Thursday, May 5, 2016

भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण प्राधिकरणको सक्रियता बढ्दै

सिन्धुलीमा आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया आजदेखि सुरु हुने ।

सिन्धुलीमा भूकम्पपछिको आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया आजदेखि पुनः सुरु हुने भएको छ । अहिले प्राविधिकको टोली पुगेकाले आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया सुरु हुने भएको हो ।

बुधबार बेलुकासम्ममा हाजिर हुन गएका ४९ जना इन्जिनियरलाई गाविसको जिम्मेवारी तोकिएको र आज सम्बन्धित गाविसमा गई आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया थालिने बताइएको छ । इन्जिनियरहरु गाविसमा पुगिसकेपछि घर निर्माणका लागि आवश्यक सामग्रीको निरीक्षण गर्ने, रकम सम्झौताका लागि काम थालनी गर्नेलगायतका काम गर्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै, इन्जिनियरहरुले गाविसमा आवास निर्माणका लागि पीडितलाई १७ वटा भूकम्प प्रतिरोधी घरको नक्सा देखाउने र पीडितको रोजाइका आधारमा घर बनाउनु सघाउने छन् । पीडितले १७ वटा नक्सामा पर्नेबाहेकको घर पनि बनाउन पाउने खतिवडाको भनाइ छ । वर्षा लागिसक्दा समेत आवास निर्माणको सम्झौता र रकम निकासा नहुँदा काम छाडेर घर बनाउनुपरेको पीडितको गुनासो छ । स्थानीय राजनीतिक दलहरुले समन्वय गरेर निर्माणकार्यमा सहयोग गर्नुपर्नेमा अवरोध गरिँदा कतिपय स्थानमा भने पीडितले कहिले घर बनाउन पाउने हुन् भन्ने अन्योल कायम छ ।



from Nepal123.com - भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण प्राधिकरणको सक्रियता बढ्दै

No comments:

Post a Comment