काठमाडौं, १५ फागुन । काँग्रेस नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेकी छन् । रिपोटर्स नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरी कोइरालाले महिला नेतृत्व स्थापित गर्नका लागि आफूले उम्मेद्वारी घोषणा गरेको बताइन् ।
‘मैले बार्गेनिङका लागि उम्मेद्वारी दिएको होइन,’ कोइरालाले भनिन्, ‘म यसपटक पनि ब्याक भए काँग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’ देशभरीका कार्यकर्ताको समर्थन आफूलाई रहेकाले आफैँले जित्ने उनको दावी छ ।
साथै उनले कोइराला परिवारबाट आफूलाई पूर्ण समर्थन रहेको दावी गरिन् । सशांक र शेखर कोइराला दुबैले आफूलाई समर्थन गर्ने वचन दिएको उनको दावी छ ।
१२औं महाधिवेशनमा आफूले महामन्त्री पद त्याग गरेको भन्दै उनले सधैँ आफूलेमात्रै त्याग गर्नुपर्छ भन्ने नरहेको बताइन् ।
पार्टीमा बीपीदेखि गिरिजाप्रशाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै उनले आफूलाई पनि सिध्याउने षड्यन्त्र भइरहेको दावी गरिन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment