Thursday, May 5, 2016

नक्कली प्रमाणपत्रधारी पाइलटले धमाधम जागिर छाड्न थाले

काठमाडौँ २४ बैशाख । नक्कली प्रमाणपत्रका आधारमा पाइलट बनेका विशाल कार्की पक्राउ परेपछि अन्य पाइलटले पनि धमाधन राजीनामा दिन थालेका छन् । विहीबार विभिन्न एयरलाइन्समा कार्यरत पाँचजना पाइलटले राजीनामा दिएका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंगलबार गोमा एयरमा एक वर्षदेखि को पाइलटका रुपमा कार्यरत काकीलाई पक्राउ गरेको थियो ।

६८ जनाको शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान सुरु भएपछि अन्य पाइलटले पनि राजीनामा दिएका हुन् । आफूहरुमाथि छानविन सुरु भएपछि देशका ठूला एयरलाइन्समै कार्यरत पाइलटले राजीनामा ल्उिको स्रोत बताउँछ ।

सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले पनि पाइलटहरुले राजीनामा दिएको सूचना पाइएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



from Nepal123.com - नक्कली प्रमाणपत्रधारी पाइलटले धमाधम जागिर छाड्न थाले

No comments:

Post a Comment