काठमाडौँः शिक्षा क्षेत्रमा अनियमितता गरेको र आर्थिक घोटाला समेत गरेको आरोपमा विप्लव माओवादीका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेका छन् ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका थिए । कालोमोसो दलेलगत्तै माओवादी कार्यकर्ताहरु भागेका थिए । प्रहरीले कालोमोसो दल्नेहरुको खोजीकार्य जारी राखेको छ ।
जिल्ला शिक्षा अधिकारी गौतमले कालोमोसे दल्नेहरुसँग प्रतिवाद गर्दा सामान्य घाइते समेत भएको बताइएको छ । घटना स्थलमा पर्चा छोडेर जिशिअ गौतमलाई शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment