काठमाडौं, २२ चैत । विश्वकै गोपनियताका साथ काम गर्ने भनेर चिनिएको पानामाको कानुनी केन्द्र मोसाका फोनसेकाको १ करोड १० लाख वटा गोप्य कागजात लिक भएको छ । लिक भएका कागजात अनुसार विश्वका धनी तथा शक्तिशाली व्यक्तिले सम्पत्ति लुकाउनका लागि कर छली गर्ने गरेको खुलासा भएको छ ।
कम्पनीले ४० वर्षदेखि विना कुनै आरोप काम गर्दै आएको थियो । फोनसेकाको लिक भएको दस्तावेजले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सी जिन पिङसम्मको पोल खुलेको छ ।
विश्वका अन्य चर्चित नेता र खेलाडीसम्म सयौंको पनि गोप्य कारोवार बाहिर आएको छ ।
नेतादेखि कलाकार र खेलाडीसम्मले अर्बौं डलरको सम्पत्ति लुकाउन गरेको सौदाबाजीलाई ‘पानामा लिक’ मार्फत् पर्दाफास गरेको हो । यी दस्तावेजको जाँचमा सहभागी एक सयभन्दा बढी मिडिया समूहले इतिहासकै सबैभन्दा ठूलो जाँच अभियानलाई मूतरुप दिँदै विश्वका हजारौं सम्पत्तिवालाको पोल खोलेका हुन् ।
यो जाँचमा करिब १ सय ४० राजनीतिक हस्तीको सम्पत्तिसँग जोडिएको डरलाग्दो सौदाबाजीलाई उजागर गरेको छ । यसमा परेका राजनीतिक हस्तीमा १२ जना त वर्तमान राष्ट्रप्रमुख रहेका छन् ।
यती ठूलो संख्यामा सम्पत्तिमा भएको सौदाबाजीबारेको विवरण जर्मन अखबार सुडूसे जितुङ्ले एक अज्ञात स्रोतबाट प्राप्त गरेको हो । यो खोजलाई अन्तर्राष्ट्रिय खोजी पत्रकार संघ (आईसीआईजे)मार्फत् संसारभरका सञ्चारमाध्यममा सार्वजनिक गरिएको हो । चुहिएका दस्तावेज पानामाको विधि फर्म मोज्याक फोन्सेकाबाट आएका हुन् । यस फर्ममा विश्वका ३५ भन्दा बढी देशमा कार्यालय रहेका छन् ।
आईसीआईजेको जाँचमा विश्वचर्चित नेतामध्ये रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोग पनि तानिएका छन् । यो दस्तावेजमा पुटिनका सहयोगीले बैंक र छद्मभेषी कम्पनीमार्फत् दुई अर्ब डलर गोप्यरुपमा लुकाएको उल्लेख गरिएको छ ।
आईसीआईले जनाएअनुसार यी दस्तावेजमा चिनियाँ राष्ट्रपति सि जिङपिङका परिवारको विदेशी कम्पनीसँगपनि सम्बन्ध रहेको खुलासा भएको छ ।
अर्जेन्टिनाका विश्वचर्चित फुटबल खेलाडी मेस्सी र उनका पिताको पनामाकोक म्पनी मेगा स्टार इन्टरप्राइजेज इङ्कमा स्वामित्व रहेको खुलासा भएको छ ।
फ्रान्सटीभीइन्फोले फुटबल जगतबाट युइएफएका निलम्बित अध्यक्ष मिचेल प्लाटिनीलाई पनि पनामास्थित कर कम्पनीको लाभ लिएका व्यक्ति ठहर गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment