काठमाडौँ : गत वैशाख ६ गते लहानस्थित विकास ट्रेडर्सबाट न्यू राज्यलक्ष्मी ज्वेलर्स राजविराजका कामदार मो नसिमले २० भरी (तोला) सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री बोकेर ल्याइरहेका थिए।
राजविराजको रुपनी मोडमा उनलाई सुनचाँदी अवैध रहेको भन्दै सिभिलमा रहेका प्रहरीले रोके। सुनचाँदी नियन्त्रणमा लिए।
उनीहरुले कसैलाई जानकारी नदिई आफैँ बाँडचुड गरे। अनियमितता गरेको आरोपमा कारबाही गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
राजविराजस्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सका लागि खरिद गरेर ल्याउँदै गरेको सुनचाँदी प्रोप्राइटर शत्रुघन साहको रहेको भन्दै सप्तरीका सुनचाँदी उद्योग व्यवसायी सङ्घका अध्यक्ष राजेशकुमार साहले पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिए।
अनुसन्धानपछि राजविराज पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी लुटी आ-आफूबीच बाँडचुँड गरेको आरोपमा सप्तरीका एक असईसहित दुई जना प्रहरीलाई कारबाही गरेको छ।
सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले बताए। साथै, सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले सुनचाँदी प्रकरणबारे छानबिन गर्दा प्रहरीद्वय चौधरी र झाले अनियमितता गरेको दोषी पाइएको र उनीहरु बारेमा अवश्यक छानबिन भइरहेको बताएको छ। रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment