पाँचथर : कृषि मन्त्रालय टुक्राएर बनाइएको पशुपक्षी विकास मन्त्रालयका मन्त्री शान्ता मानवीले मुलुकलाई एक वर्षमा अन्डा, दुई वर्षमा दूध र तीन वर्षमा मासुमा आत्मनिर्भर बनाउन सकिने बताएकी छिन्।
यसका लागि सरकारले पशुपालनको विकासमा दिगो कार्ययोजना बनाउन लागेको उनले बताइन्।
मन्त्री मानवीले पशुपालनको सम्भावना राम्रै भएको र उन्नत जातको नश्ल, पौस्टिक आहार र बजारीकरणको व्यवस्था गर्नसके पशुपालनबाट आत्मनिर्भरसँगै मुलुकको आर्थिक समृद्धि पनि हुने बताइन्।
मुलुकले नयाँ संविधान पाइसकेकाले अब समृद्धिका लागि सबै जुट्नुपर्नेमा उनले जोड दिइन्। रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment