२२ चैत, काठमाडौं । पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइनेछ ।
आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेवाताल किनारमा चैत २८ देखि वैशाख दुई गतेसम्म महोत्सव गर्न लागिएको हो ।
‘आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको छ,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने ।
नेपालमा मुख्य शहरहरुमा अग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर महोत्सव गर्न लागिएको उनको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मूख्य आकर्षण हुन् ।
भूकम्प र नाकावन्दीले असर गरेको पर्यटनलाई उकास्न महोत्सवबाट सहयोग पुग्ने महोत्सवका संयोजक विकल तुलाचन बताउँछन् । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment