काठमाण्डु, २४ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् ।
व्यवस्थापिका संसदको बैठकमा दुई दिनसम्म सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले दीर्घकालीन हित हुने उद्देश्यसहित विकास योजनाको काम अघि बढाएको जानकारी दिए ।
संसद बैठकमा १ घन्टा ५० मिनेट बोलेका उनले काम गर्छु भन्दा विरोध गरिएको भन्दै आक्रोश पोखे । ‘मैले आर्थिक विकास र समृद्धिका कुरा गरिरहेको छु । त्यस्तो सुन्दा तपाईहरुलाई छटटपटी होला, होस, तर म गरेरै देखाउँछु, सांसदको प्रश्नको जवाफ दिँदै उनले भने । सरकार गठन भएको समयसीमा र गरेका कार्यलाई नजरअन्दाज गरेर आलोचना गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘यहाँ त काम गर्छु भन्दा पनि मुख थनेरे नबोल भन्न थाले, तपाईहरु छटपटाउनुहोस्, , केही छैन ,। म काम गरेर देखाउँछु, उनले भने । सरकारले काम गर्छुभन्दा काम गर्न नदिनेहरु सल्बलाएको उनको टिप्पणी छ ।
‘एक वर्षभित्र तुइनमुक्त देश बनाउँछु, तराईका जिल्लामा रेल कुदाउँछु, काठमाण्डु–पोखरा–लुम्बिनी रेल कुदाउँदछु ओलीले भने, ‘एकवर्षभित्र आधारभूत रुपमा लोडसेडिङमुक्त गर्छु, दुई वर्षमा निर्यात गर्नेसम्म काम गर्छु भनेको छु, गर्छु । नागरिक दैनिकबाट
from Nepal123.com - केपी ओलीको यो कुरा सुन्दा त केही होला झै लाग्ने
No comments:
Post a Comment