Friday, September 2, 2016

ज्ञानेन्द्र शाहको पनि विद्युत लाइन काटियो

 

काठमाडौं, भदौ १६ । पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारमा विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको छ।

आजसम्म विद्युतको तिर्नुपर्ने बाँकी बक्यौता नतिरेपछि बाध्य भएर लाइन काटेको प्राधिकरणले जनाएको छ ।

ऊर्जा मन्त्रालयको निर्देशनमा प्राधिकरणले बिहीबार लाइन काटिदिएको हो । नागार्जुन दरबारले ७१ लाख ८० हजार रुपैयाँ प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रहेको छ ।

गणतन्त्र स्थापना पछि पूर्व राजा ज्ञानेन्द्र नागार्जुन दरबारमा बस्दै आएका छन् ।
उक्त दरबार सरकारकै स्वामित्वमा रहेको छ । विद्युत महसुल सरकारले तिर्ने कि पूर्व राजा ज्ञानेन्द्र शाहले तिर्ने भन्ने प्राधिकरणले स्पष्ट पारेको छैन ।



from Nepal123.com - ज्ञानेन्द्र शाहको पनि विद्युत लाइन काटियो

No comments:

Post a Comment