१७ भदौ, काठमाडौं । एनसेलले विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनीले रि-ब्राण्डिङ पश्चात नजिकिँदै गरेको चाँडपर्वको अवसर पारेर नारायणगढ, पोखरा, बुटवल, धरान र बिर्तामोडमा खुसीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानीय स्तरमा चिनाउन मेला गर्न लागेको हो ।
मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला भदौ ३० गते नारायणगढको नारायणी किनारमा गर्नेछ । यो मेलाअसोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँबजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाईस्कुल मैदान) मा आयोजना हुनेछ ।
असोज ८ मा बिर्तामोडको सुगम पेट्रोल पम्प मैदानमा मेलाको समापन हुनेछ । प्रत्येक शहरमा मेला बिहान ११ बजे सुरु हुनेछ र कन्सर्टसहित साँझसम्म चल्ने छ ।
चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका विषेश आर्कषणहरु हुन् । यसबाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थि्रजीको गति र अन्य डिभाइसहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।
मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, बिष्णु सापकोटा (लाउरे), रेमोनदास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुती रहने छन् ।
त्यसैगरी, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । मेलामा बालबालिका लगायत सबै उमेरका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् ।
बालबालिका लागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु छन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउनेछन् ।
गीत संगीत, गेमहरु र अन्यआर्कषण बाहेक, मेलामा नेपाली, इण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् ।
“हाम्रा आदरणीय ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदान-प्रदान गर्न मेला आयोजना गर्न लागिएको हो,”एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
“विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरन्जन पाउने मा हामी विश्वस्त छौं र सबैलाई आफ्ना परिवारजन, आफन्त र साथीभाईसँग खुशी साट्न थप उर्जा दिने विश्वास लिएका छौ ।”
from Nepal123.com - पाँच शहरमा मनोरञ्जनतात्मक एनसेल मेला हुने
No comments:
Post a Comment