Friday, May 6, 2016

देश ठग्ने एनसेलबारे संसदमा छलफल गर्नुपर्ने गगन थापाको माग

काठमाण्डु, २४ वैशाख– करि छली प्रकरणमा मुछिएको एनसेल खरिदबिक्रीमा पूजिगत लाभकर असुल गर्नुपर्ने सम्बन्धमा संसदमा छलफल गर्नुपर्ने माग राख्दै कांग्रेसका सांसद गगन थापाले प्रस्ताव दर्ता गराएका छन् ।
एनसेलले दिनुपर्ने रकम वार्षीक आयको महत्वपूर्ण हिस्सा हुने बताउँदै थापाले संसदमा छलफल गरी सरकारलाई निर्देशन दिन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

एनसेल र बिक्रेता कम्पनी टेलियासोनेले सरकारलार्य कर नतिर्ने बताएएपछि चौतर्फी बिरोध भइरहेका बेला थापाले यस्तो प्रस्ताव दर्ता गराएका हुन् ।

एनसेलले एक खर्ब ४० अर्ब रुपैयाँको खरिदबिक्रीको ८० प्रतिशत सेयरतर्फको लाभकर नतिर्ने बताउदै आएको छ ।



from Nepal123.com - देश ठग्ने एनसेलबारे संसदमा छलफल गर्नुपर्ने गगन थापाको माग

No comments:

Post a Comment