कराँते खेलाडी सुस्मीता तामाङ पछिल्लो समयमा खेलकुद लगायत समाजसेवामा समर्पित व्यक्तिको नाम हो । उनले काठमाडौ लगायत देशका बिभिन्न स्थानमा रहेका बृद्धाश्रम एवम बालआश्रमका असहायहरुलाई सहायता गर्दै आएकी छिन् । त्यसअर्थमा उनको सामाजिक सेवाको कार्यहरु अनुकरणीय छन् । सुस्मीता अव सामाजिक सेवामा मात्र सिमीत रहिनन । आज बिहान उनले आफने खेलकुद कलाको भरपुर सदुपयोग गरेकी छिन् ।
घटना आज बिहान करिब ५ बजे तिरको हो । बिदेश जाने शिललिलामा काठमाडौ गेष्टहाउसमा आएर बसेका एक सर्वसाधारणको मोवाइल र केही रकम चोरेर भागेको लुटेरा समुहलाई पक्रिएर प्रहरीलाइ बुझाएर उनले अत्यन्तै साहशी काम गरेकी छिन् ।
अहिलेको स्थार्थी दुनियामा मानिसहरु आफ्नो फाइदा मात्र हेर्छन । तर, पनि सुस्मीताले एक जना पीडितलाई बचाएकी छिन् । यसलाई अनुकरणीय नै मान्नु पर्दछ । बिदेश जाने सिलसिलामा काठमाडौ आएर माछापोखरीस्थित एक गेष्टहाउसमा बसेको मानिसको लुटिएको मोबाइल सेट र रकम लुटेराबाट थुतेर पीडितलाई बुझाउन सफल भएकी छिन उनी । एका बिहानै सडकमा हिडीरहेका मान बहादुर तामाङको मोवाइल ३,४ जनाको समुहले लुटेर भागेको थियो ।
तर,मोबााइल लिएर सम्वन्धित ठाउमा पुग्नुअघि नै सुश्मिताले उनीहरुलाइ लखेटिन । लखेट्दा लखेट्दै उनले धादिङ घर बताउने राजु ढकाललाई गोंगवुसम्म पुगेर समाउन सफल भएकी छिन् । उनले उक्त लुटेरालाई प्रहरीको जिम्मा लगाइसकेकी छिन् । प्रहरीले लुटेराको साथबाट २ थान समासुङ मोबाइल र ७ हजार नगद बरामद गरेको छ । साथै प्रहरीले उक्त व्यक्तिसँग केरकार गरेर उसका अन्य साथिहरुको समेत खोजि गरिरहेको छ ।
लुटेरासँग भएको हाथापाईमा सुस्मीताको दायाँ हातमा चोट समेत लागेको उनले बताएकी छिन् । धादिङ बसेरी घरबताउने राजु ढकाल नाम गरेका लुटेराको तस्विर सहित घटना बिवरण सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सुश्मीता सबैको बधाईको पात्र बन्न पुगेकी छिन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment