कुशल श्रेष्ठ | नेपाली हेडलाईन्स
फेसबुकमा तपाईँले १ मिनेटमा कतिजनाको पोस्ट अपडेट भएको देख्न सक्नुहुन्छ? यो प्रश्नको जवाफ प्रयोगकर्ताअनुसार फरक पर्न जान्छ, किनभने फेसबुकमा हरेक व्यक्तिको साथीसङ्ख्या र पेजलाइक सङ्ख्या फरक पर्ने गर्दछ। तर मानौँ तपाईँसँग संसारका सबै फेसबुक प्रयोगकर्ताहरू साथी छन् र सबै पेजहरू तपाईँले लाइक गर्नुभएको छ- अब तपाईँले प्रत्येक मिनेटमा ३३ लाख भन्दा बढि नयाँ पोस्टहरू देख्न पाउनुहुनेछ।
विश्वास गर्नुहुन्न होला, तर विश्वभरीमा इन्टरनेटबाट प्रत्येक मिनेट १५ करोड भन्दा बढि ई-मेलहरू पठाइने गरिन्छ। सन् २०१६ अप्रीलमा तयार पारिएको यस आँकडा सन् २०१५ भरी इन्टरनेटमा भएको गतिविधिमा आधारित रहेको छ।
तर, फेसबुकको पोस्ट र ई-मेललगायत इन्टरनेटको हरेक १ मिनेटमा थुप्रै घटनाहरू घटिसकेका हुन्छन्। औषतमा भन्नुपर्दा प्रत्येक मिनेटमा-
- युट्यूबमा ४०० घण्टाबराबरको भिडियोहरू अपलोड हुन्छन्।
- ह्वाट्सएपमा ४ करोड ४४ लाखवटा सन्देशहरू पठाइन्छन्।
- ट्विटरमा ४ लाख २२ हजार भन्दा बढि ट्वीट गरिन्छन्।
- इन्सटाग्राममा ५५ हजारभन्दा बढि फोटोहरू अपलोड हुन्छन्।
- ३१ लाख भन्दा बढि गुगल खोजी गरिन्छ।
- एप्पलको एपस्टोरमा ५५ हजारभन्दा बढि एपहरू अपलोड हुन्छन्।
साथै, इन्टरनेटमा छाइरहेका यस्ता सामाजिक सञ्जालको आँकडा विगतका वर्षहरूको तुलनामा यो वर्ष ह्वात्तै बढेको छ। सन् २०१३ मा फेसबुकमा प्रत्येक मिनेट करीब २५ लाख पोस्टहरू अपलोड हुन्थे भने सन् २०१६ मा आएर ३३ लाख पुगेको छ। त्यसैगरी सन् २०१३ मा युट्यूबमा प्रत्येक मिनेट १०० घण्टाको भिडियो अपलोड हुन्थ्यो भने सन् २०१६ मा त्यो सङ्ख्या ४०० घण्टामा पुगेको छ।
from Nepal123.com - ६० सेकेण्ड भित्र यति काम भैसकेका हुन्छन् इन्टरनेटमा- सन् २०१६ आँकडा
No comments:
Post a Comment