Thursday, May 5, 2016

४ महिने यि बालकका छन् ३१ वटा औँला : हातमा १५, खुट्टामा १६

एजेन्सी । सामान्यतया मानिसको हात खुट्टामा ५ वटा औँला हुन्छन् । ४ वटा हात खुट्टामा गरेर कुल २० वटा औँला हुन्छन् । तर चीनका एक बालकका हात र खुट्टामा गरेर ३१ वटा औँला छन् । हान्गकान्ग नामक ४ महिने यी बालकका दुई हातमा १५ वटा र दुई खुट्टामा १६ वटा औँला रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

ति बालकका हातमा दुईवटा हत्केला छन् भने कुनै कुनै खास हुनुपर्ने औँला छैनन् । मेडिकल साइन्स का अनुसार यसलाई पॉलिडैक्टलिजम भन्ने गरिन्छ । यो समस्याका कारण अतिरिक्त औँलाहरुका कारण जन्म लिनु हो ।

चिल्ड्रन हेल्थ केयर अफ अटलांटाका अनुसार यस्तो असामान्य अवस्था प्रति हजार शिशु मध्ये एकमा हुने गर्छ । ति बढी भएका औँलाहरुलाई अप्रेसन गरेर काटी फालिन्छ ।

जसको अप्रेशनका लागी २ लाख युआन लाग्ने बच्चाको परिवारले जनाएको छ । बच्चाको परिवारले सहयोगको अपिल गर्दै इन्टरनेटमा मद्धत मागे सँगै उनीहरुले अहिलेसम्म ४० हजार युआन प्राप्त गरिसकेका छन् ।



from Nepal123.com - ४ महिने यि बालकका छन् ३१ वटा औँला : हातमा १५, खुट्टामा १६

No comments:

Post a Comment