Tuesday, January 12, 2016
झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा लगे आन्दोलन गर्छुः गच्छदार
फाइल तस्वीर २९ पुस, काठमाडौं । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा लगे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले पर्सादेखि झापासम्मको प्रदेश बनाउने मागलाई अतिवादी माग भनेका छन् । झापा, मोरङ र सुनसरीको छुट्टै प्रदेश बनाउन सकिने भन्दै उनले भने, .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नाकाबन्दी नखुलाए सरकार असफल : एमाले सचेतक घर्ती
२९ पुस, घोराही । नेकपा एमालेका सचेतक गोकुल घर्तीले नाकाबन्दी खुलाएर जनतालाई राहत दिन सकेमात्रै वर्तमान सरकार सफल भएको मानिने बताएका छन् । उनले सरकारको हालसम्मको कामकारवाही सन्तोषजनक नभएको समेत बताए । प्रेस चौतारी दाङले बुधबार आयोजना गरेको साक्षात्कारमा घर्तीले भने, ‘नाकाबन्दी खुलाउन सकेमात्रै सरकारको सफलताको मूल्यांकन हुनेछ । देखिने गरी अरु काम भएको छैन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आकाशबाट आचीको डल्लो खस्दा महिला घाइते !
चराको आची माथिबाट खसेर शरीरमा लाग्यो भने नेपालीहरु अशुभ मान्छन् । तर, भारत लगायतका विभिन्न देशमा यसलाई शुभ मानिन्छ । अनि, मान्छेको आची खस्यो भने शुभ हुन्छ कि अशुभ ? यसको परिकल्पना भने कतै पनि गरिएको छैन । किनभने मानव मल आकाशबाट खस्दैन । तर, भारतमा हालै एक महिला आकाशबाट खसेको मानव मलको ढिक्को लागेर .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पाकिस्तानमा पोलियो खोप केन्द्र नजिक विष्फोट, १४ को मृत्यु
पाकिस्तानमा सुरक्षा घेरामा पोलियो थोपा खुवाइँदै । तस्वीर : एएफपी २९ पुस, काठमाडौं । पोलियो खोप केन्द्रलाई लक्षित गर्दै पाकिस्तानको क्वेटा शहरमा गराइएको बम विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा अधिकांश सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने खोप केन्द्रको सुरक्षार्थ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
न्यानो कपडा पाएपछि भूकम्प पीडित बालबालिका दङ्ग (फोटो फिचर)
ट्याग नेपालले बाँड्यो ९ बोरा कपडा २९ पुस, काठमाडौं । भूकम्प गएको साढे ९ महिना वितिसकेको छ । तर, सरकारी बेवास्ताका कारण अझै पनि चिसोमा बस्न बाध्य छन्, भूकम्प पीडित । वर्षातमा रुझेर बसेका पीडितहरु अहिले चिसोमा काँपेर बसिरहेका छन् । पुसको चिसोमा काँपेर बसिरहेका सिन्धुपाल्चोकका भूकम्प पीडितलाई ट्याग नेपालले न्यानो कपडा वितरण गरेको छ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
साउदी गएको दुई हप्तामै नेपाली युवकको मृत्यु
२९ पुस, काठमाडौं । नेपालबाट पैसा कमाउन भनेर साउदी अरब गएको दुई हप्तामै एक नेपाली युवकको मृत्यु भएको छ । कोटा-१ तनहुँ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको साउदी अरबमा मृत्यु भएको हो । उनी मिलिनियम म्यानपावर काठमाडौंबाट यही पुस ११ गते साउदी गएका थिए । काम गर्दागर्दै यही पुस २४ गते उनको मृत्यु भएको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पूर्वाञ्चलमा इन्धन आपूर्ति सहज, मौजदात पनि बढ्यो
२९ पुस, विराटनर । इन्धन आपूर्ति सहज बन्दै गएपछि पूर्वाञ्चलमा इन्धन वितरण बढाएको छ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले भारतबाट आयातमा सुधार भएको भन्दै दैनिक ४ लाख लिटर डिजल वितरण गर्न थालेको हो । पूर्वाञ्चलका कोशी र सगरमाथा अञ्चलका ११ जिल्लामा दैनिक ५ लाख लिटर डिजलको माग रहेकोमा निगमले २ लाख ५० .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यसरी गरियो जलविद्युत विकास कम्पनीको सेयर बाँडफाड
२९ पुस, काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सेयर बाँडफाँड गरेको छ । बाँडफाँड अनुसार १०० कित्ता भर्नेले १० कित्ता र ५०० कित्ता भर्नेले ५६ कित्ता सेयर पाएका छन् । कम्पनीको सेयरका लागि ५० देखि ८० कित्ता सेयरका लागि आवेदन दिने आवेदकले १० कित्ता पाएका छन् । त्यसैगरी, ९० देखि .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
युट्युबले सुरु गर्यो नेपाल संस्करण
