Friday, September 2, 2016

प्रचण्ड सरकारको उपहारः भोलीदेखि एलपी ग्यासको मूल्य ५० रुपैयाँ घट्ने

काठमाडौं, भदौ १६ । दशैं, तिहारको बेला खाद्यान्न बस्तुको अभाव हुन नदिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता सार्वजनिक भएको एक हप्ता नबित्दै आम जनतालाई ठूलो राहतको खबर छ ।

प्रधानमन्त्रीको निर्देशनका आधारमा नेपाल आयल निगमले चाडपर्वलाई मध्यनजर गर्र्दै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ५० रुपैयाँ घटाएको घोषणा गरेको छ । उक्त मूल्य आज बिहीबार राति १२ बजेदेखि लागु हुने छ ।

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । छुट भएपछि सर्वसाधारणले १३ सय २५ रुपैयाँमा खरिद गर्न पाउने छन् ।

मन्त्रीपरिषदको बैठकले अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गर्ने गरी पेट्रोलिय पदार्थ तथा ग्यासको मूल्य निर्धारण गर्ने सैद्धान्तिक सहमति समेत गरेको छ । यो आधारमा समायोजन गर्दा एलपी ग्यासको मूल्य अहिलेको अन्तर्राष्ट्रिय मूल्य अनुसार हालको साबिक मूल्य भन्दा १ सय ११ रुपैयाँले घट्न जाने छ । यद्यपी निगमले भने अहिले ५० रुपैयाँ मात्रै घटाएको छ ।



from Nepal123.com - प्रचण्ड सरकारको उपहारः भोलीदेखि एलपी ग्यासको मूल्य ५० रुपैयाँ घट्ने

No comments:

Post a Comment