Friday, May 6, 2016

नगरपालिकाका कर्मचारीको धर्ना जारी

सप्तरी, २४ वैशाख – विभिन्न माग राख्दै राजविराज नगरपालिकाका कर्मचारीले तीन दिनदेखि राख्दै आएको धर्ना आज पनि जारी राखेका छन् ।

नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गरुङको कार्यशैलीमा सुधार, हरुवाचरुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने र तीन महिनादेखि कर्मचारीको रोकिएको तलब उपलब्ध गराउनुपर्नेलगायतका १३ बुँदे माग राख्दै कर्मचारी तीन दिनदेखि धर्नामा बसेका छन् ।

यता कर्मचारीले नगरपालिकामा धर्ना कार्यक्रम जारी राखेपछि कामकाजका लागि आउने सेवाग्रही सेवा लिनबाट वञ्चित भएका छन् ।

यसैबीच कर्मचारीले भने आफूहरुको माग पूरा नभएसम्म धर्ना कार्यक्रम यथावत् रहने बताइएको छ ।



from Nepal123.com - नगरपालिकाका कर्मचारीको धर्ना जारी

No comments:

Post a Comment