काठमाण्डौ । युट्युवले नेपाली दर्शकलाई लक्षित गरी नेपाल संस्करण सुरु गरेको छ । नेपाली दर्शकलाई मात्र लक्षित गर्दै आएको यो नेपाली संस्करणमा अब नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु हेर्न सकिनेछ । युट्युवले मंगलबारदेखि नेपाली संस्करण सुरु गरेको । अब तपाइँले नेपालबाट युट्युव खोल्दा युट्युवको लोगोको छेउँमा सानो अक्षरमा एनपी लेखेको देख्न सक्नुहुन्छ । युट्युव सेवालाई स्थानीयकरण .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अमेरिकामा पुस्तक लेखेर पढाई खर्च जुटाउने युवा थपलिया
न्युयोर्क । अमेरिकामा पुस्तक लेखेर बाच्न सकिन्छ भन्नेहरुका लागि अहिले नेपाली मूलका अमेरिकी लेखक राजन थपलिया उदाहरण बनेका छन् । २७ बर्षीय नेपाली युवाको अमेरिकाका प्रख्यात प्रकाशन गृहले एक दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । न्युयोर्क निवासी थपलिया मेडिकल साइन्सका विद्यार्थी हुन् । अमेरिकामा यो विषय अध्ययन निकै महंगो छ । समान्य खर्चले पढाई धान्न .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बसको ढोकाबाट खसेर एकजनाको मृत्यु
गुडिरहेको बसको ढोकावाट खसेर घाइते भएका एकजनाको मृत्यु भएको छ । बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका रोल्पा कोर्चाबाङ–३ का १७ वर्षीय गोबिन्द पुनको राप्ती उप–क्षेत्रीय अस्पताल घोराही दाङमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए। दाङको घोराहीबाट रोल्पाको घर्तीगाउँतर्फ जाँदै गरेको ना.३ ख ३८८४ नम्बरको बसमा सवार पुन हिजो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एउटै कार्यक्रम, तर बोलेनन् राजेश र भूवन
नायकद्धय राजेश हमाल र भूवन केसीविच शितयुद्ध देखिएको छ । दुई चर्चित नायक एउटै कार्यक्रममा पुग्दा पनि एकअर्काबाट टाढा रहने कोशिशमा देखिएका छन् । मंगलबार बेलुकी सोल्टी होटलमा आयोजना भएको एक कार्यक्रममा पुगेका राजेश र भूवनले एक अर्काबाट टाढा रहने कोशिश गरे । कार्यक्रममा पुगेका सबैजसो कलाकारसँग दुई कलाकारले निकटता देखाए । तर, भूवन र .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारत किन जाँदैछन् पूर्व राष्ट्रपति यादव ?
२९ पुस, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत भ्रमणमा जाँदैछन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा झण्डै ८ वर्ष लामो कार्यकाल सकाएपछि यादव पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । यादव ब्रहृमकुमारी राजयोगका निम्तोमा राजस्थान जान लागेको उनी निकट स्रोतले जनाएको छ । त्यहाँ प्रजापिता ब्रहृम कुमारी ऐश्वर्य विश्वविद्यालयको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आयल निगमद्वारा निलम्बनमा परेका कर्मचारीहरु पनि पुरस्कृत
पुस २९, २०७२- वर्षमा आधाभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका करिब दर्जनसहित नेपाल आयल निगमले ८० कर्मचारीलाई पुरस्कृत गरेको छ । निगमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आइतबार एक वर्षभन्दा बढी समय निलम्बनमा परेकादेखि वर्षैभरि ‘काम गर्ने’ समेत गरी करिब २० प्रतिशत कर्मचारीलाई पुरस्कृत गरेको हो । निगममा करिब ५ सय कर्मचारी छन् । पुरस्कृत हुने .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मलाई उपप्रधानमन्त्रीको कुर्सी कोक्याइरहेको छ’— चित्रबहादुर केसी
तस्विर: लक्ष्मीप्रसाद ङाखुसी – रामबहादुर रावल प्रतिपक्षको कुर्सीबाट ग्रामीण लबजमा सरकारप्रति कटाक्ष गर्ने शैलीका कारण चर्चित छन्, चित्रबहादुर केसी । उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री केसीसँग पहिलोपल्ट सरकारमा पुग्दाको अनुभव र समसामयिक राजनीतिबारे नेपालले गरेको संवाद : आफैँ सम्मिलित सरकारका सय दिनलाई कसरी मूल्यांकन गर्नुभएको छ ? भुइँचालोका कारण अत्यन्त कष्ट बेहोरिरहेका नेपाली जनतालाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सत्या र हिसिलाले निम्त्याएको यो संकट
काठमाडौं–नयाँ शक्ति विस्तारका क्रममा बाबुरामपत्नी हिसिला यमीले दुबई भ्रमण गरेलगत्तै गृहमन्त्री शक्ति बस्नेतकी पत्नी सत्या पहाडीसमेत एक हुल पत्रकार बोकेर त्यही ठाउँ पुगेकी छन् । अचेल यी दुवैको दलीइ संबद्वता भिन्नै भएपनि यसपटकको युएई भ्रमणचाहिँ बराबरी विवादमा छ । अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीप्राप्त हिसिला अंग्रेजी नयाँ वर्ष मनाई स्वदेश फर्कंदा केही वर्ष जापानमा बसेका अछामे युवा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ह्याकरलाई ३ सय ३४ वर्षको जेल सजायँ
धेरै मानिस सय वर्ष नपुग्दै मर्छन् । त्यसैले बालिग मानिसलाई कुनै गम्भीर अपराधमा आजिवन जेल सजाय तोकेपनि ऊ बढिमा ८०-९० वर्ष जेलमा बस्ला । त्यसपछि त उसको प्राणन्त भैहाल्छ । तर आखिर अदालती फैसला न हो, एक सय वर्ष पनि नबाँच्ने मानिसलाई ३-४ सय वर्षको जेल सजाय तोक्न न्यायाधीशहरु पछि पर्दैनन् । आखिर कानूनले त्यस्तै .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अजित डोभलः सिक्किमको बिलयदेखि नेपालको नाकाबन्दीदेखि
मोदीका दाहिने हात अजित डोभलको इतिहास नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीका एक योजनाकार मानिन्छन् भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल । दुई देशबीच पछिल्लो समय उत्पन्न तिक्तताको केन्द्र भागमा उनी रहेको विश्वास गरिन्छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री लगायतका नेताहरु उनै डोभलसँग कुरा गरेर मोदीको मनोविज्ञान बुझिरेका हुन्छन् । भारतीय जासुसी संस्था रअ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रुपन्देहीमा पेस्तोल देखाएर बैंकको रकम लुट्ने गिरोह पक्राउ
सलमान खान २९ पुस, भैरहवा । रुपन्देहीमा पेस्तोल देखाएर रकम लुट्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । करिब डेढ महिनाको लामो अनुसन्धान र खोजतलास पछि रुपन्देही प्रहरीले गिरोहलाई पक्राउ गरेको हो । गत मंसिर ११ गते रुपन्देहीको सिद्धार्थनगर नपा १३ मा रहेको डिप्रोक्स लघुवित विकास बैंकको कर्मचारी बासुदेव भट्राईले बैंकको विभिन्न गाउँ रहेको समुहबाट १ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वनमन्त्री सापकोटा चीन भ्रमणमा, एमाले नेता नेपाल कोरियामा
२९ पुस, काठमाडौं । वन तथा भू संरक्षण मन्त्री अग्निप्रसाद सापकोटा चीनको वन मन्त्रालयको नियन्त्रणामा चीन पुगेका छन् । थाई एयरबाट सोमबार साँझ बेइजिङ पुगेका सापकोटा बुधबार बैइजिङमा चीनका वनमन्त्री झाङ जिनलोङसँग भेटवार्ता गर्ने कार्यक्र तय भएको छ । भेटमा नेपाल र चीनको वन मन्त्रालयबीच ‘वन तथा जैविक विविधता संरक्षण क्षेत्रमा पारस्परिक सहयोग’ सम्बन्धी सम्झौतामा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सातौ हिमालयन गोल्डकप फुटबल फागुन पहिलो साता हुने
सलमान खान २९ पुस, भैरहवा । भैरहवामा सञ्चालन हुने सातौ हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ । आयोजक हिमालय सामुदायिक बिकास केन्द्रले मंगलबार भैरहवामा पत्रकार सम्मेलन मार्फत गोल्डकप फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो । अगामी फागुन ८ गतेबाट २४ गते सम्म रुद्रपुर ५ बनकसियास्थित हिमालय निमाबिको खेल मैदानमा सञ्चालन हुने .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
परस्त्रीसँग नाम जोडिएर समाचार आउँदा … !
कलाकारसँग श्रीमतीका कुरा काठमाडाैं । कलाकार नै उस्ता या त हल्लै बेसी, कलाकारितामा लाग्ने अधिकांशको नाम विपरीत लिंगीसँगको सम्बन्धका कारण ‘गसिप’ बन्ने गर्छ । चर्चा कुनै सत्य होलान्, त कुनै हल्ला मात्रै । कतिपय कलाकार यस्ता ‘गसिप’का कारण पीडित हुनुपरेको गुनासो पनि पोख्छन् । मुख्यत: विवाह गरिसकेका कलाकारको जीवनमा परपुरुष या परस्त्रीसँग सम्बन्ध जोडिएर आएका ‘गसिप’ले .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
महिलाले यसकारण पिउनुहुँदैन रक्सी
काठमाडौं । हामी सबैलाई थाहा छ, रक्सी तथा चुरोटको सेवन शरीरको लागि अत्यधिक हानिकारक छ । तर पनि हामीमध्ये धेरैले रक्सी र चुरोट सेवन गर्दछौं । तर हालसालै गरिएको एक नयाँ अध्ययनकाअनुसार रक्सी सेवन पुरुषभन्दा महिलाका लागि बढी हानिकारक हुने तथ्य बाहिर आएको छ । अध्ययनका अनुसार रक्सीको अत्यधिक सेवनले महिलामा डिहाइड्रेसन हुने खतरा बढी .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
किरिया गरेको व्यक्ति जीवित भेटिएपछि गाउँले आश्चर्यमा
२८ पुस, मोरङ । गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आयो मानिसको आची धोइदिने स्मार्ट ट्वाइलेट
अब आफ्नो दिसा आफै धुनुपर्ने बाध्यता हट्ने भएको छ । सायद ट्वाइलेट पेपरको आवश्यकता अब पर्नेछैन । किनकी जापानले यस्तो ट्वाइलेट बनाएको छ जसले दिसा गर्ने मानिसको दिसा धोइदिन्छ । अनि ट्वाइलेट समेत आफै सफा हुन्छ । अमेरिकाको लस भेगासमा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो मा एउटा स्मार्ट पाइखानाले सबैको ध्यान खिचिरहेको छ । यो जापानी .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आयो मानिसको आची धोइदिने स्मार्ट ट्वाइलेट
अब आफ्नो दिसा आफै धुनुपर्ने बाध्यता हट्ने भएको छ । सायद ट्वाइलेट पेपरको आवश्यकता अब पर्नेछैन । किनकी जापानले यस्तो ट्वाइलेट बनाएको छ जसले दिसा गर्ने मानिसको दिसा धोइदिन्छ । अनि ट्वाइलेट समेत आफै सफा हुन्छ । अमेरिकाको लस भेगासमा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो मा एउटा स्मार्ट पाइखानाले सबैको ध्यान खिचिरहेको छ । यो जापानी .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अपराधीले बालिका बलात्कार गरिरह्यो, देख्ने महिलाले जे गरिन्, त्यो सुन्दा होस् उड्छ
उत्तराखण्ड, २८ पुस । भारतको उतराखण्डमा पछिल्लो केही दिनयता दुईवटा बलात्कारको घटना सार्वजनिक भयो । यी दुबै अलग-अलग घटनामा समनता भने एउटै थियो, दुबैको भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइयो । भिडयो कसले बनायो, त्यो सुन्दा भने तपाईंको होस् उड्छ । बलात्कारीले नाबालिकामाथि जगन्य अपराध गरिराख्दा प्रत्यक्षदर्शी महिला भने भिडियो खिच्न थालिन् । दुबै घटना .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अजिंगरलाई चुम्बन गर्दा युवतीको यो हालत (भिडियो सहित)
सर्पलाई दुध खुवाएर पालेपनि कुनैदिन त्यसले पाल्नेलाई नै डस्दछ भन्ने उखानै छ । अर्थात् यो घश्रने जन्तुको स्वभावै डस्ने हो । त्यसैले पनि यो खतरनाक जिव देख्दा बित्तिकै नतर्सने मानिस सायदै होलान् । तर यदि सर्प पाल्ने वा सर्प नचाउने सपेराले नचाउन वा चटक देखाउन ल्याएको सर्पले डस्दैन भनेर ग्यारेन्ट दियो भने चाहीँ डराइ डराइ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बलिउड कलाकारः जो गाउँछन् पनि
मुम्बई । फरहान अख्तर बलिउडका बहुप्रतिभाशाली कलाकार हुन् । निर्देशन, निर्माण, लेखन र अभिनयमा पोख्त फरहानले गायनमा समेत आफ्नो क्षमता देखाइसकेका छन् । अभिनयसँगै गायनमा पनि छाप छाडेका कलाकार भने अरु पनि थुप्रै छन् । यहाँ त्यस्तै कलाकारहरुको चर्चा गरिएको छः फरहान अख्तरः चलचित्र ‘वजीर’ मा फरहानले अमिताभ बच्चनका साथ अतरंगी यारी….बोलको गीत गाएका छन् .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालगञ्जमा मुश्लिम युवती जिस्काएपछि…
नेपालगञ्ज, २८ पुस । नेपालगञ्जमा मश्लीम समुदायकी युवती जिस्काएपछि हंगामा भएको छ । शम्शेरगंज–८ बाइनापुरमा जानमी खातुनलाई शम्शेरगंज–७ बस्ने दुखी लोनिया चमारले जिस्काएको बिषयलाई लिएर बादबिबाद हुँदा कुटपीट भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुटपिट गर्ने ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सो विवादमा दुवै पक्षले आ–आप्mना मानिसहरु बोलाई कुटपिट हुँदा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पुरुषले महिलामाथि किन गर्छन् अनैतिक क्रियाकलाप ?
दिनको शुभबिहानीको शुरुवातसँगै एफएम रेडियोमा समाचार सुन्यो, पत्रपत्रिका हेरेयो बारम्बार तिनै समाचार सुनिन्छन् त तिनै समाचार पत्रपत्रिकाको पहिलो पेजमै देखिन्छन् । कहिले पाचँ वर्षिया बालिकाको बलात्कार, कहिले सामुहिक बलात्कारपछि हत्या, कहिले आफ्नै घरमा काम गर्न बसेकी १४ वर्षिया बालिकाको बारम्बार बलात्कार, कहिले ५२ वर्षिया महिलाको बलात्कार, शिक्षकबाट विद्यार्थी छात्रा बलात्कृत जस्ता समाचाहरु अहिले निकै नै .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ, यस्तो छ मन्त्रालय फुटाउनुको कारण
काठमाडौँ, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउनुभएको छ । नेपालको संविधानमा २५ जनाभन्दा बढी सङ्ख्यामा मन्त्री राख्न नसकिने भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा आज महान्यायाधीवक्ताको कार्यालयमार्फत सर्वोच्चलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले वर्तमान आवश्यकताअनुसार नै .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
परराष्ट्रमन्त्री थापाले के-के विषयमा गराए अन्तर्राष्ट्रिय समूदायलाई ब्रिफिङ ?
सरकारले माग्यो अन्तर्राष्ट्रिय समूदायको साथ काठमाडौँ, २८ पुस । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले यहाँस्थित कूटनीतिक समुदायलाई नेपालको समसामयिक राजनीतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । उपप्रधानमन्त्री थापाले नेपालस्थित कूटनीतिक निकायका प्रमुखहरुलाई सरकारको विदेश नीतिका बारेमा जानकारी गराउँदै नयाँ संविधान भारी बहुमतका आधारमा संविधानसभाले पारित गरेको बताउनुभएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कञ्चनपुरमा प्रहरी र भारतीय समूहबीच भीडन्त, हतियारसहित एक पक्राउ
भीमदत्तनगर, २८ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० मा आज साँझ प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ । बेलौरी नगरपालिका–१० मा हतियारसहित आएका चार युवकलाई प्रहरी नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो । यसैगरी प्रहरीले एक भारतीय युवकलाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बलिउडले नपत्याए पनि हिन्दी चलचित्रमा यसरी छिरिन् मनिषा कोइराला !
बलिउड हस्तिहरु समाज र देशको बारेमा निकै ठूला-ठूला कुरा गर्छन् । तर बलिउडमा जति भेदभाव हुन्छ, त्यो भने कमैलाई थाहा होला । बलिउडमा खासगरी पाको उमेरका हिरोइनलाई रोजगार पाउन निकै मुस्किल छ । मनिषा कोइरालाको कहानी पढेर तपाईंले जानकारी लिन सक्नुहुन्छ, बलिउडमा के छ ? मनिषा कोइरालालाई एक समय बलिउडले रोजगार दिएको थिएन । फिल्ममा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मधेस आन्दोलनलाई जमिनदारको भन्नु ‘तिहुन’ खानेहरुको सोच !
नेपाली समाज र मार्क्सवादबारे आहूतिको विश्लेषण आहूति नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले नयाँ जनवाद वा मार्क्सवाद, समाजवादको बारेमा भइरहेको बहसमा प्रवृत्तिगत र मोटामोटीरुपमा सबै कुरा प्रकट भइसकेको छ । मार्क्सवादले मानिसलाई यन्त्रवतरुपमा सोच्यो । मनसहितको मान्छेलाई यसरी सोच्न मिल्छ भन्ने प्रश्न पनि उठेको छ । यसलाई मार्क्सवादी ढंगले नै जवाफ दिनुछ । किनकी मार्क्सवादले भनेको छ, ‘पुँजीवादीहरु .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यी हुन् ति औषधि जसले प्रधानमन्त्री ओलीलाई उत्तेजित बनाउँछ !
लागुऔषधभन्दा कडा औषधी खान्छन् ओली काठमाडौं, २८ पुस । एमाले अध्यक्षमा निर्वाचित हुनुभन्दा केहिदिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले सुझाएका थिए, ‘तपाईं रोगी हुनुहुन्छ, जुन औषधि खाइरहनु भएको छ, त्यसले राम्रो परिणाम दिँदैन । आफ्नो नजिकको समर्थकलाई अध्यक्षमा उठाउनुहोस् ।’ तर दिक्षितको सुझाव ओलीलाई उटपट्याङ लाग्यो । प्रतिकुल स्वास्थ्यको बाबजुद् तत्कालीन वरिष्ठ नेता .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पुल्चोकबाट खतरनाक हतियार सहित एकजना पक्राउ
पुस २८- जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार अवैध हतियार सहित पक्राउ परेको एक जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।दुई थान कटुवा पेस्तोल र चार राउण्ड गोली सहित मंगलबार राती नारायणगढ पुल्चोकबाट पक्राउ परेका साबिकको भण्डारा गाविसका राम सेढाईलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरिक्षक नारायण बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एमाले भातृ संगठनमा चुनावी रन्को,कस्को पक्षमा कस्तो परिणाम ?
काठमाडौं, २८ पुस । एमालेभित्र जिल्ला अधिवेशनमा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्ला तीन जिल्ला अधिवेशन मकवानपुर, काभ्रे, रसुवामा संस्थापन पक्ष केही कमजोर देखिएपछि एमाले वरिष्ठ नेता माधव नेपाल पक्ष जनवर्गीय संगठनका माघ, फागुन र चैतमा हुने महाधिवेशनको परिणाम आफ्नो पक्षमा आउने हिसाबकिताब गर्न थालेको छ । एमालेका जनवर्गीय .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
स्थानीय निकाय निर्वाचनको मिति चाँडै तोकिने उपप्रधानमन्त्री थापाको भनाई
पौष २८, काठमाडौं । उपप्रधान तथा स्थानीय बिकास मन्त्री कमल थापाले स्थानीय निकाय निर्वाचनको मिति चाँडै तोकिने बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको २७ औं नगरपरिषदको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले त्यसका लागि छलफल जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनको मिति चाँडै तोक्न राजनीतिक दलहरुसँग परामर्श थालिसकिएको छ ।’ निर्वाचन आयोगका प्रतिनिधिसँग गत साता .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पेन्सन पाउने पदमा परामर्शबिना नियुक्ति नगर : लोकसेवा
पुस २८, २०७२- लोकसेवा आयोगले सबै सरकारी निकायहरूलाई राज्यको ढुकुटीबाट पेन्सन पाउने कुनै पनि पदमा स्थायी नियुक्ति गर्दा लोकसेवाको परामर्श अनिवार्य रूपमा लिनुपर्ने जनाएको छ । परामर्श नलिए नियुक्ति प्रक्रिया नै खारेज गरिदिने चेतावनी पनि आयोगले दिएको छ । नयाँ संविधानको धारा २४३ को उपधारा (५) मा ‘नेपाल सरकारबाट निवृत्तिभरण (पेन्सन) पाउने पदमा लोकसेवा आयोगको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राष्ट्रघात हुने माग पूरा हुनै सक्दैनः उपप्रधानमन्त्री रावल
२८ पुस, नेपालगञ्ज। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले संविधानले अधिकार दिएन भन्नेहरु नेपाली जनताका हितैषी हुन नसक्ने बताएका छन् । एमाले भेरी–कर्णाली अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “आफुलाई मधेसका मसीहा र नेता भन्नेले संविधानप्रति जनतामा भ्रम छरेका छन्, मुलुकलाई द्वन्द्वको दिशामा लाने प्रपन्च गरेका छन् ।” नले जातीयताका आधारमा प्रदेश निर्माण गर्नुपर्छ, आत्मनिर्णयको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ राजनीतिक निर्णयमा अदालत प्रवेश गर्न मिल्दैन
पुस २८, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन व्यवस्था अनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको लिखित जवाफ सर्वोच्च अदालतलाई पठाउनुभएको छ । नेपालको संविधानमा २५ जनाभन्दा बढी मन्त्री राख्न नसकिने दावीसहित अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइपछि सर्वोच्चले सोधेको कारणवारे प्रतिउत्तर दिदै प्रधानमन्धी ओलीले आवश्यकता अनुसार मन्त्रालय थपघट गरिएको जवाफ दिनुभएको हो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
श्रीलंका जान लागेका पाँच युवती पक्राउ
पुस २८, २०७२- प्रहरीले अवैध रूपमा श्रीलंका जान लागेका पाँच युवतीसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सबाट भारतको नयाँदिल्ली हुँदै श्रीलंका जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल अध्यागमनको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले नागरिकता देखाएर भारत जान लागेका ती युवतीमाथि शंका लागी खोजतलास गर्दा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
काठमाडौंमा प्रत्येक वडामा बगैंचा
पुस २८, २०७२- काठमाडौं महानगरपालिकाले सहरी हरियाली प्रबर्द्धन गर्न ‘एक वडा एक बगैंचा’ कार्यक्रमा सार्वजनिक गरेको छ । महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले २७ औं नगरपरिषदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विनाशकारी भूकम्पपछि खुला ठाउँको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै प्रत्येक वडामा उद्यान निर्माण गरिने बताए । ‘एक वडा एक पूर्वाधार’ कार्यक्रम गर्न १ करोड .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नयाँ मन्त्रालयका लागि करिब ३ सय कर्मचारी थपिँदै
सामान्य प्रशासनमा कर्मचारी थप्ने प्रस्ताव तयार २८ पुस, काठमाडौं । फुटाएर बनाइएका नयाँ मन्त्रालयका लागि करिब ३ सय कर्मचारीहरुको दरबन्दी टुंगो लागेको छ । सामान्य प्रशासन मन्त्रालयले तयार पारेको नयाँ कर्मचारी दरबन्दीको प्रस्ताव क्याबिनेटमा पेश गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा भागबन्डा पुर्याउन पाँच मन्त्रालय फुटाएर नयाँ चार मन्त्रालय बनाइएको थियो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सर्वोच्चले अख्तियार आयुक्तको फाइल मगायो
पौष २८, काठमाडौं । सर्वोच्च अदालतले दोहोरो सुबिधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री गुरुङसंग सम्बन्धित फाइल मगाएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले आज गुरुङसंग सम्बन्धित फाइल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । आयोगका आयुक्त गुरुङले त्रिभुवन विश्वविद्यालय अन्तगर्तको रत्नराज्य लक्ष्मी क्याम्पसको सहप्राध्यापकबाट पनि सुविधा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ड्रिम्सको ट्रेलर नै हिटः Youtubeमा एक दिनमै सवा लाख views
भुवन केसीका सुपुत्र अनमोल केसीको स्टारडम ‘ड्रिम्स’ को ट्रेलरबाटै देखिएको छ । यूट्यूवमा अपलोड गरिएको २४ घन्टामै सवा लाख भन्दा बढिले ट्रेृलर हेरेका छन् । आउँदो २१ फागुनमा रिलिज हुने फिल्मका लागि यो उत्साहको खबर हो । छोरालाई नायक बनाएर भुवन केसीले निर्देशनमा गरेको डेब्यू फलिफाप हुने संकेत ट्रेलरको लोकप्रियताले देखाएको छ । पछिल्लो समय .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Nepal fails to maintain friendly relations with India: Chand
Banepa, Jan 12: Chairman of the Rastriya Prajatantra Party and former Prime Minister Lokendra Bahadur Chand has said that the existing problem has surfaced for lack of understanding. At a regional training organised by the RPP at Dhulikhel today, RPP Chair Chand accused the country for its failure to maintain the friendly relations with India. .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
National gathering of women entrepreneurs concludes
Ratnanagar (Chitwan), Jan 12: The three-day national gathering of women entrepreneurs held in Chitwan district concluded today stressing on the need of economically strengthening the women. The gathering drew the conclusion that women entrepreneurship should be developed in villages and cities. President of Federation of Women Entrepreneurs, Rita Bhandari, said that the gathering drew the .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
८ महिनाअघि किरिया गरेको व्यक्ति घर फर्किएपछि सबै चकित
घरमा नराख्न परिवारलाई गाउँलेको दबाब आमा मनमायासँग प्रहरी चाैकी पथरीमा भूपाल । पथरी (मोरङ), २८ पुस । गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अर्का मोस्ट वान्टेड गुण्डा नाइके अभिषेक रंगेहात पक्राउ
भारत र मधेसबाट व्यापारी धम्क्याउँदै असुली काठमाडौं, २८ पुस । प्रहरीले समाजबाट गुण्डागर्दी निमिट्यान्न पार्न विशेष अप्रेशन चलाएर धमाधम गुण्डा नाइके समातिरहेको बेला अर्का मोस्ट वान्टेड गुण्डा नाइके अभिषेक सुनार पनि पक्राउ परेका छन् । जग्गा कारोबारीलाई डरत्रास देखाएर जबर्जस्ती पैसा असुली र सिधैं सांघातिक आक्रमण गर्ने कास्कीको लेखनाथ-१ पटनेरीका अभिषेकलाई प्रहरीले सोमबार पक्राउ गर्न .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
श्रीमान् नभएका महिलालाई नियन्त्रण गर्न विधवा प्रथा बनाइएको हो : लिली थापा
मानव अधिकारका लागि महिला, एकल महिला समूहका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी लिली थापा भन्छिन्– समाजले विधवा महिलालाई नियन्त्रण गर्न अनेक विधि र प्रथा तयार गरेको छ । त्यसैले आज पनि लाखौँ दिदीबहिनी यो कुरीतिको मारमा छन् । महिला खबर डटकमका लागि अरुणा रायमाझीसँग कुरा गर्दै थापा भन्छिन्, ‘अब उनीहरू घरबाहिर निस्कन थालेका छन्, किनकि अहिले .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पुनःसीमांकन गर्ने भए ५ प्रदेश बनाऔं : खनाल
‘संविधान कार्यान्वयन गरे मधेसको समस्या समाधान’ सन्देश श्रेष्ठ २८ पुस, पोखरा । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले ५ प्रदेश बनाउन आफूले पहल गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘५ प्रदेश बनाउनुपर्छ भन्नेमा म दृढ छु । तर, मैले मात्र भनेर नहुने हुँदा ७ प्रदेश स्वीकारेको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
घरघरमा पाइपबाट ग्यास पुर्याउँछु भन्दा जिब्रो कता छ तेरो भन्न थालेः प्रधानमन्त्री
‘देशलाई धनी बनाएरै छाड्छु’ २८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाट ग्यास पुर्याउँछु भन्दा आफ्नो मजाक उडाइएको भन्दै गुनासो पोखेका छन् । राजधानीमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं साधारणसभालाई सम्बोधन गर्दै ओलीले भने-अबको जमाना भनेको काँधमा ग्यास सिलिण्डर बोकेर हिँड्ने होइन, चुला-चुलामा पाइप पुर्याउने हो, त्यो व्यवस्था गर्छु भनेको, बाहिर निस्किएपछि .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
घरघरमा सोलार, सबै गाविसमा मोटरबाटोः उपप्रधानमन्त्री थापा
२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरु पनि महत्वकांक्षी घोषणा गर्न थालेका छन् । महत्वकांक्षी घोषणालाई लिएर प्रधानमन्त्री ओली समाजिक सञ्जालमा मजाक उडाइरहेका बेला उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले पनि त्यस्तै घोषणा गरेका छन् । उनले अबको २ वर्षभित्र सबै गाउँ विकास समिति (गाविस)मा मोटरबाटो पुर्याइने दाबी गरेका छन् । काठमाडौं महनगरपालिको २७ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पृथकतावादी शक्तिले देश टुक्राउन खोजे : प्रधानमन्त्री
२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पृथकतावादी शक्तिले मुलुक टुक्राउने षडयन्त्र गरेको आरोप लगाएका छन् । मुलुक टुक्राउने षडयन्त्र कुनै पनि हालतमा सैहय नहुने भन्दै उनले पृथकतावादीलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्रज्ञा सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय एकता टुक्राउने तागत कसैको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
महोत्तरीबाट अपहरित बालकको शव भेटियो
२८ पुस, महोत्तरी । महोत्तरीको भटौलिया गाविस–२ बाट शनिबार राति अपहरणमा परेका एक आठ वर्षीय बालकको गएराति शव फेला परेको छ । भटौलिया– २ बस्ने रवीन्द्र महासेठका छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला–७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव गएराति १२ बजे प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
इस्तानबुलमा शक्तिशाली विस्फोट, कम्तिमा १० को मृत्यु
२८ पुस, काठमाडौं । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी कम्तिमा १० जनाको मृृत्यु भएको पुष्टि भएको छ । विस्फोट ऐतिहासिक रुपमा महत्वपूर्ण पर्यटन केन्द्र सुल्तानअहमतमा भएको अधिकारीहरुले बताएका छन् । विस्फोट कसले गराएको भन्ने खुलेको छैन । तर, केही स्थानीयले भने आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका छन् । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
त्रिभुवन विमानस्थलबाट चरेससहित एक विदेशी पक्राउ
२८ पुस, काठमाडौं । काठमाडौंबाट जेनेभा हुँदै दोहा जान लागेका एक इजरायली नागरिकलाई प्रहरीले अवैध लागुऔषधसहित चरेशसहित पक्राउ गरेको छ । राहदानी नम्बर २२३१७१५२ बाहक इजरायली नागरिक ५९ वर्षीय नोअम इनबारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनको साथबाट ४८० ग्राम चरेश बरामद भएको छ । उनले नोटबुकको कभरभित्र राखी कम्मरमा लुकाई छिपाई चरेश लैजान .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सडकबाट : अभिभावकको चिन्ता– ग्यास छैन, बच्चालाई चाउचाउ मात्रै खुवाउँदा बिरामी पर्न थाले
शिशिर बुढाथोकी, अभिभावक, बल्खुटोल काठमाडौं बस्न थालेको झन्डै पाँच वर्ष भयो । यहीँ जागिर गर्छु, परिवार पनि यहीँ छ । बिहान १० बजेबाट बच्चाको स्कुल लाग्छ । साढे ९ बजे नै बच्चालाई स्कुलभित्र छिराइसक्नुपर्ने स्कुलको नियम छ । अहिले नाकाबन्दीले गर्दा पेट्रोल नपाएर मोटरसाइकल चलाउन पाएको छैन । कहिले बस पाइँदैन । डेरादेखि स्कुल पुग्न .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
म हावादारी बोलेको होइन,भनेको कुरा पुरा गरेरै छोड्छुः प्रधानमन्त्री
काठमाण्डौ,पुस २८- प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र घरघरमा पाइपलाइनमार्फत ग्याँस दिने आफ्नो प्रतिबद्धता हावादारी नभएको भन्दै जतिसुकै आलोचना खेपेर भएपनि प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए। नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्राज्ञ सभाको उद्घाटनका लागि मंगलबार प्रज्ञा भवन पुगेका प्रधानमन्त्री ओलीले आफू काम गर्ने बानी नपरेका र परम्परावादी मानसिकता भएकाहरुको आलोचनाबाट .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मुम्बईमा किशोरीको मृत्युपछि प्रहरीले भन्यो ‘नो सेल्फी’
पुस २८, २०७२- मुम्बईको विभिन्न १५ स्थानलाई स्थानीय प्रहरीले सेल्फी लिनको लागि खतरनाक स्थानको सूचीमा राखेको छ । सेल्फी लिने क्रममा एक किशोरीको गत हप्ता मृत्यु भएपछि प्रहरीले यस्तो उपाय अपनाएको हो । प्रहरीले पर्यटकीय केन्द्र मरिन ड्राइभ र गिरगाउँ चाउपाटी समुद्री तटसहित १५ स्थानलाई सेल्फी लिनको लागि खतरनाक स्थलको सूचीमा राखेको हो । गत .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ओलीको आक्रोश : समृद्ध नेपालको योजना सुनाउँदा हावादारी भनेर उडाउने ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आधुनिक नेपालका योजना र सपना बताउँदा पनि संचारमाध्यमले त्यसलाई गलत रुपमा तोडमोड गरेर उडाएको आक्रोश पोखेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्राज्ञसभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले समृद्ध नेपालको योजना बुन्न र सपना देख्न पनि नपाउने ? जे कुरा गरे पनि उडाउने ? तर जति .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कक्षा ३, विद्यार्थी २
बागलुङको धम्जा–३ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत आशिका आले र पुनम भण्डारीलाई पढाउँदै शिक्षिका कमला कार्की भण्डारी । तस्विर : रामबहादुर थापा/रासस.... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नाकाबन्दीले २२ सय उद्योग बन्द, ४ लाख बेरोजगार
अर्थमन्त्री भन्छन्- धैर्य गर्नुस् २८ पुस, काठमाडौं । भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाले गरेको आन्दोलनका कारण २२ सय उद्योगहरु बन्द भएको व्यवसायीले बताएका छन् । उद्योगहरु बन्द हुँदा ४ लाख बढी कामदारहरु बेरोजगार भएका छन् । उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उद्योगी सौरभ ज्योतीले यो तथ्य पेश गरेका हुन् । उद्योग वाणिज्य .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)