काठमाडौ । कांग्रेसको समर्थनमा आफ्नो सरकार गठन गर्न अघि सरेका एमाओवादी अध्यक्ष अन्ततः पछि हटेका छन् ।मुख्य सत्तारुढ घटक एमालेसँग बुधबार राति र बिहीबार बिहान भएको संवाद नै उनलाई १८० डिग्री उल्टो फर्काउन सफल सावित भयो ।
बुधबार राति १० बजेसम्म बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग शान्ति प्रक्रियाको समापन, संविधान कार्यान्वयन, पुनर्निर्माण, प्रशासनिक राजनीतिक नियुक्तिलगायत विषयका चासोबारे कुराकानी भएको थियो ।
त्यसक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगमा लगेर टुंग्याउनुपर्ने मुद्दालगायत विषयमा ओलीले ठोस योजना प्रस्तुत गर्ने प्रचण्डलाई आश्वासन दिए । त्यसअनुसार बिहान ८ बजे एमाले उपाध्यक्ष बामदेव गौतम दाहाललाई भेट्न लाजिम्पाट निवास पुगे ।
गौतम दाहालसित दोस्रो तहका केही एमाओवादी नेताबीच थाती मुद्दा सम्बोधन गर्न कार्यतालिका बनाएरै अघि बढ्ने सहमति भयो । ओलीका तर्फबाट कुरा गर्न गएका गौतमसँग अकस्मात् ‘सफल समझदारी’ पछि दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई टोली फोन गरे ।
आफ्नो दललाई प्रधानमन्त्री प्रस्ताव गरेकोमा धन्यवाद दिए, अनि तत्काललाई अस्विकार गरे । दाहाल जवाफले चकित देउवाले चियापानका लागि बुढानिलकण्ड निवास बोलाए । दाहालले ‘लाजिम्पाटकै चिया पिउन’ निम्ता गरेपछि देउवा आफ्ना निकटस्थ विमलेन्द्र निधी र रमेश लेखकसँग त्यहीँ पुगे ।
दाहालले उही प्रसंग दोहोर्याए । सरकार ढाल्ने रणनीति बोकेर गएका देउवा चिया र धन्यवाद पाएर फर्के । देउवाले जे नहोला भन्ने अपेक्षा गरेथे बुधबार राती ओलीले त्यही गरेपछि परिस्थित ठ्क्याकै उल्छिएको थियो ।
बजेट आउनजेल कुर्न र त्यसपछि यही गठबन्धनको अर्काे प्रधानमन्त्री बन्न ओलीले प्रस्ताव रोखेपछि दाहाल पुरै मोडिएका थिए । आजको कान्तिपुरमा समाचार छ ।
from Nepal123.com - प्रचण्डसंग देउवाले जे अपेक्षा गरेका थिए ओलीले यसरी उल्टाइदिए
No comments:
Post a Comment