काठमाडौँ : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले शिक्षा मन्त्रालयलाई कुन विषय कुन देशको कुन विश्वविद्यालयमा उपयुक्त छ भन्ने सूची प्रकाशित गर्न निर्देशन दिएको छ।
समितिको शुक्रबार बसेको बैठकले अध्ययनका लागि उपयुक्त देखिएका देशहरुसँग एमओयू गर्नसमेत निर्देशन दिएको छ।
‘विदेशमा अध्ययनका लागि कुन विषयमा कुन देशको कुन युनिभर्सिटी उपयुक्त छ, यसको अध्ययन गरी सूची प्रकाशित गर्न निर्देशन दिने निर्णय भयो।’ समितिको निर्णयमा भनिएको छ।
एजुकेशनल कन्सल्टेन्सीहरु व्यवस्थित गर्न समेत निर्देशन दिँदै समितिले त्यस्ता कन्सल्टेन्सीलाई मान्यता दिँदा प्रभावकारी मापदण्ड बनाउन समेत शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
साथै अनुगमन संयन्त्र निर्माण गरी उचित कारबाही गर्न पनि समितिको निर्देशन उल्लेख छ।
from Nepal123.com - शिक्षा मन्त्रालयलाई संसदीय समितिको निर्देशन- देश, विश्वविद्यालय र विषयको सूची निकाल!
No comments:
Post a Comment