काठमाडौं । पूर्णरुपमा हुर्केपछि तपाईको बच्चाको उचाई कति हुन्छ होला भनेर जान्न चाहनुहुन्छ ? यदि जान्न चाहनुभएको छ भने एउटा साधारण गणितको सुत्र प्रयोग गर्नुहोस् र आफ्नो बच्चाको अनुमानित उचाई पत्ता लगाउनुहोस् ।
प्रायः बच्चाहरु पूर्णरुपमा बढिसकेपछि उनीहरुको उचाई आफ्ना बाबुआमाको औसत उचाई बराबर हुने गर्दछ । यो सुत्रलाई करीव ५० वर्ष देखि प्रयोग गर्दै आइएको कुरा द न्युयोर्क टाइम्सले बताएको छ ।
छोराको उचाइ कसरी थाहा पाउने ?
छोराको अनुमानित उचाइ जान्नका लागि आमा तथा बाबुको उचाईलाई जोड्नुहोस् । जोड्दा आउने योगफलमा फेरि ५ इन्च (१३ सेन्टिमिटर) जोड्नुहोस् अनि उक्त योगफललाई २ ले भाग गर्नुहोस् । यसरी भाग गरेपछि आउने भागफल नै छोराको अनुमानित उचाई हुनेछ ।
छोरीको उचाई कसरी थाहा पाउने ?
छोरीको अनुमानित उचाइ जान्नका लागि आमा तथा बाबुको उचाईलाई जोड्नुहोस् । जोड्दा आउने योगफलमा फेरि ५ इन्च (१३ सेन्टिमिटर) जोड्नुहोस् अनि उक्त योगफललाई २ ले भाग गर्नुहोस् । यसरी भाग गरेपछि आउने भागफल नै छोरीको अनुमानित उचाई हुनेछ ।
माथि उल्लेखित तरिका बाहेक बच्चाको उचाइलाई अनुमान गर्ने अर्को विधि पनि प्रचलनमा रहेको पाइन्छ । जस अनुसार यदि छोराको उचाई हुर्केपछि कति हुन्छ भनेर अनुमान गर्न २ वर्ष हुँदाको उचाई नापिन्छ अनि त्यो उचाईलाई दोब्बर गरिन्छ । र यदि छोरीको उचाई हुर्केपछि कति हुन्छ भनेर अनुमान गर्न डेढ वर्ष हुँदाको उचाइलाई नापिन्छ अनि त्यो उचाईलाई दोब्बर गरिन्छ ।
यो सुत्र गलत सावित भएमा मानिसको उचाईलाई वातावरण तथा पोषणले पनि प्रभाव पार्दछ भन्ने कुरालाई भने ख्याल गर्नुपर्दछ । यद्यपि उचाईलाई जेनेटिक्स वा आनुवांशिकीले ६० देखि ८० प्रतिशतसम्म प्रभाव पार्दछ । छोरीको उचाई कति हुन्छ भन्ने कुरामा जिनले ७५ प्रतिशत भुमिका खेल्ने र छोराको उचाई कति हुन्छ भन्ने कुरामा ७८ प्रतिशत भुमिका खेल्ने केही वर्ष अगाडि गरिएको एक अध्ययनले देखाएको छ ।
एउटै आमाबाबुबाट जन्मेका सन्तानको उचाई एउटै नहुन पनि सक्दछ । एक अध्ययनले पहिला जन्मिने बच्चाभन्दा पछि जन्मने बच्चा अलि होचा हुने देखाएको छ । पहिला जन्मने बच्चाको उचाई अपेक्षाकृतरुपमा बढी हुने र पछि जन्मने बच्चाको उचाई त्यो भन्दा कम हुने उक्त अध्ययनको निष्कर्ष रहेको छ ।
from Nepal123.com - यसरी पत्ता लगाउनुहोस् आफ्नो बच्चा कति अग्लो हुन्छ भनेर………
No comments:
Post a Comment