Showing posts with label नेपाली. Show all posts
Showing posts with label नेपाली. Show all posts

Wednesday, April 27, 2016

दीपकलाई उपाधि

दीपक श्रेष्ठले चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान्स ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि बुधबार जितेका छन् । फाइनलमा दीपकले गौतमलाल प्रधानलाई ८–२ ले पराजित गरे ।
पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्य र कमल भण्डारी फाइनलमा प्रवेश गरेका छन् । संरक्षकले जितेन्द्र परियार तथा कमल भण्डारीले रेन्जन लामालाई समान ६–२ र ६–१ को सोझो सेटमा हराए । महिला सिंगल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा फाइनलमा पुगिसकेका छन् ।

भेट्रान्स ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज राणा, ध्रुव गुरुङ, पृथ्वी थकाली र छेम्बा डुन्डुप सेमिफाइनलमा पुगेका छन् । भेट्रान्स ४५ वर्षमाथि पुरुष डबल्समा सोभितमान श्रेष्ठ र चन्द्र शाही, आशिष सिग्देल र राजेन्द्र भण्डारी, मधु परियार र सुशील पाण्डे, राजु श्रेष्ठ र राजकुमार घिमिरे, कृष्णराज घले र सुवर्ण धाक्वा तथा उमेश शाही र रामेश्वर थापाको जोडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भेट्रान्स ३५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले सोभितमान श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–१ र ७–५ ले हराउदै राजन पौडेल र नवीन चालिसेको जोडीसंग उपाधि भिडन्त पक्का गरे ।

भेट्रान्स ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रताप मोक्तान, श्रीराम मगर, सुकुमान तामाङ र महेश श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे । भेट्रान्स ४५ वर्षमाथि पुरुष सिंगल्सको सेमिफाइनल पुग्नेमा कृष्णराज घले, मनोज शाह, देउनम लामा र प्रताप मोक्तान रहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुर्गमको पीडा : डाक्टर आएको पत्र आयो, डाक्टर आएनन्

राजेन्द्र कार्की

जाजरकोट, वैशाख १५ – ६ महिना अघि १५ शैयाको अस्पतालको स्तर बृद्धि गर्दै ५० शैयाको बनाउने सरकारको निर्णयले जाजरकोटका बासिन्दा निकै खुसी भएका थिए । तर ६ महिना बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि उनीहरु निराश भएका छन् ।

जिल्ला अस्पतालको स्तरबृद्धिसँगै सात जना विशेषज्ञ चिकित्सक, चार जना मेडिकल अधिकृत र अन्य सहायक स्तरका स्वास्थ्यकर्मी सहित ४९ जना स्वास्थ्यकर्मीको दरबन्दी स्वतः कामय भएको भन्दै स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ । तर चिकित्सक र स्वास्थ्यकर्मी भने अहिलेसम्म आएका छैनन् ।

अस्पतालको स्तरबृद्धि भएसँगै व्यवस्था गरिएको दरबन्दीको पदपूर्ति गर्नमा सरकारले ध्यान नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाले गएको असोज २२ गते एक परिपत्र गरेर जिल्ला अस्पतालको लागि व्यवस्था गरिएको दरबन्दीको जानकारी मात्र गराएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. राजेन्द्र जिसीले बताउनुभयो ।

डा. जिसीले जिल्ला अस्पतालका लागी व्यवस्था गरिए अनुसारको दरबन्दीको पदपूर्तिका बारेमा महाशाखाले आफूलाई कुनै जानकारी नदिएको बताउनुभयो । गएको असोजमै सरकारले जाजरकोट जिल्ला अस्पतालको स्तरबृद्धि गरेर ५० शैयाको बनाउने निर्णय गरेको थियो ।

असोज २२ गते महाशाखाले जिल्ला अस्पतालका नाममा जारी गरिएको परिपत्रमा ५० सैया रहेको जिल्ला अस्पतालका लागी ११ आँै तहको मेडिकल सुपरिटेन्डेन्ट एक,  बालरोग, स्त्रीरोग, सर्जन, हाडजोर्नी, मानसिक, इनेस्थियोसिय (वेहोस पार्ने) र  फिजिसेन गरि सात जना विशेषज्ञ चिकित्सक सहितको दरबन्दीको ब्यवस्था गरिएको छ ।

त्यस्तै एक जना रेडियोलोजिष्ट, चार जना मेडिकल अधिकृत, एक जना डेन्टिष्ट, एक फिजोयोथेरापीष्ट, एक ल्याव टेक्नोलोजिष्ट, एक नर्सिङ अधिकृत, ३ जना ल्यावटेक्नीसियन, मेडिकल रेकर्डर, ६ जना स्टाफ नर्स, एक डेण्टल स्वास्थ्यकर्मी, ५ जना स्वास्थ्य सहायक, फार्मेसिष्ट, रेडिग्राफर, ल्याप असिष्टेन, ड्राकरोम साहायक, ६ जना अनमी र ११ जना कार्यालय सहयोगी गरी ५९ जनाको दरबन्दी ब्यवस्था भएको भन्दै स्वास्थ्य महाशाखाको पत्रमा उल्लेख गरिएको छ ।

अस्पतालको स्तरबृद्धि भएपछि तीन जना चिकित्सक र एक जना अनमी बाहेक कुनै पनि दरबन्दीको पदपूर्ति हुन नसकेको जिल्ला अस्पतालले जनाएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहँदै आएको जिल्ला अस्पताल स्तरबृद्धिसँगै स्वायात्त संस्थाको रुपमा सिधै स्वास्थ्य सेवा विभाग, स्वास्थ्य महाशाखा र स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने प्रावधान रहेको छ ।

अस्पतालको भौतिक पूर्वाधारको पनि विकास नभएको र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पदपूर्ति नभएपछि जिल्लामै विशेषज्ञ सेवा पाउने जाजरकोटका बासिन्दाको चाहना सपनामै सिमित भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ । ‘निर्णय मात्र गरेर हुँदैन, निर्णय कार्यान्वयन गर्न ढिलाई गर्नु हुँदैन’ उहाँले भन्नुभयो । उहाँले जिल्ला अस्पतालमा निर्माणाधिन भवनहरु समयमै निर्माण सम्पन्न नहुँदा पनि थप समस्या परेकोले सम्बन्धित निकायले भवन निर्माणमा ताकेता गर्न आग्रह गर्नुभएको छ । सामान्य शल्यक्रिया गर्न र प्रसुती गराउनका लागी पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले सरकारले गरेको निर्णय कार्यान्वयन गराई ५० शैयाको जिल्ला अस्पताल बनाउन आफूले सम्बन्धित निकायमा पहल गरिरहेको बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान

१५ वैशाख, काठमाडौं । यो वर्ष नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ ।

मौसमविदहरुका अनुसार प्रशान्त महासागरमा तापक्रम बढ्दै गएको छ । यसको असर मौसमी प्रणालीमा परेको छ ।

नेपालको अधिकांश क्षेत्रमा औषतभन्दा कम पानी पर्ने सास्कोफ बैठकको निष्कर्ष छ । मौसमविद राजु प्रधानांगले अनलाइनखबरसँग भने, ‘नेपालमा औसत पानी पर्ने अनुमान गरिएको छ ।’

श्रीलंकाको राजधानी कोलम्बोमा भएको दक्षिण एसियाली राष्ट्रहरुका मौसमविदहरुको बैठकले दक्षिण एसियामै मनसुन औसत हुने निष्कर्ष निकालेको छ । बैठकमा नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभागका शिवप्रसाद नेपाल सहभागी थिए ।

‘प्रशान्त महासागरमा सन् २०१५ देखि इएल निन्योको सक्रियता घट्दै गएकाले मनसुन औसत खालको हुनेछ,’ बैठकले निष्कर्ष निकालेको छ ।

एल निन्यो भनेको के हो ?

जुन महिनादेखि सेप्टेम्बरसम्म मनसुनको अवधि हो । न्युजवीक पत्रिकाका अनुसार एल निन्यो हरेक दुई वा सात वर्षमा देखापर्ने न्यानो पानीको धार हो ।

पानी न्यानो हुनुको अर्थ धेरै वर्षा हुनु हो । घनघोर वर्षा हुँदा बाढी पनि आउँछ । यसबाहेक, समुद्रको न्यानो सतहले तलको पोषक चिसो पानीलाई माथि आउन दिँदैन । त्यसैकारण थुप्रै जल प्राणीहरू र केही चराहरूसमेत आहारको खोजीमा अन्यत्र बसाइँ सर्छन् ।

एल निन्योको सक्रियता घट्दै गएकाले दक्षिण एसियाको पश्चिमी र पूर्वी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मध्य क्षेत्रमा भने औसतभन्दा बढी पानी पर्ने सास्कोफको निष्कर्ष छ ।

नेपालको हकमा मनसुनी वर्षा औषत मात्रै हुनेछ । नेपालमा गत अप्रिल महिनामा ३० वर्षभन्दा कम पानी परेको थियो ।

पश्चिम भारतमा पनि सुख्खाका कारण कतिपय स्थानमा रेलबाट पानी ओसारेर आपूर्तिको व्यवस्था मिलाइएको थियो । कतिपय स्थानका किसानहरुले पानीकै अभावमा आत्महत्यासमेत गरेको समाचार सार्वजनिक भएको थियो ।

एल निन्योको प्रभावकै कारण भेनेजुयलामा इन्धनको संकट चुलिएपछि सरकारी कर्मचारीहरुलाई हप्तामा पाँच दिन विदा दिइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेरिन सक्छ राजनीतिक दलसम्बन्धी बनेको कानुन

काठमाण्डु, १५ वैशाख– व्यवस्थापिका संसद्, राज्यव्यवस्था समिति र निर्वाचन आयोग नेपालबीच राजनीतिक दलसम्बन्धी बनेको विद्येयकमाथि छलफल भएको छ ।

राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विद्येयक–२०७२ माथि निर्वाचन आयोगमा छलफल भएको हो ।

छलफलमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले संविधानको कार्यान्वयनका लागि निर्वाचनसम्बन्धी नयाँ कानुनको आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘निर्वाचन आयोगले उपयुक्त कानुन बनाएर दलको व्यवस्थापन गर्न जरुरी छ ।’ सभापति घर्तीले राज्य व्यवस्था समितिमा आएका सुझावलाई निर्वाचन आयोगले समेट्ने अपेक्षा गरे ।

नेपाली काँग्रेसका सांसद गोपालमान श्रेष्ठले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान स्थायी सरकार आवश्यक रहेको भन्दै राजनीतिक दललाई स्वच्छ र पारदर्शी तवरले अगाडि बढाउनुपर्ने बताए ।

नेकपा एमालेका नेता युवराज ज्ञवालीले धेरै पार्टी मुलुकमा आवश्यक नभएको भन्दै पार्टी एकीकरणको कानुनलाई खुकुलो बनाउनुपर्ने बताए ।
एनेकपा माओवादीका सांसद सन्तबहादुर दरैले पार्टी एकीकरणमा दुबै दलको बहुमत पु¥याउने परिपाटी उपयुक्त नभएको धारणा राखे ।
नेकपा मालेका सांसद अइन्द्रविक्रम नेम्वाङले कुल मतको १।५ प्रतिशत मत ल्याउने राजनीतिक दललाई सरकारले अनुदान उपलब्ध गराउने विद्येयकको विरोध गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले समानुपातिक तर्फ सुरक्षा निकाय, कर्मचारी मतदान गर्न पाउने र सो ठाँउमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गलत भएको धारणा राखे ।

छलफलमा सांसद आनन्दप्रसाद ढुङ्गाना, अमरेशकुमार सिंह, भीम आचार्य, सीता गुरुङ, वृजेशकुमार गुप्ता, रामेश्वर फुँयाल, गौरी मल्ल, राजेन्द्र पाण्डेलगायतले राजनीतिक दलको पदाधिकारीमा समावेशी, समानुपातिक, अपाङ्ग, खस आर्य, दलित, जनजाति सबैलाई समेट्न नसक्ने भन्दै यो विद्येयकको बुँदालाई सच्याउन सुझाव दिउ ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै राजनीतिक दलका प्रतिनिधीसँग छलफल गरेर यो विद्येयक ल्याएको स्पष्ट पारे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

के भन्छन् पुनःनिर्माणमा खटिएका इन्जिनियर ?

काठमाडौँ। महोत्तरीका धर्मेन्द्रकुमार यादवलाई भूकम्पपछिको पुनःनिर्माण अभियानको सूचनाले भारतको पटनामा जारी शिक्षण पेसा छाडेर प्राविधिक भई स्वदेश फर्कन प्रेरित गर्यो । प्राविधिक विषय पढेर स्वदेशमा भनेजस्तो रोजगारी नपाएर विदेशिएका यादव अहिले पुनःनिर्माण अभियानको रोजगारीसहित पीडितको सेवा गर्ने अवसर पाउँदा प्रशन्न देखिन्छन्।

पुनःनिर्माणका लागि खटिने इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिरण र सहरी विकास मन्त्रालयको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेट र युएसआइडीको सहयोगमा सम्पन्न दुई दिने अभिमुखीकरणमा सहभागी भएपछि यादवले भने, “मैले यस नयाँ काममा पैसाको मुख हेरेको छैन, राष्ट्रको सेवाको अवसर देखेको छु, अनि सरकारी सेवा प्रवेशले स्थायित्वको सम्भावना पनि मानेको छु ।”

प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एकैसाथ एक हजार ३४७ इन्जिनियर खटाएको हो । कुल तीन हजार आवेदक मध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सव इन्जिनियर खटाइएको छ । यी नयाँ जिम्मेवारी बोक्नेलाई निजी आवासका विभिन्न १७ ढाँचा दिइएको छ । स्थानीय प्रकृति र संस्कृति सुहाउँदो घर बनाउन पुनःनिर्माणको नीति बमोजिम उनीहरुले परामर्श दिनेछन् ।

सप्तरीका धीरेन्द्र यादव पनि तालिम पाएर भूकम्प प्रभावित जनताको घरदैलोमा प्राविधिक सल्लाहकारको रुपमा जान पाउँदा खुसी देखिएको छ । यादवले प्रभावितले पाउने घर निर्माणको अनुदान रकमको किस्ता र त्यसका प्रक्रियामा गाविस सचिव र जिल्ला विकास समितिलाई आवश्यक सहयोग पनि गर्नेछन् ।

बीस वर्षअघि इन्जिनियरिङ्मा स्नातक गरेका काठमाडौँका निशा तुलाधर पनि सोही अभियानमा खटिएका छन् । उनी यसअघि एक गैरसरकारी संस्थामा काम गर्नुहुन्थ्यो । प्राधिकरणले महिलाका लागि काठमाडौँ उपत्यका क्षेत्रमा काम गर्न प्राथमिकता दिएकाले तुलाधरले आवेदन दिएको बताए । पुरुष प्राविधिकलाई रोलक्रम १,२,३ अनुसार क्रमशः उपत्यका बाहिरका स्थानमा खटाउने सरकारको नीति छ ।

बाँकेका प्रकाश भण्डारी भविष्यमा सरकारी सेवामा आफ्नो अनुभव र क्षमता देखाउन पाउने सम्भाना देखेकाले आवेदन दिएको जनाए । भण्डारीले भने“यसमा हामीले पैसाको भन्दा पनि देश सेवा र जनसेवालाई बढी जोड दिएका छौ ।”

धनुषा घर भएका सुरेन्द्रकुमार शाह पनि सिन्धुपाल्चोकका एक अन्तर्राष्ट्रिय गैरससको काम छाडेर पुनःनिर्माणको प्राविधिक बन्न आएको बताउँदै देशको सेवा गर्न पाउनु एक प्रकारको धर्म पनि भएको जनाए।

नेपाल इन्जिनियरिङ काउन्सिलमा हालसम्म १३ हजार इन्जिनियर दर्ता भएको देखिन्छ । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफू पनि सोही क्षेत्रको उत्पादन भएकाले यति धेरै सङ्ख्यामा राज्यले इन्जिनियर खटाएको यो पहिलो अवसर भएकाले अब मुलुक पुनःनिर्माणको नयाँ चरणमा प्रवेश गरेको बताए ।

नवनियुक्त प्राविधिकलाई आज विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका थिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नौकरानीले मालिकसँग गरेको घिनलाग्दो कर्तुत… (हेर्नुस् भिडियो)

विप्लव माओवादीले दलिदियो जिशिअलाई कालोमोसो

काठमाडौँः शिक्षा क्षेत्रमा अनियमितता गरेको र आर्थिक घोटाला समेत गरेको आरोपमा विप्लव माओवादीका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेका छन् ।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका थिए । कालोमोसो दलेलगत्तै माओवादी कार्यकर्ताहरु भागेका थिए । प्रहरीले कालोमोसो दल्नेहरुको खोजीकार्य जारी राखेको छ ।

जिल्ला शिक्षा अधिकारी गौतमले कालोमोसे दल्नेहरुसँग प्रतिवाद गर्दा सामान्य घाइते समेत भएको बताइएको छ । घटना स्थलमा पर्चा छोडेर जिशिअ गौतमलाई शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राष्ट्रपतिको आँखा परीक्षण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आँखा परीक्षण गराएकी छन् ।

राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पतालमा बुधबार आँखाको परीक्षण गराएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालका अनुसार राष्ट्रपति भण्डारीले विशेषज्ञ चिकित्सकबाट करिब एक घन्टा आँखाको उपचार गराएकी हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुँजी बजारका लगानीकर्ता लघुवित्त तर्फ फर्किएका हुन्? बुधबार लघुवित्तका लगानीकर्ता मालामाल

काठमाडौं । लगानीकर्ता बाणिज्य बैंक र लघुवित्तमा बढी केन्द्रित भएको बजारको पछिल्लो नतिजाले देखाएको छ । दुई साता देखि बाणिज्य बैंकतर्फ केन्द्रित भएका लगानीकर्ताको चाप एकाएक लघुवित्त कम्पनीहरुतर्फ फर्कियो ।
प्रतिकित्ता ५० रुपैयाँ भन्दा बढी कमाउने लगानीकर्ता लघुवित्तकै धेरै भए । सबैभन्दा बढी छिमेक लघुवित्तका सेयरधनीले प्रतिकित्ता तीन सय ३६ रुपैयाँको दरले कमाए । दोस्रोमा वावलम्बन विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता एक सय ६० रुपैयाँको दरले कमाएका छन् ।
निर्धन उत्थान विकास बैंकको सेयर मूल्य प्रतिकित्ता एक सय १८ रुपैयाँको दरले, समिट माइक्रो फाइनान्सको सेयर मूल्य प्रतिकित्ता एक सय पाँच रुपैयाँको दरले र छिमेक लघुवित्तको सेयर मूल्य ८५ रुपैयाँको दरले बढेको छ ।
यस बाहेक पनि विजय लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता ६२ रुपैयाँको दरले, साना किसान विकास बैंकका लगानीकर्ताले ५९ रुपैयाँका दरले र फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ४५ रुपैयाँका दरले कमाएका छन् ।
लघुवित्त बाहेक प्रतिकित्ता ५० रुपैयाँ भन्दा धेरै कमाउने लगानीकर्तामा नेपाल लाइफ इन्स्योरेन्स र कसमस विकास बैंकका लगानीकर्ता मात्रै परे ।
प्रतिकित्ता ५० रुपैयाँको हाराहारीमा गुमाउनेमा सप्तकोशी विकास बैंक र मिर्मिरे फाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ता मात्रै छन् ।

– See more at: http://bizmandu.com/content/-17418.html#.VyCdiPl97IU


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

साढे १३ सय इञ्जिनियर पुनर्निर्माणका लागि गाउँ हिँडे

१५ वैशाख, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना बनाउन १४ जिल्लामा १ हजार ३ सय ४६ जना इन्जिनियर खटिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबारदेखि आर्किटेक्ट र सिभिल विषयमा स्नातक तथा स्नातकोत्तर गरेका १ हजार ३ सय ४६ जना युवा इन्जिनियरलाई पुनर्निर्माणका लागि बुधबार भुकम्प प्रभावित १४ जिल्लामा खटाएको हो ।

प्रभावित जिल्लाका हरेक गाविसमा १, नगरपालिकामा ३ र स्रोतकेन्द्रमा ४ जनाका दरले इन्जिनियर परिचालित भएका छन् ।

प्राधिकरणले असार मसान्तसम्मको नियुक्तिपत्र दिए इन्जिनियरलाई दुई दिनभित्र खटाइएको स्थानमा पुग्न भनेको छ । धेरै इञ्जिनियरहरु आजै कार्यक्षेत्रतर्फ लागेका छन् ।

नियुक्ति दिनु पहिले प्राधिकरणले इन्जिनियरहरुलाई आवास पुनर्निमाण सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको थियो ।

तालिम लिएर गाउँ गाउँमा जान लागेका युवा इन्जिनियरलाई प्रधानमन्त्री केपी शर्मा ओली भने पुनर्निर्माणको काममा जनताको साथ र सहयोग लिन आग्रह गरे ।

तालिमको समापनका क्रममा बुधबार काठमाडौको प्रभा भवनमा प्रधानमन्त्री ओलीले जवानीको जोश देखाएर काम गर्न भन्दै इन्जिनियरहरुलाई प्रोत्साहित गरे । उनले भूकम्प प्रभावितलाई भूकम्प प्रतिरोधी घर बनाउन सक्दो सहयोग गर्नुपर्ने बताए ।

पुनर्निर्माण प्राधिकरणले असार मसान्तसम्मपछि इन्जिनियरको नियुक्ति नविकरण गर्ने बताएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तुँवालोले दुई दिनदेखि हवाई सेवा प्रभावित

डोल्पा : डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ ।

वैशाख पहिलो हप्तादेखि देखिएको धुवाँजस्तो देखिने तुँवालोको कारणले हवाई सेवा प्रभावित भएको हो । नेपालगन्ज डोल्पाको बीच हवाई मार्गमा धुवाँजस्तो देखिने तुँवालोले मार्ग बन्द भएपछि हवाई सेवा प्रभावित भएको तारा एअरका कर्मचारी लङ्क भण्डारीले जानकारी दिए ।

तुँवालोको कारणले दई दिनमा पाँचदेखि सात वटासम्म उडान रद्द भएको भण्डारीले बताए ।

तुँवालोले बुधबार दिउँसोसम्म पनि विमानस्थल छोपेकाले बिहीबार पनि उडार रद्द हुने सम्भावना कम रहेको उनले बताए । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिहीबार १२ घण्टा विद्युत आपूर्ती बन्द हुने

म्याग्दी – धौलागिरी, गण्डकी क्षेत्रीमा बिहीबार १२ घण्टा केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द हुने भएको छ ।

कास्कीमा निर्माण भएको अपर मादी जलविद्युत आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जाडन गर्नका लागि परिक्षण गर्न विद्युत आपूर्ती बन्द गराउन लागिएको नेपाल विद्युत बेनी विद्युत प्राधिकरण बेनी शाखाले जनाएको छ ।

शाखाका प्रमुख सिताराम शाहका अनुसार बिहीबार बिहान ७ देखि साँझ ७ बजेसम्म परिक्षणका क्रममा प्राबिधिक समस्या आउन सक्ने भएकाले विद्युत आपूर्ती बन्द गराउन लागिएको हो ।

अपर मादी आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जडान गर्ने कार्य सफल भएपछि नियमित रुपमा विद्युत आपूर्ती हुने शाखा प्रमुख शाहले बताए ।

परिक्षण अवधिभर म्याग्दी, पर्वत, मुस्ताङ, बागलुङ, कास्की, तनहुँ, स्याङ्जा, गोरखा र लमजुङ जिल्लाको केन्द्रिय प्रशारण लाईनको विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा पाउनुस । त्याे कसरी ?

काठमाडौं / नेपालमा भूकम्प आउँदैछ भनेर पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पूर्व सूचना प्रणाली जडान गरेको हो । आठ महिना अघिदेखि यो प्रविधि जडान गर्ने योजना भएपनि विभिन्न प्राविधिक कारणले एक हप्ताअघि मात्र जडान गर्न सफल भएको नाष्टका प्रविधि प्रमुख सुरेशकुमार ढुङ्गेलले बताउनुभयो ।

censer 1

चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाले निःशुल्क दिएको भूकम्प पूर्व सूचना प्रविधिलाई नास्टले राजधानीका विभिन्न चार ठाउँमा जडान गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय भूगर्भ केन्द्रीय विभाग, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा जडान गरिएको हो ।

यसरी जडान गरिएका ठाउँमा भूकम्प आउँदैछ भनेर पूर्व सूचनाका रुपमा साइरन बज्ने चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाका उपप्रमुख डा. याङले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो प्रविधि चीन, जापान र मेक्सिकोमा सफल भैसकेको छ, यो प्रविधि प्रयोग गर्ने नेपाल चौथो राष्ट्र हो ।’

यो प्रविधिले भूकम्प आउँदैछ भनेर झण्डै २० सेकेण्ड पहिला नै जानकारी दिने याङले बताउनुभयो । जसले गर्दा नागरिकलाई सुरक्षित रहनुहोस् भनेर संकेत गर्छ ।

चार वटा उपकरण हुन्छन्

यो प्रविधि चारवटा उपकरणको सहायताले सञ्चालन हुने गर्छ । यसमा सेन्सर, कन्ट्रोल सेन्टर, रिसिभर र साइरन हुन्छन् । सेन्सर जति धेरै ठाउँमा जोड्यो त्यति राम्रो हुने गर्छ ।

censer 2

एउटा सेन्सर र अर्को सेन्सरको दुरी १५ किलोमिटरको फरकमा हुनुपर्ने प्रविधि प्रमुख ढुङ्गानाले बताउनुभयो । एउटा सेन्सरको मूल्य १० लाख डलर पर्छ । सेन्सरमा एउटा ब्याट्री पनि हुन्छ । त्यो विद्युतबाट अटोमेटिक चार्ज हुन्छ । अहिले गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, रामेछाप, काभे्र लगायतका काठमाडौं आसपासका जिल्लामा गरी ३९ वटा सेन्सर जोडिएका छन् । चीनले ३ सय २० वटा सेन्सर दिने भएको छ ।

यसरी सेन्सर जडान गरिएका ठाउँमा भूकम्प गयो भने त्यसको खबर जहाँ कन्ट्रोल सेन्टर र रिसिभर राखिएको हुन्छ त्यहाँ मात्र थाहा हुन्छ । अर्को कन्ट्रोल सेन्टर हो । यसले सेन्सरको सूचना लिएर रिसिभरलाई दिने काम गर्छ । त्यस्तै अर्को कन्ट्रोल सेन्टरसँगै रिसिभर जोडिएको हुन्छ ।
googlemapeq 2

कन्ट्रोल सेन्टरमा आएको संकेत रिसिभरले लिन्छ । रिसिभर चल्न १ किलोवाट बिजुली चाहिन्छ । चार वटा रिसिभर जोडिएपनि अरु ६ वटा रिसिभर पनि चीनबाट आइसकेका छन् । लोडसेडिङ भएको बेला भूकम्प गयो भने यसले सूचना दिन सक्दैन । रिसिभरसँगै तारमार्फत साइरन जडान गरिएको हुन्छ । रिसिभरमा भूकम्पको संकेत आएपछि साइरन बज्ने प्रविधि प्रमुख ढुङ्गेलले बताउनुभयो  ।

कसरी काम गर्छ यो यन्त्रले ?

एक सेन्सर र अर्को सेन्सरको दुरी १५ किलोमिटर हुन्छ । यसरी १५ किलोमिटरको आसपासमा भूकम्प जाँदैछ भने त्यसले पहिला सानो यान्त्रिक हलचल ल्याउँछ । यसरी आउने भूकम्पको यान्त्रिक हलचललाई सेन्सरले तुरुन्त थाहा पाउँछ ।

censer 3

सेन्सरले यो यान्त्रिक हलचललाई इलोक्ट्रोम्याग्नेटिक्स वेभको रुपमा कन्र्भट गर्छ । सेन्सरले इलोक्ट्रोम्याग्नेटिक वेभलाई टेलिकमको नेटवर्कबाट (सञ्चारको उपकरण) को सहयताले कन्ट्रोल सेन्टरलाई जानकारी गराउँछ । यसरी कन्ट्रोल सेन्टरमा जानकारी हुने इलोक्ट्रोम्याग्नेटिक वेभको गति प्रकाशको गति सरह हुने गर्छ ।

प्रकाशको गति भनेको तीन लाख किलोमिटर प्रतिसेकेण्ड हुन्छ । त्यसैले इलोक्ट्रोम्याग्नेटिक वेभ पनि तीन लाख किलोमिटर प्रतिसेकेण्डको दरले दौडन्छ । भूकम्पले क्षति गराउने सरफेस वेभको गति जम्मा तीन किलोमिटर प्रतिसेकेण्ड हुन्छ । त्यसैले भूकम्प कन्ट्रोल सेन्टरमा पुग्नु भन्दा अगाडि नै यसको सूचना पुगिसक्छ ।

googlemapeq 2

कन्ट्रोल सेन्टरसँगै अर्को रिसिभर जडान गरिएको हुन्छ । कन्ट्रोल सेन्टरले भूकम्प आउँदैछ भनेर रिसिभरलाई संकेत गर्छ । यसरी रिसिभरसँग संकेत आइसकेपछि रिसिभरसँगै जोडिएका साइरन बज्न थाल्छन् । यसरी साइरन बज्न थालेपछि भूकम्प आएको हो भनेर थाहा पाउनु पर्ने हुन्छ । साइरन ४ रेक्टर स्केल भन्दा  माथिका भूकम्प आउँदा मात्रै बज्छन् ।

जहाँ रिसिभर राखिएको हुन्छ, त्यहाँ वायरको मार्फत साइरन जडान गरिएको हुन्छ । जस्तो कि अहिले नास्टमा रिसिभर राखिएको छ । गोरखामा सेन्सर राखिएको छ । यदी गोरखामा भूकम्प आयो भने त्यहाँको संकेत रिसिभर राखिएको ठाउँ नास्टमा आउँछ र त्यहाँ साइरन बज्छ ।

यदि नास्टमा ठूलो आवाज आउने साइरन राखिएको छ र त्यो साइरन कीर्तिपुरमा पनि सुनिन सक्छ भन्दैमा कीर्तिपुका नागरिकले पूर्व सूचना थाहा पाउन सक्दैनन् ।  किनभने ध्वनि तरङ्ग तीनसय मिटर प्रतिसकेण्ड कुद्छ । तर भूकम्पले क्षति गराउने सरफेस वेभको गति तीन किलोमिटर प्रतिसेकेण्ड हुन्छ । जसका कारण साइरनको आवाज कीर्तिपुर पुग्नभन्दा पहिला भूकम्पको तरङ्ग पुगिसक्छ । तर साइरन जडान गरिएको वरपर तत्काल ध्वनि तरङ्ग पुग्ने भएकाले रिसिभरको वरपरका नागरिकलाई यसले सुरक्षित रहन संकेत गर्छ ।

भूकम्पको केन्द्रबिन्दु टाढा हुँदा चाँडो साइरन बज्छ

भूकम्पको केन्द्रबिन्दु जति टाढा भयो त्यति नै चाँडो रिसिभरमा पुग्छ र साइरन बज्छन् । यसरी भूकम्पको केन्द्रविन्दु टाढा भएमा २२ सेकेण्ड भन्दा अगाडि नै साइरन बज्ने गर्छन् ।

censer 4
साइरन निरन्तर २० सेकेण्डसम्म बज्छ ।  तर रिसिभर जडान गरिएको ठाउँ वरपर नै केन्द्रबिन्दु छ भने त्यहाँको आसपारको रिसिभरले काम गर्दैन । किनकी रिसिभरले सूचना थाहा पाउनुभन्दा पहिला भूकम्प गइसकेको हुन्छ । तर नजिकको रिसिभरले काम नगरे पनि केन्द्रविन्दु भन्दा टाढाको रिसिभरले काम गर्छ र नागरिकले भूकम्प आउँदै छ भनेर अगाडि नै सूचना पाउँछन् ।

कसैले सेन्सर हल्लाउँदैमा साइरन बज्दैन

त्यस्तै कसैले सेन्सरलाई हल्लाएमा साइरन बजिहाल्छ र नागरिकले दुःख पाउँछन भन्ने पनि हुँदैन । कसैले सेन्सर राखिएको ठाउँ या सेन्सरलाई हल्लाएको भरमा त्यो सूचना कन्ट्रोल सेन्टरमा पुग्दैन ।

हरेक सेन्सर १५ किलोमिटरको दुरीमा जडान गरिएको हुन्छ । यसरी १५ किलोमिटरको दुरीमा रहेका कम्तीमा तीन वटा सेन्सर एकैपटक नहल्ली कन्ट्रोल सेन्टरमा इलोक्ट्रोम्याग्नेटिक वेभको सूचना पुग्दैन ।

भूकम्प आउँदैछ भन्ने जानकारी मोबाइलमै

दोस्रो चरणको कार्यक्रम अनुसार नास्टले मोबाइलमै भूकम्पको पूर्व जानकारी गराउने बताएको छ । जसरी कन्ट्रोल सन्टरले रिसिभरलाई जानकारी गराउँछ । त्यसरी नै कन्ट्रोल सेन्टरले टेलिकमको नेटवर्क प्रयोग गरेर सिधै पठाउन सकिने नास्टका प्रविधि प्रमुख कुमार ढुङ्गेले बताउनुभयो । उहाँका अनुसार यस बारेमा नेपाल टेलिकमसँग कुरा भइरहेको छ ।
censer 5‘सुरुमा टेलिकमका कतिपय कर्मचारीले हामी यस्तो सहकार्य गर्दैनौं तपाईहरु एनसेलसँग सहकार्य गर्नुस् भनेपनि अहिले उहाँहरु पनि सकरात्मक हुनुहुन्छ’ उहाँले भन्नुभयो ‘टेलिकमले हामीसँग यो सम्झौता गरेमा रिसिभर र साइरन चाहिदैन’ उहाँले भन्नुभयो, ‘कोही व्यक्ति कुरा गरिरहेको छ भने पनि त्यसलाई काटेर भूकम्पको सूचना पठाउन सकिन्छ ।’ जसका लागि टेलिकमसँग छिट्टै सहकार्य गर्ने र सबैतिरबाट सहयोग पाएमा अबको झण्डै एक वर्षमा नागरिकले मोबाइलबाटै जानकारी पाउने उहाँले बताउनुभयो ।

नेपालमा आएको भूकम्प चीनमा समेत एकै समयमा थाहा हुने

चीनले यो प्रविधि जडान गर्नुको एउटा मुख्य उदेश्य नेपालमा आएको भूकम्पको सूचना तत्काल चीनमा पु¥याउनु रहेको छ । नेपाल भूकम्पको उच्च जोखिममा रहेको देश मानिन्छ । यसरी नेपालमा आएको ठूलो भूकम्प वा चीनसँग सीमा जोडिएका नाकामा आएका भूकम्पको असर चीनमा पनि पर्न सक्छ ।  यसरी नेपालमा आएको भूकम्पको बारेमा चीनले तल्काल थाहा पाएमा सुरक्षित रहन सक्ने नास्टका प्रविधि प्रमुख ढुङ्गेलले बताउनुभयो ।

अहिले नेपालका चार ठाँउमा जडान गरिएका रिसिभरको नेटवर्क चीनले पनि चिन्दु शहरमा जडान गर्न लागेको इन्टिच्युट अफ केयर लाइफ संस्थाका उपप्रमुख डा. याङले बताउनुभयो  । जसले यहाँको भूकम्पको गतिविधि तत्काल चीनले थाहा पाउँछ ।त्यस्तै नास्टले पनि चीनमा जडान भएका रिसिभरको नेटवर्कलाई नेपालमा जडान गर्ने योजना बनाएको छ ।

जसले चीनका विभिन्न भागमा गएका भूकम्पको सूचना तत्काल नेपालमा थाहा पाई सुरक्षित हुन मद्दत पुग्ने नास्टका प्रमुख ढुङ्गानाले बताउनुभयो ।  उज्यालाे अनलाइनबाट 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘सरकार, हामीले त घर बनाइसकेम्’

‘नेपालको पुनर्निर्माण इन्डोनेसियाजस्तो होला कि हाइटीजस्तो ?’

वैशाख १२ को भुइँचालोपछि धेरैको प्रश्न यही थियो।

सन् २००४ को भुइँचालो र सुनामीले इन्डोनेसियाको आचे प्रान्तमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गयो। पाँच लाखभन्दा बढी घरबारविहीन भए। नेपालभन्दा कयौं गुणा ठूलो भौतिक क्षति बेहोरेको आचेमा पाँच वर्ष नबित्दै कायापलट भयो। दाताहरूबाट प्राप्त झन्डै ७ अर्ब अमेरिकी डलरले व्यवस्थित घर बने। फराकिला सडक बने। भुइँचालो प्रतिरोधक स्कुल बने। नयाँ अस्पताल बने। नयाँ पुल बने। सिंगो प्रान्त नै नयाँ बन्यो।

उता, २०१० को भुइँचालोले हाइटीमा दुई लाखभन्दा बढीको ज्यान गयो। डेढ लाखभन्दा बढी घरबारविहीन भए। दाताहरूबाट १० अर्ब अमेरिकी डलरभन्दा बढीको सहयोग ओइरियो। आज पाँच वर्षपछि पनि त्यहाँका घरबारविहीन तंग्रिएका छैनन्। उल्टो गरिबी र भोकमरीमा लपेटिएका छन्। र, टहरोमुनि नै जिन्दगी बिताइरहेका छन्।

एक वर्षको अनुभव हेर्दा, नेपाल इन्डोनेसियाजस्तो पुनर्निर्माणमा सफल उदाहरण बन्ने सम्भावना एकदमै धमिलो छ।

एउटा कुरा भने पक्का हो, हाइटीजस्तो तन्नम पनि हुँदैन, कुनै हालतमा।

यसको कारण, नेपाल सरकार हाइटीभन्दा सक्षम छ वा यहाँको पुनर्निर्माण प्राधिकरणको काम प्रभावकारी छ भन्ने कतै होइन। यसको कारण जनता आफैं हुन्। उनीहरू सरकार कहिले आउला र घर बनाइदेला भनेर कुरेर बसेका छैनन्। धेरैले त अहिलेसम्म सरकार देखेकै छैनन्। उनीहरूको कुनै पनि दुःखमा सरकार उभिएकै छैन। उनीहरूले न सरकारबाट केही पाएका थिए न त यसपालि पनि केही पाउने आशै राखे।

त्यसैले त, भुइँचालोको एक महिना नबित्दै हामीले थुप्रै त्यस्ता व्यक्ति भेटेका थियौं, जो भग्नावशेषबाट सग्ला काठ र ढुंगा पन्छाउँदै नयाँ घर बनाउने जोहो गर्दै थिए। आफ्नै बलबूतामा आफ्नो ओत लगाउँदै थिए।

आज, एक वर्षपछि यो रफ्तार निकै बढेको छ।

बारपाक, मनिडाँडाबाट सुस्तरी ओरालो झर्दा दुई सय मिटर तलको झुरुप्प बस्तीबाट ठाकठाक ठुकठुक आवाज एकोहोरो कानमा ठोक्किरहन्छ।

तल, गोरखा राजमार्गको बाह्रकिलोबाट ४८ किलोमिटर उत्तर कच्ची बाटोमा रोडा, ढुंगा, सिमेन्ट, छड बोकेका ट्र्याक्टर ठस्ठस्ती कन्दै उकालो उक्लिरहेका भेटिन्छन्।

बारपाकीहरू घर बनाउँदैछन्।

सुनबहादुर घलेलाई केही दिनमै ढलान गर्ने चटारो छ। उनी भुइँचालोमा भत्केको घरको ढुंगामाथि टुक्रुक्क बसेर फलामे छड करौंतीले काट्दै थिए। भुइँमा बालुवाको थुप्रो थियो। दर्जनभन्दा बढी सिमेन्टका बोरा खात लाएर राखिएको थियो।

‘एक वर्ष त भइसक्यो, दिएको के छ र हाम्रो सरकारले! तिनको भर परेर बसे त हाम्रो जिन्दगी नै टहराको बास हुन्छ,’ सुनबहादुरले भने।

बारपाकमा सुनबहादुर एक्ला होइनन्, जो भुइँचालोमा लडेको घर आफ्नै बलबूतामा जेनतेन उभ्याउँदैछन्। यहाँका अधिकांशले आफ्नो घर आफैं बनाइसके, चाहे त्यो जस्ताकै टहरा किन नहोस्।

पहिलोचोटि बारपाक पुग्नेलाई झुलुक्क हेर्दा पत्याउनै मुश्किल पर्छ, यो गाउँ भुइँचालोमा सिंगै लडेको थियो। यहाँका १ हजार ४ सय ४७ घरमध्ये दुई दर्जन पक्कीबाहेक सबै धस्सिएर जमिनको सतहमा आइपुगेका थिए। ढुंगाले बारेको र ढुंगैले छाएको झुरुप्प बस्ती एकैचोटि झ्याम्म लड्दा ढुंगा र काठले थिचेरै ७० जनाभन्दा बढीको ज्यान गएको थियो।

त्यसयता बर्खा, असिनापानी र हिमपात झेलेका धेरै बारपाकी आज आफ्नै बलमा बौरिन थालेका छन्। ७५ प्रतिशतभन्दा बढीले जस्ताको टहरा छाइसके। ५० वटाभन्दा बढी पक्की घर नै बनिसके। केहीले ढुंगाको गारो उभ्याएका छन्। जस्ताका ती अस्थायी घरले यसपालि बर्खा मात्र हैन, केही वर्ष नै मज्जाले धान्नसक्छ।

यी कसैले सरकारको सहयोगमा घर उभ्याएका होइनन्। नयाँ घर बनाउन सरकारले दुई लाख दिने भनेको उनीहरूले सुन्दै आएका छन्। कसैलाई त्यसको आश भने छैन। घर बनाएका सबैले विदेशबाट छोरा–नातिले पठाइदिएको रेमिटेन्स रकम नै लगानी गरेका हुन्। त्यसमा नपुग ऋण गरेका छन्।

सरकारको बाटो कुर्दाकुर्दा स्थानीयको आँखा कतिसम्म टट्टाइसक्यो भने विस्थापितले धरि पहिलेकै ठाउँ फर्केर घर बनाउन थालिसके।

बारपाक पुग्नुभन्दा लगभग १५ किलोमिटरअघि इसिनान गाउँ आउँछ। पहिरोको जोखिमले विस्थापन समस्यामा परेका बारपाकका आधा दर्जनभन्दा बढी गाउँमध्ये इसिनान एक हो। यहाँका ४३ घर सबै भत्किए। ६ जनाको ज्यानै गयो। भत्केका घरका अवशेष अहिले पनि जस्ताका तस्तै छन्। यहाँका बासिन्दा गाँवै सुनसान पारेर डाँडामाथि चौरमा ‘विस्थापित जिन्दगी’ बाँचिरहेका छन्।

गाउँको सुन्यबीच एउटा घरबाट काठ ठोकेको ठाकठाक ठुकठुक आवाज आइरहेको थियो। त्यहाँ ३४ वर्षीय मनबहादुर गुरुङ र उनका छोरा ओमराज गुरुङ काठ ठोकेर घरको छत हाल्दै थिए।

‘सरकारले देला र घर बनाम्ला भनेर अर्काको जग्गामा कति दिन बस्ने! म त आएँ अब आफ्नै ठाममा। जे पर्ला सो टर्ला,’ मनबहादुरले भने, ‘सरकारले २५ हजारबाहेक एक पैसा दे’को छैन। कति दिन उसको मुख हेरेर बस्नु ! अब त यत्ति भन्नुछ, सरकार तिमी हेर्दै गर, हामीले हाम्रो घर बनाइसकेम्।’

उनले भग्नावशेषबाट जोगाएर राखेका सग्ला काठ प्रयोग गरेर यो नयाँ घर बनाएका हुन्। अब बढीमा एक महिनाभित्र घर पूरा हुन्छ। त्यसपछि उनीहरू सात जनाको परिवार फेरि यहीँ बसोबास गर्न आउनेछन्। पहिरोको जोखिमले मुटु त पक्कै काम्छ, तर त्योभन्दा बढ्ता अर्काको भरमा ‘माग्नेजस्तो जिन्दगी बिताउँदा’ मुटु कामेको उनी बताउँछन्।

‘भैंचालो त झेलियो, अब पैरो पनि यहीँ झेलम्ला, बाँच्नु छ भने जाँ नि बाँचिन्छ, मर्नु छ भने चौराँ नि मरिहालिन्छ,’ उनले भने, ‘मरेँ नि आफ्नै घराँ मरम्ला।’

‘तपाईं मात्र कि अरू पनि फर्कंदैछन् ?’

उनको जवाफ थियो, ‘अहिलेलाई म आएँ, विस्तारै अरू पनि आउँछन्। सरकारले केही गर्दैन भन्ने सप्पैलाई था भइसको।’

सबैतिर दुःख उस्तै छ। सरकारको रफ्तार उही हो। पुनर्निर्माण प्राधिकरणले भुइँचालो पीडितको लगत अद्यावधिक गर्नै भ्याएको छैन। केही जिल्लामा दुई लाख दिने काम बल्ल सुरु भयो। त्यो पनि बैंक खाताको लफडामा अल्झेर धेरैको हात परेकै छैन। सत्तारुढ दलका नेता ‘सक्नेले आफ्नो घर आफैं बनाउँ’ भन्न थालेका छन्।

खासमा यो कसैले भन्नै पर्दैन। अलिकति पनि टेक्ने भुइँ र समाउने लठ्ठी भएका कोही सरकारको भरमा बसेकै छैनन्।

धादिङ, खरी–२ का तारानाथ काप्रीको घर वैशाख १२ को भुइँचालोले भत्काइदियो। त्यो उनको घर मात्रै थिएन, गरिखाने मेलो पनि थियो। सडकनजिकको त्यही घरमा उनको सानो किराना दोकान थियो। खाजा पनि खुवाउँथे। घरसँगै उनको जीवन धान्ने आधार पनि भत्कियो। सरकारले घर बनाउन दुई लाख दिन्छ भन्ने सुनेका काप्रीले गएको बर्खा टहरोमै काटे। हिउँद लाग्दा पनि सरकार नकस्सिएपछि उनी आफैं कस्सिए, आफ्नो घर आफैं बनाउन।

दैनिक आठ सय ज्यालामा कामदार खोजेर उनले गएको फागुनबाट घर बनाउन थालेका हुन्। चैतमा घर तयार भयो। झन्डै तीन लाख रुपैयाँ ऋण लागेको छ। उनको यो घर सरकारद्वारा प्रस्तावित १७ थरीका भुइँचालो प्रतिरोधक मोडलसँग मिल्दैन। उनले कुनै प्राविधिकको सल्लाह पनि लिएनन्।

‘आफ्नै तरिकाले, आफूलाई मन खाने गरी घर बनाएँ। नक्सा पास पनि गरेको छैन,’ उनले भने, ‘सरकारले दिन्छु भनेको पैसा यही घरलाई हेरेर दिए लिन्छु, ऋण तिर्न सजिलो हुन्छ, नभए त्यो नि चाहिएन।’

खरी–२, धुसेनीका कर्णबहादुर आचार्यले त वर्षदिन पनि कुरेनन्। उनले भुइँचालो गएको दोस्रो दिनबाटै घर बनाउन थालेका हुन्।

‘वैशाख १२ गते भैंचालो गयो, १३ गते घर बनाउन थालिहालेम्,’ उनले भने, ‘घरमा १० जना छम्, कोही पुरानो घरको सामान तह लगाउन थालेम्, कोही नयाँ बनाउन थालेम्।’ सारा परिवार जुटेपछि वैशाख महिना सकिँदा–नसकिँदै उनको घर तयार भयो।

उनले पनि कसैको प्राविधिक सहयोग लिएका छैनन्। ‘सरकारले पैसा दिए पनि ठिक छ, नदिए पनि ठिक छ, नदिए भने मलाई अनुदान देऊ भनेर खोज्दै जान्नँ,’ उनले भने।

उता, गोरखा, फुजेल–५ का सिताराम न्यौपानेले जापान बस्ने छोराले पठाइदिएको पैसाबाट घर बनाउन थालिसके। २०४२ सालमा बनेको उनको घर भुइँचालोमा पूरै भत्किएको थिएन। ठाउँ–ठाउँमा चर्किएको भने थियो। उनी चर्किएको घरमा बस्न चाहेनन्। नजिकै टहरो बनाएर ९१ वर्षकी आमासँग बर्खा र हिउँद काटे।

सरकारले अनुदान देला र घर बनाउन थालुँला भनेर बसेका न्यौपानेलाई यो बर्खा पनि टहरामै कट्ला कि भन्ने डर लाग्यो। त्यही भएर जापान बस्ने छोराले पैसा पठाइदिएपछि पक्की घर बनाउन थाले। जेठ मसान्तसम्म घर बनाइसकेर बर्खा अगाडि नै बूढीआमैलाई सुरक्षित ओतभित्रै राख्ने उनको योजना छ।

‘मैले त आफ्नो घर आफैं बनाएँ, अरू पनि धेरैले बनाएका छन्। तर, सरकार, कृपा गरेर घर बनाउन नसक्नेहरूलाई चाँडो हेरिदेऊ। यो बर्खा पनि उनीहरूले टहरोमै काट्न नपरोस्,’ सितारामले भने।

बारपाक, इसिनानका मनबहादुर गुरुङ भन्दै थिए, ‘सरकारले हाम्रातिर मात्र नहेरेको हो कि अरूतिर पनि यस्तै हो? काठमाडौंमा पनि धेरै घर ढलेका छन् भन्छन्, त्यहाँकाले पनि केही पा’का छैनन् त?’

स्थिति उनले सोचेजस्तो छैन। काठमाडौं जिल्लाकै सबभन्दा बढी भुइँचालो प्रभावित साँखुको समस्या गोरखाको जस्तै छ।

साँखुका ६० वर्षीय कृष्णबहादुर प्रजापतिको चारतले घर भत्किएर डेढ तलामा झरेको छ। आधा बचेको माथिल्लो तलामा जस्ता बारेर श्रीमती र छोरीसँग बस्दै आएका छन्। माटोका भाँडा बनाएर बेच्ने उनी त्यही धराप घरको अँध्यारो छिँढीमा आफ्नो पेसा धान्छन्।

उनले यो एक वर्षमा जम्मा तीन थोक पाए : सरकारबाट १५ हजार रुपैयाँ, रेडक्रसबाट १० हजार र भुइँचालो पीडितको कार्ड। सरकारले यहाँको भग्नावशेष पन्छाउनधरि मद्दत नगरेपछि लगभग ४० हजार रुपैयाँ खर्च गरेर आफैं सफा गरेको उनी सुनाउँछन्।

भुइँचालो पीडितलाई सरकारले २ लाख र बैंकले सस्तो व्याजमा २५ लाख रुपैयाँसम्म ऋण दिने भनेको छ। आजसम्म कोही खोजखबर गर्न नआएकाले कृष्णबहादुरले आश मारिसके। ऋण लिन पनि उनीसँग जग्गाको लालपुर्जा छैन। हजुरबा पालाको घर २०४२ सालमै दर्ता गरे पनि अहिलेसम्म लालपुर्जा पाएका छैनन्।

‘सरकारले दुई लाख दिए पनि त्यसले घर बनाउन त के पुग्थ्यो! टालटुल पारुँला भनेको, त्यो पनि खै के हो के!’ उनले भने, ‘हामी गरिब भनुँ भने तन्नम पनि हैनौं, धनी भनुँ भने आफैं घर बनाउने ल्याकत छैन। न माथि उठ्न सक्यौं न तल झर्यौं, बीचको बीचै रह्यौं।’

कृष्णबहादुरका जेठा छोरा वैदेशिक रोजगारका लागि साउदी गएका छन्। कान्छा छोरा वाणिज्य बैंकमा काम गर्छन्। छोरी पढ्दै छिन्। ऋण खोजखाज गरेर यसपालि जसरी भए पनि घर पक्की बनाउने उनको सुर छ।

उनकै छिमेकी सुरेन्द्र श्रेष्ठ त हामी पुग्दा भुइँचालोले भत्केको घर बनाउन इँटा ओसार्दै थिए। उनकी श्रीमती सिमेन्ट र बालुवा घोल्न मद्दत गर्दै थिइन्। ‘सरकारले बनाइदिने भनेको त सुनेको हो, तर कति दिन कुर्नु,’ सुरेन्द्रले भने, ‘यहाँ कतिले टहरा बनाइसके, कतिले पुरानै घर मर्मत गर्न थालिसके।’

अलि पर, साँखु चोकको एउटा भग्नावशेष घरको भुइँतलामा सिलाइबुनाइ पसल चलाइरहेकी सुलोचना श्रेष्ठ मोबाइलमा हिन्दी गीत सुन्दै थिइन्–

तु मेरे साथ साथ आसमाँ से आगे चल

तुझे पुकारता हैं तेरा आनेवाला कल’

भत्केको घरको भुइँतलामा बस्दा पनि उनको अनुहार अँध्यारो छैन। ‘अँध्यारो किन हुनु त, घर पो भत्कियो, हामी त बाँचेका छौं नि,’ मोबाइलको आवाज मधुरो पार्दै सुलोचनाले भनिन्।

उनको घर तीनतलाको थियो। भुइँचालोपछि एक तला मात्र बचेको छ। उनको नौ जनाको परिवार केही समय टहरोमै बस्यो। अहिले भाडाको घरमा बस्न थालेको छ। अब सरकारले नहेरे पनि आफैं घर बनाउनुपर्छ कि भनी सोच्न थालेको उनी बताउँछिन्।

‘सरकारबाट केही होला कि भन्ने आश थियो, खै केही भएन,’ उनले भनिन्, ‘हामी कतै सोध्न गएनौं, कसैले खबर पनि गरेको छैन। घर बनाउँदै गरौं, पछि सहयोग पाइयो भने लिउँला भन्ठानेका छौं।’

‘हुनेहरूले त जग्गा बेचेर भए पनि बनाउलान्। नहुनेलाई सरकारले हेर्दिनैपर्यो, तपाईंहरू त्यत्ति गर्दिनु है,’ उनले छुट्टिने बेला भनेकी थिइन्।

उनको यो सन्देश सरकारले नसुनेको वा नबुझेको होला र!

‘नेपालको पुनर्निर्माण इन्डोनेसियाजस्तो होला कि हाइटीजस्तो ?’

धेरैको प्रश्न अहिले पनि यही छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म समय–सीमा सहितको पुनर्निर्माण योजना सार्वजनिक गरेको छैन।

प्राधिकरणका सदस्य विष्णुबहादुर भण्डारीलाई सोमबार खानी तथा भूगर्भ विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन क्रममा एक सहभागीले सोधे, ‘तपाईंहरूसँग कुन काम कहिले सक्ने भन्ने टाइम–फ्रेम सहितको योजना छ कि छैन ?

भण्डारीको जवाफ थियो, ‘प्राधिकरण पाँच वर्षको निम्ति गठन भएको हो, हामी सबै काम पाँच वर्षभित्र भ्याउँछौं।’

‘एक वर्ष त केही गर्नुभएन नि!’ ती सहभागीले फेरि सोधे।

‘पाँच महिना मात्र भयो हामी आएको,’ भण्डारीले भने, ‘कति राजनीतिक लफडा भयो भन्ने तपाईंहरूले बुझ्नुपर्छ। हामी आफ्नो काम गरिरहेका छौं।’

प्रश्न जहाँको तहीँ रह्यो। प्राधिकरणले समय–सीमा सहितको योजना सार्वजनिक गर्न सकेन।

यो हिसाबले, नेपाल इन्डोनेसियाजस्तो पुनर्निर्माणमा सफल उदाहरण बन्ने सम्भावना साँच्चै धमिलो छ। एउटा कुरा भने पक्का हो, हाइटीजस्तो तन्नम पनि हुँदैन, कुनै हालतमा।

किनकि, सुनबहादुर, मनबहादुर, तारानाथ, कर्णबहादुर, सिताराम, सुलोचना, कृष्णबहादुर, सुरेन्द्र लगायत धेरैले आफ्नो घर आफैं बनाइसके। कति बनाउने तर्खरमा लागिसके।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीद्धारा सहायकमन्त्री विष्ट पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि विष्ट पदमुक्त भएका हुन् ।

राप्रपा नेपालले सांसद रेशम लामालाई उक्त पदमा सिफारिस गरिसकेको छ । उनलाई बुधबार साँझमा नै प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ ।

पार्टीले यसअघि नै पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भेनेजुएलामा अब सातामा ५ दिन विदा, २ दिन काम गरे पुग्ने

१५ वैशाख, काटमाडौं ।भेनेजुएलाका सरकारी कर्मचारीहरुले अब सातामा पाँच दिन विदा पाउने भएका छन् । अब दुई दिन मात्र काम गरे पुग्नेछ ।

त्यहाँको सरकारले सरकारी कर्मचारीहरुले दुई दिन मात्र काम गर्ने तत्कालीन नियम लागू गरेको छ । इन्धन संकट टार्न सरकारले तत्काल सातामा पाँच दिन विदा दिन लागेको हो ।

उपराष्ट्रपतिले अब सरकारी कर्मचारीहरु सातामा दुई दिन सोमबार र मंगलबार मात्र कार्यालय आउने घोषणा गरे । उनका अनुसार यो व्यवस्था इन्धन संकट नहटेसम्म कायम रहनेछ ।

एल निन्यो मौसमी प्रक्रियाका कारण पानी कम परेकाले भेनेजुएला अहिले चरम इन्धन संकटमा छ । उसको प्रमुख हाइड्रोइलेक्टि्रक ड्याममा नाटकीय रुपमा पानी घटेको छ ।

तर, विपक्षीले भने कर्मचारीलाई विदा दिने सरकारी निर्णयको आलोचना गरेका छन् ।

भेजेनुएलाका राष्ट्रपति निकोलस मुदुरोले यसअघि नै २.८ मिलियन कर्मचारीलाई अपि्रल र मे मा शुक्रबार पनि विदा दिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एकै घरका चार जनाको सहस्यमय मृत्यु

सल्यान । सल्यानको छाँयाछेत्र रानीगाउँमा एकै घरका चार जनाको रहस्मय मृत्यु भएको छ । सीता खान ठकुरीका परिवारका चार जनाको मंगलबार राती सरहस्यमय मृत्यु भएको हो ।

२३ वर्षिया सीता खान ठकुरी उनकी २ वर्षिया सबिता र पवित्रा ठकुरी तथा उनकी १८ वर्षिया बहिनी गिता गिरी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी श्याम खत्रीले बताए । घटनाबारे छिमेकीले बुधबार बिहान प्रहरीलाइ खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान सुरु गरेको डीएसपी खत्रीले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रियंकाको स्वर मनपरेको कि बोल्ड सिन ?

काठमाडौं । फिचर फिल्ममा सर्वाधिक ब्यस्त नायिका प्रियंका कार्की मोडलिङमा पनि उत्तिकै सक्रिय छिन् । पछिल्लो समय मोडलिङमा अलि चुजी बनेकी प्रियंका पछिल्लो समय गीतको शब्द र मोडल हेरेर मात्रै अभिनय गर्छिन   ।

‘हो अहिले मोडलिङ गर्नु अघि अपोजिटमा को छ हेरेर मात्रै अभिनय गर्ने गरेकी छु ।’ उनले भनिन् । उनले आफुलाई भिडियोमा अभिनय गर्न प्रस्ताव राख्ने निर्देशकलाई कुरा गर्नु अघि अपोजिटको तस्वीर मेल गर्न लाउने गरेकी छिन् ।

यति हुँदा हुँदै पनि उनको पकडलाई अन्य ब्यबसायिक मोडलले तोड्न सकेका छैन । अहिले पनि चलेका गायक र भिडियो निर्देशकको पहिलो रोजाइमा प्रियंका नै हुने गरेकी छिन् ।

बोल्ड प्रियंकाले पछिल्लो पटक आफ्नै स्वरमा गीत रेकर्ड गराइनन् मात्रै । आफ्नै निर्देशनमा बोल्ड भिडियो पनि सुट गरिन् ।

‘स्वतन्त्र’ बोलको उक्त भिडियोलाई मन पराउने दर्शकहरु क्रमश बढीरहेका छन् । सामाजिक सञ्जालमा बोल्ड फोटो पोष्ट गरेर बेला बेलामा चर्चामा आउने प्रियंकाको भिडियो हिट हुनुमा उनको स्वर हो कि बोल्ड अभिनय ? भनेर प्रश्न गर्नेहरु धेरै छन् ।

प्रश्न गर्नेहरु जे, सुकै गरुन् । तर, उनका आलोचकहरु समेत फ्यान बन्ने क्रम बढ्दो छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘आकाशमा कति तारा छन्?’- बीरबलको स्वादलाग्दो उत्तर..

राजा अकबरलाई बीरबलको चतुरता अनि बुद्धिको खुबै जाँच गर्न मन लाग्थ्यो। बीरबलसँग पनि आफ्नो सामुन्ने राजाले राखिदिएका चुनौती र समस्याहरूलाई सजिलै हल गर्न सक्ने क्षमता थियो। त्यसैले पनि अकबर र बीरबलको राजामन्त्रीको जोडी देखेर ईर्ष्या गर्नेहरू थुप्रै थिए।

बीरबल त प्रधानमन्त्री थिए, तर उसको यो अधिकार राज्यसभाकै एक सल्लाहकारले खोस्न चाहन्थे। एकदिन सारा राज्यसभाकै अगाडि अकबरले बीरबलको प्रशंसा गर्न थालेपछि उक्त सल्लाहकार जुरुक्क उठे र भने- “हुजूर! हजुरले बीरबललाई बुझ्दै नबुझी प्रशंसा गर्नुहुन्छ। जसलाई हजुरले बुद्धिमानी ठान्नुहुन्छ, ऊ त एक महामूर्ख हो। होइन भने मेरा ३ प्रश्नहरू छन्, जसको उत्तर यदि बीरबलले दिन सक्यो भने मात्रै म पनि उसलाई बुद्धिमानी ठान्छु। तर यदि बीरबलले मेरा तीन प्रश्नहरूको उत्तर दिन सकेन भने उसको प्रधानमन्त्रीको पद मेरो नाममा हुनेछ।”

राजा अकबरलाई पनि ‘के खोज्छस् कानो, आँखो!’ जस्तै भैहाल्यो। बीरबलको चतुरताको परीक्षा लिने अकबरको धोको कहिल्ये पनि पुरा हुँदैन। त्यसैले अकबरले पनि उक्त सल्लाहकारको सल्लाह मानी बीरबललाई प्रश्नको उत्तर दिन आदेश दिए।

तीन प्रश्नहरू यस्ता थिए-

१. आकाशमा कति ताराहरू छन्?
२. पृथ्वीको केन्द्रविन्दु कहाँ छ?
३. यो संसारका कतिजना पुरुष र कहिजना महिलाहरू छन्?

बीरबल पनि कहाँ कम थियो र?

पहिलो प्रश्नको उत्तर दिनका लागि उसले तुरुन्तै एउटा भेडा ल्याए र भने- “यो भेडाको शरीरमा जतिवटा रौँहरू छन्, आकाशमा पनि त्यति वटा नै ताराहरू छन्। यदि हाम्रा सल्लाहकार महोदयलाई विश्वास लाग्दैन भने आफै गन्न सक्नुहुन्छ।”

दोस्रो प्रश्नको उत्तर दिनका लागि बीरबलले भुइँमा केहि रेखाहरू खिचे अनि एउटा लौरी ल्याएर गाढे र भने- “पृथ्वीको केन्द्रविन्दु यहिँनेर पर्छ। यदि सल्लाहकार महाशयलाई कुनै शङ्का छ भने नापे हुन्छ।”

तेस्रो प्रश्नको उत्तर कसरी दिन्छ भन्ने सबैको मनमा उत्सुकता जागिराखेको थियो। यत्तिकै बीरबलले भने- “हुजूर! यो संसारमा कति जना पुरुष र कति जना महिला छन् भनेर ठ्याक्कै गन्न त गाह्रै छ। किनभने यो संसारमा पुरुष र महिलामात्रै छैनन्, हाम्रा सल्लाहकार महोदयजस्ता मानिसहरू पनि छन्, जसलाई न महिला भन्न मिल्छ, न त पुरुष नै! त्यसैले हुजूर, यदि यस्ता न महिला न पुरुषजस्ता मानिसलाई पर हटाउने हो भने मात्रै महिला र पुरुषको ठेट गन्ती निस्किने थियो।”

बीरबलको तीखो उत्तर सुनेर उक्त सल्लाहकार चुप लागेर बस्नुबाहेक अरू केहि गर्न सकेन। अकबर पनि आफ्नो महामन्त्रीको बुद्धि र चतुरता देखेर गदगद हुँदै बसे।

निष्कर्ष– “जहाँ इच्छा, त्यहाँ उपाय!”

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

च्याउ खेतीबाट यसरी फलाउन सकिन्छ पैसा

१५ वैशाख, काठमाडौं । आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन ।’  गतिलो रोजगारी भेेटिएन भन्दै विदेशिने यस्ता युवाका लागि गतिलो प्रेरणा हुन्, मकवानपुरका नवराज ढकाल ।

३३ वर्षीय ढकालले गाउँमै बसेर च्याउ खेतीमार्फत गत वर्ष मात्रै २५ लाख रुपैयाँ चोखो मुनाफा कमाए । १४० वटा टनेलमा च्याउखेति गरिरहेका ढकाललाई अहिले भाइहरुले पनि साथ दिएका छन् ।

अहिले झण्डै १६ रोपनी जग्गामा टनेल बनाएर उनले गरेको च्याउखेतीले गतिलै आम्दानी दिइरहेको छ । उनले गतवर्ष गाउँमै किलोको ८० रुपैयाँसम्म लिएर च्याउ बेचे । च्याउको बजारका लागि पनि समस्या नभएको उनको अनुभव छ । ढकालले उत्पादन गरेको च्याउ काठमाडौंका ब्यापारीले गाउँमै पुगेर उठाउँछन् ।

‘च्याउबाट आम्दानी भरपुर छ’ उनी भन्छन्-‘सधैँ एकनासको कमाई हुँदैन ।  लगातार हार नमानी काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ ।’

ढकालले च्याउ खेती गर्ने प्रविधि काठमाडौंको बलम्बुमा सिकेका हुन् । पालुङमा ७ वर्षअघि च्याउ खेती सुरु गर्नुभन्दा पहिले बलम्बुुमा निकै अध्ययन गरेको उनी बताउँछन् ।

‘व्यवसायिक रुपमा च्याउ खेतीमा लाग्न यसको प्राविधिक पक्षबारे जानकारी हुनैपर्छ,’ उनी भन्छन्-‘अन्यथा यसमा गरिने लगानी बमोजिम प्रतिफल हासिल हुँदैन ।’

कसरी गर्ने त च्याउ खेती ?

पहाडी क्षेत्रका गाउँघरमा सहजरुपमा गर्न सकिन्छ च्याउखेती । तर, यसबारे व्यवहारिक ज्ञान भने लिनैपर्छ । यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पनि पर्छ । तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुपर्दैन ।

यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित नै छ ।

नेपालमा खेती गर्न सकिने च्याउ विभिन्न प्रकारका छन् । विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक-फरक किसिमका च्याउ खेती गर्न सकिन्छ । नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती भइरहेको छ ।

तुलनात्मक रुपमा कन्ये च्याउ अन्यभन्दा सस्तोमा बिक्छ भने अन्य च्याउहरु निकै महंगो हुन्छन् । रातो च्याउको विदेशमा समेत माग छ । काठको ठूटा र मुढामा खेती हुने सिताके च्याउको मूल्य पनि कम्ति छैन ।

च्याउ खेतिका लागि गाउँघरमा सहजै उपलब्ध हुने पराल, केराको पात लगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँस लगायत पनि चाहिन्छ । यि साधन गाउँ घरमा सहज रुपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बिउ सहजै किन्न पाइन्छ ।

कसरी सिक्ने सीप ?
च्याउखेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन । अरुले गरेको एकपटक देख्नुभयो भने पनि सिक्न सक्नुहुन्छ । तर, वयवसायिक रुपमा अघि बढ्न तालिम लिएकै राम्रो हुन्छ । यसले तपाईंको आत्मविश्वास मात्रै बढाउँदैन, व्यवसायमा हुने हानीको जोखिम पनि घट्छ । च्याउखेतीको तालिम त्यति लामो अवधिको पनि हुँदैन ।

आफुले उत्पादन गरेको च्याउ देखाउँदै मकवानपुरकी कल्पना श्रेष्ठ

विभिन्न संघ-संस्था र सरकारी निकायले नै यसको लागि तालिमहरु चलाइरहेका हुन्छन् । तपाईंले आफ्नो नजिकको कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा गएर बुझ्नुभयो भने तालिमबारे जानकारी पाउनुहुनेछ ।

गाउँमा च्याउखेतीको तालिमका लागि योजना बनाउनुभयो भने पनि यि निकायले तपाईंलाई सहयोग गर्नेछन् । विभिन्न संघ-संस्थाले गाउँ-गाउँमै पुगेर यस्ता तालिम चलाइरहेका छन् ।

खेती गर्ने सकिने ठाउँ
च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिन्छ ।

त्यस्तै, गाउँमा आˆनै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन ।

च्याउ खेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ । गाउँ घरमा यस्तो ठाउँको अभाव पक्कै पनि हुँदैन ।

रोग र कीरा
च्याउखेतीमा हुने खतरा भनेको रोग किराकै हो । यसलाई नोक्सान गर्ने मुख्य रोग नै जंगली च्याउ (कप्राइनस) हो । यो पहिलोपटक आउँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । त्यसैले, यसलाई आउनेबित्तिकै झिकिदिनुपर्छ ।

यसमा हरियो, पहेँलो, कालो ढुसी आए पनि त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो । अरु कीराले भने यसमा त्यति नोक्सान गर्दैनन् ।

रोग किराबाट बचाएको च्याउलाई बेलैमा टिपेर बजार पुर्‍याउन सक्नुभयो भने तपाईंले यो कामबाट हात झिकेर हिँड्नुपर्ने छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं