Friday, May 6, 2016

नेपालको सरकार परिवर्तनका विषयमा भारतको हात छ कि छैन ?, बोल्यो भारत

काठमाण्डु, २४ वैशाख– भारतले नेपाल राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको बताएको छ ।

विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले सरकार परिवर्तन गर्ने विषय नेपालको आन्तरिक मामिला भएको बताउँदै भने, ‘सरकार परिवर्तन गर्ने, नगर्ने विषय नेपालको आन्तरिक विषय तर नेपालको छिमेकी मित्र भएकाले हामीले त्यहाँको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका छौँ ।’

नेपालको सरकार परिवर्तनका लागि भारतले खेल खेलेको आरोप लागिरहेका बेला स्वरुपले ले नेपालको विषयमा मिश्रीत प्रतिक्रिया दिएका हुन् ।

मन्त्रालयको नियमित भेटघाटका क्रममा भारतीय पत्रकारले प्रायजसो नेपालको विषय उठाउने गछौँ ।



from Nepal123.com - नेपालको सरकार परिवर्तनका विषयमा भारतको हात छ कि छैन ?, बोल्यो भारत

No comments:

Post a Comment