बिदुर कटुवाल
उदयपुर, भदौ १७ । उदयपुरको पहाडी क्षेत्रमा कृषकले व्यवसायिक रुपमा लगाउँदै आएको अदुवा खेती कृषी कार्यालयको लापरवाहीले कुहिएको छ । कृषकले खेतबारीमा रोपेको अदुवामा पहँेलो हुने अनौठो रोग देखा परि कुहिन थालेपछि कृषि विकास कार्यालयले उदयपुरलाई खवर गर्दा समेत उपचारमा ध्याँन नदिँदा कुहिएको कृषकले आरोप लगाएका छन् ।
बिक्रिको लागी तयारी हुने अवस्थामा अदुवाको गाना र आँख्लामा पहेँलो भएर एक अदुवाको बोटबाट अर्को अदुवाको बोटमा सर्र्दै खेतीनै नष्ट हुने गरी कुहिन थालेपछि कृषकहरुले कार्यालयमा खवर गरेका थिए । एक दशकदेखि अदुवाको खेती गर्दै आएका हर्देनी गाविस १ का राजन राउतले अदुवा कुहिन थालेपछि उपचराको विधि खोज्न कृषि बिकास कार्यालय उदयपुरलाई गुहार मागेपनि नपाएको बताए । ‘मेरो अदुवा कुहिन थालेपछि मैले कृषि विकास कार्यालय उदयपुरलाई खवर गरे ।’ कृषक राउतले भने, ‘राम्रो कृषि प्राविधिक ल्याएर उपचार गराउने आशाले जानकारी गरे तर, कार्यालयले वेवास्ता ग¥यो ।’ राउतको भनाईमा कृषि कार्याललाई गुहारे अदुवाको उपचारमा सहयोग नगरेको हो ।
राष्ट्रिय कृषिक समूह महाँसंघ उदयपुरका जिल्ला सचिव कुशल राउतले बिक्रीको लागि तयारी भएको अदुवा कुहिन थालेपछि दक्ष कषि प्राविधिकको खोजीमा कृषि कार्याललाई खवर गरेपनि कृषकले नपाएको बताए । ‘अदुवा कुहिन थालेपनि कृषकले कृषि विकास कार्यालय गुहारेका थिए ।’ सचिव राउतले भने, ‘न कृषि कार्यालयले हे¥यो, न उपचार भएर कृषको अदुवा कुहिन छाड्यो ।’
राउतका अनुसार बारीमा लगाएको अदुवाभन्दा कृषकले धन खेत मासेर खेतमा लगाएको धेरै अदुवा कुहिएको छ । खेतमा अदुवा रोपेर बसेका अधिकाँस कृषकको अदुवा कुहिएर स्वाहा भएपछि कृषक चिन्तामा परेको स्थानीय नेकपा एमालेका नेता शंकर राउतले बताए । अदुवा कुहिन थालेपछि कृषकले पटक पटक कृषि कार्यालयमा गुहार माग्दा पनि सहयोग नपाएको अदुवा खेती पेशामा आत्मार्भिर रहेका नेता राउतले बताए ।
कृषि बिकास कार्यालय उदयपुरका बालि संरक्षण अधिकृत बाँसु ढुँगानाले आफुलाई हर्देनी, मयाँखु, सिरिसे, सोरुङ छविसे लगयतका अदुवा उतपादनको पकेट क्षेत्र रहेका स्थानबाट कृषकले अदुवामा रोग आएको जानकारी गराएको बताए । ‘मलाई त्याँहका कृषकको फोन आएको थियो ।’ अधिकृत ढुँगानाले भने, ‘अदुवाको गाना र आँख्ला कुहिले सरुवा रोग भएकाले वेविस्टिन र बटरफलाई ५० नामक विषदी लगाउन सुझाव दिएको थिए ।’
पानी र घाम बराबरी हुन थालेपनि अदुवाको गाना र आँख्ला कुहिने रोग लाग्ने भएकाले झरी वर्षाको परेको भन्दै अदुवा क्षेत्र नगएको भन्दै कृषि बिकास कार्यालयले उक्त बिषादी खरिद नगरेको समेत जानकारी दिए । कृषि कार्यालयले वेवास्ताको कारण कृषले वर्षभरी खाने अदुवा कुहिएको नेकपा माओवादी केन्द्र हर्देनीका स्थानीय नेता बाँशु कटुवालले बताए । कटुवालका अनुसार कृषी सेवा कार्यालय कटारीले समेत अदुवा कुहिने रोगको बारेमा वेखवर रहेको भन्दै बस्नु वेवास्ता गरेको कटुवालले बताए ।
उदयपुरको पहाडी क्षेत्रमा पर्ने हर्देनी, लेखानी, मयाँखु, सिरिसे, सोरुङ छबिसे, लिम्पाटार, ओख्ले, खाँबु, साउने, रौता पोखरी लगायतका क्षेत्रमा अदुवा खेती हुने गरेको छ । जिल्लामा कृषि कार्यालयको तथ्यँकमा एकसय १२ हेक्टर क्षेत्रफलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ ।
from Nepal123.com - कृषि कार्यालयको लापरवाहीले बारीमै कुहियो अदुवा
No comments:
Post a Comment