Saturday, April 2, 2016

अब इन्स्टाग्राममा एक मिनेटको भिडियो, थपियो सर्च कम्पास फिचर पनि

चर्चित सोसल साइट इन्स्टाग्राम प्रयोगकर्ताका लागि खुसीको खबर छ । इन्स्टाग्राममा अब एक मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ ।

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै भिडियो पोस्ट टाइमको टाइम लिमिट बढाएको हो । भिडियो पोस्टको बढ्दो लोकपि्रयतालाई ध्यान दिँदै इस्टाग्रामले यस्तो कदम चालेको हो ।

अब प्रयोगकर्ताले इस्टाग्राममा ६० सेकेण्ड सम्मका भिडियो पोष्ट गर्न सक्नेछन् । हालसम्म इन्स्टाग्राममा केवल १५ सेकेण्ड लामा भिडियो मात्र पोस्ट गर्न सकिन्थ्यो ।

फेसबुकको स्वामित्वमा रहेको इस्टाग्रामले पछिल्लो ६ महिनामा आफ्नो भिडियो सेक्सनको लोकपि्रयतामा ४० प्रतिशतले बढोत्तरी भएको जनाएको छ ।

अब इन्स्टाग्राममा १ मिनेट लामो भिडियो पोस्ट गर्न सकिने मात्र होइन भिडियो कतिपटक हेरियो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । त्यसका साथै इन्स्टाग्रामले डिस्कभर पिपुल नामक फिचर पनि थप गरेको छ । यो नयाँ फिचरको सहायताले प्रयोगकर्ताले आफ्ना मित्रहरुालई सजिलैसँग खोज्न सक्नेछन् ।

यो फिचरमा एउटा आइकन दिइएको छ, जसको नाम कम्पास रहेको छ । जब तपाइँले कुनै प्रयोगकर्तालाई यो फिचरको माध्यमबाट सर्च गर्नुहुन्छ तब तपाइँले उसको बारेमा सबै जानकारीका साथै उसले हालै पोस्ट गरेका पछिल्ला ३ फोटोहरु पनि देख्न पाउनुहुनेछ । यो फिचर मोबाइल एप सँगै डेस्कटप प्रयोगकर्ताका लागि पनि उपलब्ध रहेको बताइउको छ ।

साथै अब आइओएस प्रयोगकर्ताले पुनः इन्स्टाग्राममा अपलोड भएका भिडियोहरु जोडेर एउटा सिँगो भिडियो तयार गर्न पनि पाउनेछन् । केही  समय पहिलेदेखि यो फिचर निस्कृय पारिउको थियो । तर प्रयोगकर्ताको तिव्र मागका कारण इन्स्टाग्रामले पुनः यो फिचरलाई पनि एक्टिभेट गरेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment