काठमाडौं, १५ वैशाख । नेपाली सेनाले सैन्य जवानदेखि ड्राइभरसम्म ठूलो संख्यामा जागिर खोलेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै २ हजार २१४ पदमा खुला दरखास्त आह्वान गरेको हो । भर्ना छनौट निर्देशनालयलका अनुसार यी पदहरुमा दरखास्त दिन सामान्य लेखपढ, सीपमुलक तालिमदेखि कक्षा ८ पास गरेको हुनुपर्नेछ ।
जेठ १३ गतेभित्र दरखास्त बुझाईसक्नुपर्ने समयसीमा तोकेको सेनाले सैन्य जवान पदमा १५७५ जना माग गरेको छ ।
यस्तै, अमल्दार बन्दोबस्ती कार्य सिपाही, कुचिकार, ड्राइभर, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी, सयस लगायत पदमा पनि दरखास्त आव्हान गरिएको छ ।
हेर्नुस् सेनाद्धारा जारी गरिएको सूचनाः
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment