Friday, May 6, 2016

अध्यक्ष प्रचण्ड कता हराए ?

काठमाडौं । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासद्हरू निर्धारित समयमा उपस्थित भइसकेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकम खबर छ–सिंहदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरूले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोकुर्सीतिर निरन्तर आँखा लगाइरहे।

उनीहरू सायद चार दिनयता नेपालको राजनीतिमा उठेका प्रश्नहरूको उत्तर खोज्न आतुर थिए। उनीहरू त्यो प्रश्नको उत्तर प्रचण्डकै मुखबाट सुन्न चाहन्थे। तर उनीहरूको यो चाहना पूरा हुन पाएन। अध्यक्ष प्रचण्ड उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो। बैठक अवधिभर उनीहरूले एकआपसमा खासखुस गर्दै प्रश्न गरे( अध्यक्ष प्रचण्ड खै ?

पार्टी सचिव एवं नीति तथा कार्यक्रम विभागका प्रमुख वर्षमान पुनले एकाएक सांसदहरूलाई बैठक प्रारम्भ भएको जानकारी दिँदै भने, ुप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गर्‍यो। त्यसका लागि केही समय गम्भीर गृहकार्य भए पनि हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं।

हाम्रो पार्टीले उठाएका पाँचवटा एजेन्डामा समयबद्ध रूपमा काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएपछि नौबुँदे सहमति भएको हो।ु नौबुँदे सहमतिका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता उद्धृत गर्दै स्रोतले भन्यो, ुअध्यक्ष दाहालजी बजेट आएपछि कांग्रेसको प्रस्तावमा होइन, वर्तमान गठबन्धनका तर्फबाट मेरो प्रस्तावमा तपार्इं प्रधानमन्त्री हुनुहुन्छ।ु

शान्तिप्रक्रियाअन्तर्गत सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोगको कामकारबाहीलाई अधिकार सम्पन्न गराउन ऐन संशोधन गर्ने, अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दा फिर्ता लिने, सहिद परिवारलाई दिन बाँकी पाँच लाख रुपैयाँं आगामी बजेटमा विनियोजन गर्ने प्रतिबद्धतासमेत प्रधानमन्त्रीले गरेको जानकारी पुनले दिएका थिए।

अध्यक्ष दाहालको अनुपस्थितिबारे अर्कै कार्यक्रममा व्यस्त रहेकाले सहभागी हुन नसकेको जानकारी पुनले बैठकमा दिएका थिए। सांसद अनिताकुमार परियारले विगत चार दिनयताका राजनीतिक घटनाबारे अध्यक्षबाटै जानकारी लिन खोज्नु नौलो नभएको बताइन्।



from Nepal123.com - अध्यक्ष प्रचण्ड कता हराए ?

No comments:

Post a Comment