीवनमा गरिबीलाई बुझ्दै थिए म। मेरा कलिला हातहरू ढुङ्गा र गिटीसंगै कडा भइसकेका थिए र शरीर पनि उमेरसँगै विकास हुँदै थियो। म किशोरावस्थामा पुग्दा रविनको प्रेममा परेको पत्तै पाइनँ। ऊ मलाई गरिबी र अभाबको दुनियाँबाट विलासिताको कल्पनामा पुर्याउँथ्यो। म पनि उसले देखाएका सपनामा पौडिन्थे। ऊ मलाई ढुंङ्गा र गिटीको मेरो संसारबाट महलकी रानी बनाउँथ्यो। ऊसंग बिताएका हरेक पलहरूमा कल्पनामै भएपनि म आफूलाई खुशी र आन्नदित भएको महसुस गर्थे। एकदिन उसले मलाई बिहेको प्रस्ताब राख्यो र भागौं भन्यो। आमालाई यो कुरा भन्न पनि सकिनँ तर म भागें। मलाई विश्वास थियो ऊ मलाई देखाएका सपनाहरूलाई साकार रूप दिन्छ।
उसले मलाई भद्रकाली मन्दिरमा लगेर सिन्दुर हाल्यो, न कुनै जन्ती न कुनै भोज। पहिलो पटक यस्तो बिहे आफ्नै देखें। बिहेपछि आफ्नो घर लग्ला भनेको त फेरि भाडाको कोठामा पुर्यायो। त्यही पनि उसलाई पाएकोमा धेरै खुशी थिए। ऊ दिउँसभरि काममा जान्थ्यो म कोठामा उसका लागि खाना बनाएर कुरेर बस्थें। ति दिनहरूमा मेरा हातहरूले विश्राम पाएका थिए। एउटा अनौठो दुनियाँ जहाँ प्रेम थियो जुन प्रेम मैले मेरो जीवनमा कहिले अनुभुति गरिनँ। सायद यस्तै प्रेमको प्रतिक्षामा थियो मेरो जीवन। रविनले मलाई उसले बनाएको सपनाको महलमा रानी बनाएर राखेको थियो।
कयौं पटक उसलाई उसको परिवारसंग भेटाऊ भनेर बिन्ति चढाएँ तर उसले कहिल्यै मानेन। तिमीलाई मेरो परिवारले स्वीकारदैन म तिमीलाई उनीहरूबाट अपमानित बनाउन चाहन्न। उसले यसरी सम्झाउँथ्यो कि उसलाई जबरजस्ती गर्न मनैले मान्दैन्थ्यो।
बित्दै थियो मेरो प्रेममय जीवन म अब आमा बन्दै थिए अनि ऊ बाउ। हुन पनि त हो एउटी नारीलाई आमा बन्दा किन खुशी नहोस्। मेरी आमा र मेरो भाइपनि एकदमै खुशी थिए। अब त भाइले पनि फोहर बटुल्ने काम गर्न सक्ने भएको थियो। आमालाई अलि सजिलो भएको थियो।
मेरो बच्चा हुने दिन नजिकिँदै थियो तर रविनको व्यवहारमा एकाएक बदलाब आइरहेको थियो। ऊ मलाई पहिला जस्तो प्रेम गर्न छोडिसकेको थियो। म अब उसले देखाएको सपनाको महलबाट बाहिरिसकेकी थिए। ऊ मसँग सधै झगडा गर्थ्यो। म प्रसबको पीडामा छट्पटाइ रहँदा पनि ऊ घर आएन। मेरी आमाले थापाथली हस्पिटल पुर्याइन र मैले छोरीलाई जन्मदिए। ऊ हाम्रो प्रेमको सौगात हाम्रो छोरीलाई भेट्न हतारिएर आउँछ भन्ने मनमा सपना सजाएर बसे तर ऊ आएन। मेरी आमाले मलाई स्याहारिन्, यता मन अझै उसको प्रतिक्षामा थियो। मेरो छोरी मेरो प्राण थिइन् जन्मदा साथ उसले निकालेको रूद्र आवाजले पुरै प्रसबको पीडा अन्त्य गरेको थियो। एउटी आमालाई उसको बच्चा कति प्यारो हुन्छ पहिलो पटक अनुभुति गरेकी थिएँ।
रविन प्रन्ध दिनपछि कोठामा आयो मेरो खुशीको कुनै सीमा नै थिएन हतारिएर सुतेकी छोरीलाई हातमा राख्दै उसलाई देखाएँ। उसलाई बाऊ बन्नुको कुनै अनुभुति नै थिएन। म छोरीलाई सुताएर लुगा धुन बाथरूम छिरे। लुगा धोएर कोठामा आए छोरीलाई दुध खुवाउन समात्न खोज्दा हलचल नै गरिन्। के भयो होला भनेर रविनलाई भने ऊ केही बोलेन। मेरी आमाले र मैले कान्ति बाल अस्पताल पुर्यायौं तर डाक्टरले बच्चालार्इ मृत घोषित गर्दा म त्यही बेहोस भएर लडेछु। आमाले मलाई कोठामा पुर्याइन् कोठामा आउँदा रविन थिएन। मेरो छोरीको प्राण लिएर ऊ भाग्यो। म एक्ली भएकी थिएँ। अव मलाई रविनदेखि घृणा पलाएर आयो भेटे भने उसलाई कारवाही गराएरै छाड्छु भन्ने संकल्प गरे। तर मन भने मेरी प्यारी छोरीबिना अन्धकार भएको थियो। अब बाच्न पनि गाह्रो हुन थाल्यो। फेरि फर्किए, रविनले देखाएको सपनाको महलबाट ढुंङ्गा र गिटीको दुनियाँमा।
पीडामाथि अर्को पीडा थपियो, आमालाई प्यारालाइसीस भयो। मेरो भाइलाई र मलाई आमाको उपचार गर्दै ठिक्क हुन्थ्यो। काम गरेको पैसा पनि साहुले समयमै नदिँदा कति सास्ती झेलेकी थिए। भाइपनि कहिले न घरमा आउँदैनथ्यो न त कमाएको पैसा दिन्थ्यो। म के गर्ने के नगर्ने यो गरिबीको दुनियाँदेखि बाक्क थिए। एक दिन मेरी साथीले मलाई पैसा कमाउने उपाय बताइ पहिला त मानिन्, गर्दिन भने तर आमाको उपचारका लागि भएपनि म रत्नपार्कमा मेरो शरीरको मोल गर्न थाले। हरेक दिन म आफ्नो शरीर बेच्न्न विवश भएँ। रविनलाई सम्झदा मनमा आगो बलेर आउँथ्यो। उनीहरूले बोलाएका हरेक ठाउँमा पुग्छु म। प्रत्येक घण्टा प्रत्येक दिन म मेरो शरीर बेच्छु। तर मेरो त्यो मेरो रहर होइन बाध्यता थियो, गरिबीको। त्यति मात्र कहाँ होर बेश्या भन्छन्-मलाई चिन्नेहरू। तर बुझ्न खोज्दैनन् मलाई आखिर म किन वेश्या भए?
जोरा बल संसारकै सबैभन्दा कम उमेरकी प्रोग्राम डेभलभर हुन् । ७ वर्षे कलीलो उमेरमा नै जोराले सन् २०१३ मा एउटा मोवाइलको एप बनाएर विश्वलाई नै चकित पारिदिएकी छिन् ।
वेस्ट फिलेडेल्फिया हरामबी इंस्टिट्यूट अफ साइन्स एण्ड टेक्नोलोजीकी छात्रा जोराले यो एपको नाम सुरुमा वैपायर डायमंड्स राखेकी थिइन् ।
हरेक दिन स्कुल पढ्न जाने बाहेकको अरु समय उनले यहीँ गएर कोडीगं गरेर बिताउने गरेको डेलीमेलले जनाएको छ । यि युवती अहिले प्रोगाम डिजाइनरको रुपमा दिनानुदिन प्रसिद्धी कमाइरहेकी छिन् ।