Monday, April 25, 2016

पानीको हाहाकार परेको बेला भेटियो कुवा

महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको हाहाकार परेकै बेला बर्दिवासमा काम भइरहेको नयाँ खानेपानी आयोजनास्थलको मुहानमा पानी जरुवाको मूल भेटिएको छ । बर्दिवासको रातुपुलभन्दा दुई किमी माथि दुई महिना पहिले सुरु भएको नयाँ खानेपानी आयोजनाको मुहान खन्दा पानीको मूल फुटेकाले अब खानेपानीको अभाव नहुने भएकाले यहाँका बासिन्दा उत्साहित देखिएका हुन् । 
पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, बर्दिवास–जलेश्वर सडक र बर्दिवास–माईस्थान–गौशाला–सम्सी सडकको सङ्गम भएर व्यापारिक कारोबारको आकर्षण बढ्दै गएपछि यहाँ बढेको सहर विस्तारसँगै खानेपानीको आपूर्ति चुनौती बन्दै आएको थियो ।
खानेपानीको अभावबीच गत फागुनमा थालिएको नयाँ खानेपानी आयोजनास्थलमा पानीको राम्रो मुहान भेटिएपछि अब चाहिँ खानेपानीको अभाव नहुने बर्दिवास साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चूडामणि पोखरेलले बताउनुभयो । नयाँ आयोजनास्थलमा अपेक्षा गरेभन्दा निकै राम्रो मूल फुटेपछि बर्दिवासवासी उत्साहित भएका छन् । रासस

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment