काठमाडौं, २३ वैशाख । सरकारले आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
सरकार परिवर्तनको चर्चा भइरहेकै बेला विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।
यसअघि बुधबार एमाले नेतृत्वको वर्तमान सरकार ढालेर नीति तथा कार्यक्रम रोक्ने निर्णयमा प्रमुख साँझेदार एमाओवादी पुगेको थियो । तर, विहीबार उक्त निर्णयबाट ब्याक हुँदै एमाओवादीकै समर्थनमा मन्त्रिपरिषदका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेरै छाडेको हो ।
उक्त नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले आइतबार संसदमा पेश गर्ने कार्यसूची तय भइसकेको छ ।
यसैगरी बैठकले पत्रकारहरुको तलब बढाउने निर्णय गरेको छ । श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक १९ हजार ५ सय पुगाउने सञ्चार मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरेको वालुवाटार स्रोतले जनाएको छ । यसअघि पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ५ सय थियो ।
यसैगरी, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रहण, र आफ्नै स्रोतबाट निर्माण गर्ने लगायत निर्णयहरु पनि भएका छन् ।
from Nepal123.com - मन्त्रिपरिषद बैठकः एमाओवादीले साथ दिएपछि नीति तथा कार्यक्रम पारित
No comments:
Post a Comment