एजेन्सी। आफ्नो आउन लागेको नयाँ एक्शन थ्रीलर चलचित्र ‘बागी’लाई लिएर बलिउड अभिनेता टाइगर श्रफ एकदमै उत्साहित देखिन्छन्। उनी आजभोली आफ्नी को-स्टार श्रद्धा कपूरका साथ चलचित्रको प्रमोशनमा व्यस्त छन्। यसैबीच हालै एक शुत्रबाट खबर आएको छ कि टाइगरले श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन्।
को हो ‘ली’?
वास्तवमा, ‘ली’ नागपूर राज्यमा पर्ने चिडियाखानाको ‘बाघ’ हो, जसलाई टाइगर श्रफले पालेका थिए। सन् २०१४ मा आफ्नो डेब्यू चलचित्र ‘हीरोपन्ती’को प्रमोशनको लागि उनी नागपूर गएका थिए। उनले त्यतिबेला त्यहाँको चिडियाघरलाई एउटा बाघको नवजात डमरुलाई आफ्नो नाममा पाल्न लगाएका थिए, जसको लागि सारा खर्च टाइगरले नै भरेका थिए।
टाइगरले आफ्नो टाइगरलाई मनपर्ने स्टार ‘ब्रूस ली’लाई समर्पीत गरेर ‘ली’ नाम दिएका छन्। उनी भन्छन् कि बच्चैदेखि नै ब्रूस ली उनलाई खुब मन पर्थ्यो। ब्रूस ली को एक्शन, कला अनि स्टाइलको फ्यान रहेका टाइगर पहिल्यै देखि नै ली जस्तै बन्न चाहन्थे।
श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन् टाइगर
‘बागी’मा दुवैजनाले शानदार एक्शन दृश्य दिएका छन्। चलचित्रको एउटा गानामा श्रद्धा आफैले आवाज दिएकी पनि छिन्। सुटिङ्गको क्रममा श्रद्धा र टाइगरको बीच एकदमै सामिप्यता बढेको चलचित्रटोलीहरू बताउँछन्। उनीहरूको बीच साझेदारी र समझदारी पनि विकास भएको उनीहरूको बुझाई रहेको छ। यहि समझदारीको कारण नै टाइगरले आफ्नो व्यक्तिगत जीवनमा श्रद्धालाई सामेल गराउन खोजेका हुन्।
तथापी, उनीहरू ‘ली’सँग भेट्न नागपूर कहिले जान्छन् भन्ने कुरा अझसम्म निर्णय हुन नसकेको रिपोर्टले जनाएको छ। टाइगरले यस खबरलाई स्वीकार गर्दै भने- “जान त जाने हो, तर कहिले भन्ने कुरा हो! तर हामी पूरा कोशिस गरिरहेका छौँ।”
टाइगर-श्रद्धाको यो बहुप्रतिक्षित रोमान्टिक-एक्शनले भरिएको ‘बागी’ यहि अप्रील २९ मा रिलिज हुँदैछ। चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका छन् भने साबिर खानले निर्देशन गरेका छन्।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment