दाङ, वैशाख २४ – आफ्नो छोरोलाई तास खेल्न नपठाएकाले दाङमा एक वृद्धको ज्यान गएको छ । दाङको लक्ष्मीपुर –२ भैसीकुर्माका ६६ वर्षे इश्वरबहादुर दमाईले छोरालाई अरु युवासँग तास खेल्न नपठाएपछि ती युवाको कुटाइबाट इश्वरको ज्यान गएको हो ।
बिहीबार राति दमाइकै घरमा पुगेर केही युवाले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते इश्वरकाे बिहीबार बिहान राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार इश्वरका छोरा बिहीबार राति तास खेलेका थिए । तास खेल्न छाडी उनी आफ्नो घर सुत्न गए । तर तास खेल्न छाडेर भाग्यो भनेर सँगै तास खेलेका अरु युवा उनलाई खोज्दै उनको घर पुगेका थिए ।
उनलाई खोज्दै घरमा पुगेका ती युवाहरुसँग तास खेलेर छाडेका युवाका बुवा इश्वरको विवाद भएको थियो । इश्वरले छोरालाई तास खेल्न पठाउन मानेका थिएनन् । छोरालाई तास खेल्न पठाउन इश्वरले नमानेपछि तास खेल्ने युवाहरुले इश्वरलाई कुटपिट गरेका थिए ।
गम्भिर घाइते भएका इश्वरको उपचारका क्रममा ज्यान गएको हो । कुटपिटमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्रेको छ ।
from Nepal123.com - छोरालाई तास खेल्न नपठाएको भन्दै कुटेर बुवाको हत्या
No comments:
Post a Comment