Thursday, May 5, 2016

राजनीति तरंगित पारेको ७२ घन्टा

२१ वैशाख -बिहान : कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूबीच देउवानिवासमा छलफल । सरकारको नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव ।

-बेलुकी : प्रधानमन्त्री ओलीसहितका एमाले र एमाओवादीका शीर्ष नेताबीच बालुवाटारमा डिनर बैठक । कांग्रेसले सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको प्रचण्डद्वारा प्रधानमन्त्रीलाई जानकारी ।

२२ वैशाख -बिहान : एमाओवादी स्थायी समिति बैठकद्वारा प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय । एमालेसहितका दलसँग सहयोगको अपिल । –

बिहान : एमाओवादीले सरकारका विषयमा प्रश्न उठाएपछि राष्ट्रिय सहमतिको सहमतिको प्रयासका लागि अन्य दलसँग पनि छलफल गर्ने एमाले स्थायी समितिको निर्णय ।

-बिहान : आफ्नो पार्टीको निर्णयबारे प्रचण्डद्वारा प्रधानमन्त्रीलाई जानकारी । आफूलाई सघाउन प्रस्ताव ।

-मध्याह्न : पछिल्ला राजनीतिक घटनाबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा छलफल ।

-दिउँसो : सरकार फेर्ने विषयमा कांग्रेस र मधेसवादी दलबीच छलफल । सरकार फेर्न सघाउन देउवाको आग्रह ।

-दिउँसो : सरकार फेर्ने एमाओबादी निर्णय गलत भएको भन्दै राप्रपा नेपालद्वारा पूर्नविचार गर्न आग्रहसहितको वक्क्तब्य जारी ।

-साँझ : एमाओबादी पदाधिकारी बैठकद्वारा एमालेसँग निर्णायक छलफल गर्ने निर्णय –

साँझ : एमाओवादी निर्णयपछिको अवस्थाका विषयमा छलफल गर्न बालुवाटारमा सत्तारुढ दलहरुको बैठक । एमाओवादी अनुपस्थित ।

-साँझ : एमाले र एमाओवादीका नेताबीच बालुवाटारमा छलफल । नीति तथा कार्यक्रम र बजेट ल्याउन दिन र त्यसपछि सरकारको नेतृत्व लिन प्रधानमन्त्रीको आग्रह ।

२३ वैशाख -बिहान : प्रचण्ड र एमाले नेताद्वय झलनाथ खनाल र वामदेव गौतमबीच प्रचण्ड निवासमा छलफल । स्थानिय निकायको निर्वाचनसम्म वामपन्थी गठबन्धन कायम राखेर जाने सहमति ।

-बिहान : प्रधानमन्त्रीले बिहान ८ बजे बोलाएको मन्त्रिपरिषद् बैठक एमाओवादी सचिव तथा उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको आग्रहमा साँझसम्मका लागि स्थगित ।

-बिहान : देउवा र प्रचण्डसहितका कांग्रेस–एमाओवादी नेताहरुबीच प्रचण्ड निवासमा छलफल । तत्काल राष्ट्रिय सहमतिको वातावरण बन्न नसक्ने भन्दै बजेटपछि साथ दिन देउवासँग आग्रह ।

-दिउँसो : एमाओवादीलगायतले उठाएका प्रश्न तथा सरकारको काम कारवाहीबारे प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन ।

-बेलुकी : बिहान स्थगित बैठक मन्त्रिपरिषद् बैठक राती बस्यो । -राति : थप सहकार्यका लागि एमाले–एमाओबादीबीच छलफल । लिखित सहमति

नयाँ पत्रिका दैनिकमा खबर छ ।



from Nepal123.com - राजनीति तरंगित पारेको ७२ घन्टा

No comments:

Post a Comment