Wednesday, February 17, 2016

जिवन्त र यर्थाथ कथामा बनेको छ क्लासिक

सुवास गिरी
चलचित्र निर्माता

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?

हामीले निर्माण गरेको चलचित्र ‘क्लासिक’ हिजो देखि नेपालभर प्रर्दशनमा आएको छ । यही चलचित्रका विभिन्न कार्यहरुमा ब्यस्त छु यतिवेला । चलचित्रको सुरुको दिनमा दर्शकहरुको राम्रो उपस्थिति भएको छ हलहरुमा । चलचित्रको गीत प्रोमो हेरेर एक खालको कौतुहल्ता थियो दर्शकमा अहिले त्यो मेटिएको छ र सबैले निक्कै तारिफ गर्नु भएको छ । 

क्लासिक कस्तो चलचित्र हो ?

क्लासिकलाई हामीले म्युजिक लभ स्टोरी चलचित्र बनाएका छौ । हामीले पहिलो पटक दृष्टि विहिनहरुको प्रेमकथालाई देखाउन खोजेका छौ यो चलचित्र मार्फत । संगीतप्रति लगाव हुने प्रेमी प्रेमीका, उनिहरुमा आउने उतार–चढाव, आखाँ नदेख्नेले पनि बाहिरी संसारलाई राम्रोसँग महसुस गर्न सक्छन् भन्ने कुराको फिलिङ देखाउने कोशिस गरिएको छ यो चलचित्रमा । नेपाली चलचित्रमा आउने विभिन्न विषय वस्तुभन्दा अलिक फरक विषयवस्तु क्लासिकमा देखाउन खोजिएको छ ।

चलिचत्रमा दृष्टि विहिनकै कथा किन रोज्नु भयो ?

क्लासिकको स्क्रिप्ट राइटर छेदन गुरुङ हुनुहुन्छ । उहाँको एउटा साथि दृष्टि विहिनहुनुहुन्छ । उहाँबाट इन्सपायर भएर बनाएको हो क्लासिक चलचित्र । एउटा जिवन्त र रियल स्टोरीमा बनेको छ चलचित्र क्लासिक ।

क्लासिक हेर्न किन जाने दर्शक हलसम्म ?

हामीले हाम्रो ब्यानरबाट राम्रो चलचित्र दिने कोशिस गर्छौ । म के दाबा गर्छु भने एउटा राम्रो चलचित्र बनेको छ क्लासिक । राम्रो बनेको नेपाली चलचित्रका राम्रै दर्शकहरु हुनुहुन्छ । राम्रा सिनेमा जहिले पनि चलेका छन् । हामीले बनाएको नोभेम्बर रेनले पनि यो कुराको पुष्टि गरेको छ । नोभेम्बर रेनमा हामीले जुन कुराको फिडब्याक पाएका थियौ ति कुराहरुलाई सुधार गरेर क्लासिक बनाएका छौ । फेरि चलचित्र हेर्ने भनेको मनोरञ्जनका लागि हो र चलचित्रले केही सन्देश पनि दिन सक्नु पर्छ यो सबै छ चलचित्र क्लासिकमा ।

क्लासिकको अर्थ ?

क्लासिक शब्द अंग्रेजी भए पनि युज टु जस्तो हो । राम्रो लाग्यो भने वा फरक छ भने गाउँतिर पनि कस्तो क्लासिक रहेछ भन्ने गरिन्छ । त्यसकारण हामीले पनि यो टाइटल रोजेका हौ । यो टाइटल दर्शकको मानसपटलमा रहने छ । आउने पुस्ताले पनि मन पराउने छन् भन्ने विश्वास लिएका छौ हामीले । यही हिसावले यो नाम छनोट गरेका हौ । हरेक मान्छेले याद गर्ने फिल्म बनाएका हौ । अन्य फिल्म भन्दा भिन्नता दिने कोशिस गरेका हौ गीत संगीत तथा मेकिङ र स्टोरी आदिमा ।

क्लासिकमा पनि नोभेम्बर रेनकै कलाकारहरु दोहोराउनुको कारण ?

चलचित्र नोभेम्बर रेन बन्दा देखि नै क्लासिकको स्क्रिप्ट तयार भएको हो । कलकार छनोट पनि त्यति बेला नै गरेको हो । स्क्रिप्टलाई रि राइट गर्न ६ महिना जति लाग्यो । फेरि यो कथाको डिमान्ड पनि हो कलाकारहरु । मलाई लाग्छ लभ स्टोरी फिल्ममा आर्यन र नम्रता जस्तो उत्कृष्ट अरु छैनन् । भोलि अन्य फिल्महरुमा अन्य कलाकारहरु रहनुहुन्छ होला तर लभस्टोरी फिल्ममा मेरो रोजाइ आर्यन र नम्रता नै हुन् ।

निर्माताहरु यो फिल्डलाई नबुझिकन नै आउँछन् भनिन्छ नी ?

पाँच वर्ष अघिको मेरो पहिलो चलचित्र ‘हो यही माया हो’ बनाउँदा पैसा मात्र भएर नहुँदो रहेछ भन्ने पाठ सिके । अल नेपाल फिल्म रिलिज हुँदा पब्लिसिटिको पैसा पनि आएन । त्यसबाट राम्रो टिम, स्टोरी चाहिने रहेछ भन्ने थाहा भयो । पैसाले मात्र फिल्म चल्दैन भन्ने पाठ सिके । एउटा राम्रो चलचित्र बनाउनका लागि निर्मातामा मात्र ज्ञान भएर हुँदैन, टिम राम्रो हुनुपर्छ भन्ने लाग्छ मलाई । त्यही राम्रो टिमले नोभेम्बर रेन बनायो र चलचित्रले अत्यधिक सफलता पनि पायो । थुर्पै अवार्ड पनि प्राप्त भयो । त्यसैको हौसलाले क्लासिक बनाए । लगानि मात्र गर्ने निर्माता छन् भने चलचित्र राम्रो बन्दैन । टिम, स्टोरी, निर्देशक सबै राम्रो चाहिन्छ भन्ने कुरा मैले बुझेको कुरा हो ।

सिनेमा के हो ?

सिनेमालाई दुई किसिमले लिइन्छ । एउटा समाजको दपर्ण अर्को मनोरञ्जन । दुवै किसिमको चलचित्र सुरु गर्दै छौ चाडै । अहिले आउन लागेको चलचित्र क्लासिक पूर्णरुपमा मनोरञ्जनको लागि बनाएको चलचित्र हो । यो चलचित्रले २ घन्टा १५ मिनेट फुल मनोरञ्जन दिन्छ । समाजका लागि पनि चलचित्र बनाउने सोचमा छु । चाडै नै यस कार्यले मुर्तरुप लिने छ ।

क्लासिकको लक्षित दर्शक ?

यो समुह या यही  पुस्तालाई भन्ने छैन । युवा देखि बृद्ध–बृद्धा सबैले हेर्ने चलचित्र बनाएका छौ क्लासिक । परिवारसँग बसेर हेर्न मिल्ने चलचित्र हो यो । आम नेपालीलाई समेटने बनाउनु पर्छ चलचित्र भनेर बनाएको हो क्लासिक । यसमा बच्चा, युवा, बृद्धा सबैको भावना समेटने कोशिस गरिएको छ ।

कतिको आशावादी हुनुहुन्छ ?

क्लासिकले राम्रो ब्यापार गर्नेमा हामी पूर्णत आशाबादी छौ । हिजो हलहरुमा दर्शकको भीडले पनि यो कुराको पुष्टि गरेको छ । एउटा राम्रो चलचित्र बनेको छ क्लासिक । राम्रो चलचित्र हेर्ने दर्शक जहिले पनि छन् नेपाली चलचित्रका । फेरि कलाकार देखि सम्पूर्ण टिमले निक्कै मिहिनेत गर्नु भएको छ यो चलचित्र निर्माणमा । कुनै कुराको कम्प्रोमाइज गरिएको छैन । एउटा राम्रो चलचित्र चल्ने र त्यसले सफलता पाउनेमा म मात्रै होइन जो कोही पनि पूर्ण विश्वस्त हुन्छ होइन र ?


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment