Monday, April 25, 2016

एसएलसीमा ‘डी’भन्दा माथिको ‘ग्रेड’ ल्याउनेले मात्र ‘प्लस टु’ पढ्न पाउने

एसएलसी परीक्षामा सहभागी विद्यार्थीमध्ये ‘डी’ भन्दा माथिको ग्रेड प्राप्त गर्नेले मात्र ‘प्लस टु’ पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालय र उच्च माध्यमिक शिक्षा परिषदले यस बारेमा नयाँ निर्णय गरेको परिषदका सदस्य सचिव नारायण कोइरालाले जानकारी दिए ।

 यस वर्षको एसएलसी परीक्षाबाट लेटर ग्रेडिङ प्रणाली लागु भएपछि कुन ग्रेडसम्मका विद्यार्थीले प्लस टु पढ्न पाउने भन्ने विषयमा अन्योल थियो । नयाँ निर्णयसँगै अन्योल हटेको छ ।  ‘डी’ र सो भन्दा तल्लो ग्रेड ल्याउनेले ‘ग्रेड वृद्वि परीक्षा’मा सामेल हुन पाउने परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले जानकारी दिए ।
दुईवटा विषयमा डी र इ ग्रेड ल्याउने विद्यार्थीले सोही वर्षमा ‘ग्रेड वृद्वि परीक्षा’ दिन पाउने छन् । यस वर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५६ विद्यार्थी सहभागी भएका छन् ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment