Friday, September 2, 2016

जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर

Chiranjibi Nepalकाठमाडौँ, १७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका  छन् ।

भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंकको आज काठमाडौँमा उद्घाटन कार्यक्रममा उनले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुनेतर्फ सचेत गराए ।

‘जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,’  उनले भने । नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको एक अर्ब ८१ अर्ब पुँजी पुगेको सो बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिए । हाल बैंकले  १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने  ११ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । रासस

The post जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर appeared first on Sajha Post.



from Nepal123.com - जनताको बचत सुरक्षित गर्नुस् – गभर्नर

No comments:

Post a Comment