Thursday, May 5, 2016

झन्डै एक लाख जरिवाना तोकिएका फरार युवा प्रहरीको फन्दामा

विराटनगर : ठगी मुद्दामा अदालतबाट सजाय तोकिएका विराटनगरका एक व्यक्ति पक्राउ परेका छन्।
विराटनगर–७ बस्ने २५ वर्षीय दीपेश शर्मालाई पक्राउ गरिएको पूर्व क्षेत्र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनलाई क्षेत्रीय अनुसन्धान समूहले घरबाट बिहीबार पक्राउ गरेको हो।

पुनरावेदन अदालत मोरङले शर्मालाई २०७१ मंसिर ९ गते दुई वर्ष कैद र ९२ हजार ८ सय जरिवाना गरेको थियो। उनलाई बिहीबार नै विराटनगरस्थित कारागार चलान गरिएको छ। रासस



from Nepal123.com - झन्डै एक लाख जरिवाना तोकिएका फरार युवा प्रहरीको फन्दामा

No comments:

Post a Comment