२२ चैत, काठमाडौं । नेपाली सेनाले घोडेजात्राको अवसर पारेर काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दै छ । भेला मंगलबारदेखि बिहीबारसम्म चल्नेछ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा हुने भेलामा नेपाली सेना कल्याणकारी बोर्डमा आवद्ध प्रतिनिधिहरुको उपस्थिति रहने छ ।
कल्याणकारी सम्बन्धी उच्चस्तरिय नीति तथा कार्यक्रमहरु भूतपूर्व हिताधिकारीहरु समक्ष जानकारी गराउन तथा कल्याणकारी कार्यक्रमहरुबारे छलफल गरी योजनाहरु परिमार्जित गर्ने उद्देश्यकासाथ भेला आयोजना गर्न लागिएको सैनिक जनसम्र्क निर्देशनालयले जनाएको छ ।
उक्त कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डको राष्ट्रिय सञ्जाल अन्तरगत प्रत्येक जिल्लाका भूतपूर्व सैनिक सम्पर्क र जिल्लाका युनिट सम्पर्क अधिकृतहरुका साथै ५ बिकास क्षेत्र र १४ अञ्चलका अवकाश प्राप्त रथी तथा अधिकृत प्रतिनिधिहरुको उपस्थिति रहने छ ।
यस किसिमको कार्यक्रमलेे भूतपूर्व सैनिकहरुलाई कल्याणकारी योजना निर्माणमा प्रत्यक्ष सहभागी गराउने र उनीहरुबाट प्राप्त उपयुक्त राय सुझावहरु लागू गरी समग्र बहालवाला र अवकाश प्राप्त सैनिकको कल्याणको लागि महत्वपूर्ण कदम चाल्न सक्षम हुने विश्वास नेपाली सेनाले लिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment