Monday, April 25, 2016

संविधानविरोधी कार्य गर्नेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

बुटवल :  गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान विरोधी कुनै पनि कार्यलाई रोक्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। सरकारको मुख्य कार्यभार नयाँ संविधान कार्यान्वन रहेको भन्दै उनले संविधानविरोधी कुनै पनि कार्य गर्नेलाई तत्काल पक्राउ गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

बुटवलमा साेमबार देखि सुरु भएको क्षेत्रीय विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले मधेसी मोर्चाले तराई मधेसमा फेरि गर्ने भनेको संविधान विरोधी कार्यलाई परिस्थिति हेरेर नियन्त्रण गर्न निर्देशन दिए। ‘संविधान बनेपछिको सुरक्षा अवस्थालाई विशेष ख्याल गनुपर्छ’, गृहमन्त्री बस्नेतले भने।
संविधान सहमति र सम्झौताको दस्तावेज भएको बताउँदै संविधानमा कसैको चित्त नबुझेको भए पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे। ‘आन्दोलन गरेर जनतालाई भड्काउने अहिलेको अवस्था होइन’, उनले भने, ‘संविधानको कार्यान्वयनको चरणमा जानु राज्य र सबैको राष्ट्रिय कार्यभार हो।’गृहमन्त्रीले आन्तरिक सुरक्षा नीति, सुरक्षा तर्जुमा गठन गरी विशेष सुरक्षा व्यवस्था अपनाइने उल्लेख गरे।

उक्त गोष्ठीमा लुम्बिनी अञ्चलका छ जिल्लासँगै चितवनका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ।

रासस

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment