पाल्पा, १७ भदौ– विद्युत् प्राधिकरण पाल्पा शाखाको तीन करोड ७८ लाख ८८ हजार विद्युत् महसुल असुली गर्न बाँकी रहेको छ ।
तानसेन नगरपालिकाले आव २०७२/७३ मा नगरपालिकाभित्रका सडक बत्तीबापतको तीन करोड ११ लाख १२ हजार बक्यौता बाँकी छ । प्राधिकरणको २१९ ग्राहकलाई कालोसूचीमा राखेर कारबाही थालेको छ ।
लाइन काटेपछि पनि विद्युत् महसुल तिर्न नआउनेलाई कालोसूचीमा राखिएको हो । ती ग्राहकबाट ११ लाख ६५ हजार महसुल उठाउन बाँकी रहेको वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेयले जानकारी दिए ।
जिल्लाका सरकारी कार्यालयले समयमै महसुल तिर्न आनाकानी गर्दै आएका छन् । कारागारले एक लाख ८१ हजार महसुल बाँकी छ । महसुल तिर्न बाँकी रहेकाको लाइन क्रमशः काट्दै जाने उनले बताए ।
कार्यालयले महसुल नतिर्ने तीन सरकारी कार्यालयसहित १३ ग्राहकको विद्युत लाइन काटेको छ । उनीहरुबाट दुई लाख २७ हजार महसुल असुल भएको छ ।
सरकारी कार्यालयको समेत लाइन काट्न थालेको प्रमुख पाण्डेय बताउछन् । अवैध रुपमा विद्युत् जडान गर्नेबाट प्राधिकरणले आठ लाख जरिवानाबापत असुल गरेको छ ।
from Nepal123.com - विद्युत महसुल नतिर्नेको लाइन काटेपछि बल्ल उठ्न थाल्यो बक्यौता रकम
No comments:
Post a Comment