Friday, May 6, 2016

‘शैक्षिक परामर्शका नाममा मानव तस्करी’

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे।
‘यहाँ पढ्ने विद्यार्थीको भिसालगायतमा समस्या छैन, तर पढ्ने नाउँमा भटाभट कामदारमा पठाउने काम भइरहेको छ। यसले समस्या ल्याएको छ, सरकारले कुन मुलुकमा पढ्न पठाउन उपयुक्त छ वा छैन भनेर यकिन गरिदिने हो भने समस्या समाधान हुन्छ,’न्यौपानेले भने।
उनले परामर्श केन्द्रको परामर्श विद्यार्थीका नाममा कामदार पठाउनका लागि रहेको भन्दै यस्ता विकृति रोक्न सरकारले छुट्टै ऐन बनाउनु पर्नेमा जोड दिएका थिए।
समितिको शुक्रवारको बैठकमा सांसदहरुले शैक्षिक परामर्श केन्द्र र म्यानपावर व्यवसायीको गलत कार्यलार्य बाहिर ल्याइदिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई अझै कडाइका साथ प्रस्तुत हुन सुझाव दिएका थिए।


from Nepal123.com - ‘शैक्षिक परामर्शका नाममा मानव तस्करी’

No comments:

Post a Comment