शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले असन्तुष्ट १० प्रतिशत राजनैतिक दलहरुलाई विश्वाशमा लिने दायित्व ९० प्रतिशतको प्रतिनिधित्व गर्ने सबै दलको भएको बताए । ‘सबै असन्तुष्ट पक्षको चित्त सरकारले बुझाउछ, धर्य गरौ’ मन्त्रि ढकालले भने,’हतार नगरौ ।’ द युनिभर्सल टाइम्स राष्ट्रिय साप्ताहिक पत्रिकाको दशौ बार्षिकउत्सबमा बोल्दै मन्त्रि ढकालले सरकारले आपूर्ति व्यवस्था सहज बनाउँदै लगेको, छिमेकी मित्र राष्ट्रहरुसंगको सम्बन्ध सुमधुर बनाएको बताए ।
सबै देशमा राजदुत पठाउने निर्णय गरेर कुटनैतिक सम्बन्ध मजबुत बनाउन लागेको र भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणको लागि पहिलो किस्ताको अनुदान रकम प्रत्येक जिल्लामा अख्तियारी पठाईसकेको बताउदै अब नयाँ बजेटबाट विकास निर्माणको मूल फुटाउने तयारी गरेको उल्लेख गरे । उनले पुनर्निर्माण कार्यलाई तिब्रता दिएर बिगतमा भएको ढिलाईको क्षतिपूर्ति पुरा गर्ने बताए ।
मन्त्री ढकालले सबैमा देशभक्तिको भाबना जिउदो राख्न संचार माध्यमले भूमिका खेल्नु पर्ने बताउदै संचार क्षेत्र शान्ति, विकास र सामाजिक एकीकरण मैत्री हुने पर्ने तर्क गरे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment