ई. बिगुल पोखरेल, क्यानडा
मातृत्वको छहारीमा, दिएको अमुल्य योगदान ।
अपरिहार्य छ आमा, तिमीलाई लाखौँलाख सम्मान ।।
संघर्षशील तगारोलाई, पन्छाउदै यहाँ ।
तिमीले दिएको छौँ आमा, ठुलो गौरवको शान ।।
सजिलो थिएन, तिम्रो साथ विना यो संघर्षशील मैदान ।
सधै मुखबाट गुन्जिरहोस्, मातृत्वको यो गान ।।
आँसु लुकाउंदै हास्न सिकायौ तिमीले ।
कती प्यारो छ आमा, त्यो मातृत्वको आँगन ।।
कतै रोदनको भुमरीमा, नअल्मली तिमी ।
चुम्न सिकायौ आमा, सफलताको गगन ।।
प्रत्येक दुःखहरुलाई, छ्छ्ल्कीदै सिकाएको ।
बिर्सने छैन आमा, अन्त्येष्टिसम्म त्यो अमुल्य ज्ञान ।।
आहा कति भाग्यमानी, सम्झन्छु म आफुलाई ।
आमा तिमी नै मेरो, सर्वश्व र इमान ।।
हो आमा तिमी नै हौ, सवथोक हाम्रो
गर्यौ आमा हाम्रो लागि, तिमीले धेरै कुर्वान ।।
(सम्पूर्ण आमाहरुमा समर्पित )
from Nepal123.com - सम्पूर्ण आमाहरुमा समर्पित गजल ‘आमा’
No comments:
Post a Comment