Saturday, April 2, 2016

क्रिश्चियनलाई हिन्दूवादी युवाहरुको कडा चेतावनी, सरकारको निर्णयको स्वागत

काठमाडौं, २० चैत । क्रिश्मस डे मा सार्वजनिक विदा नदिने सरकारको निर्णयको हिन्दु युवा जनशक्ति संघ नेपालले स्वागत गरेको छ ।

शनिबार संघका अध्यक्ष विकास ठाकुरले एक विज्ञप्ति जारी गरी क्रिश्मस डेका दिन क्रिश्चियन कर्मचारीलाई मात्रै बिदा दिने तर सार्वजनिक बिदा नदिने गरी गृह मन्त्रालयले गरेको निर्णयलाई स्वागतयोग्य भनेका छन् ।

‘क्रिश्मस डेका दिन क्रिश्चियन कर्मचारीलाई मात्रै बिदा दिने तर सार्वजनिक बिदा नदिने गरी गृह मन्त्रालयले गरेको निर्णय स्वागतयोग्य रहेको हिन्दू युवा जनशक्ति संघ नेपालले ठहर गरेको छ र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

संघले हिन्दू बाहुल्य राष्ट्रमा विभिन्न प्रलोभन देखाएर धर्मपरिवर्तन गराउँदै हिड्ने क्रिश्चियनहरुको सम्पूर्ण सुविधाहरु कटौती गर्न र देशका बिभिन्न ठाउहरुमा क्रिश्चियन धर्म सिकाउने र धर्म परिवर्तन गराउने उद्देश्यले खोलिएको बिद्यालय, अस्पताल र संघसंस्थाहरुको पहिचान गरी तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– धर्म प्रचार कार्य रोक्न नेपाल सरकारलाई सुझाव दिन्छौं । साथै यस्ता घृणित कार्यहरु तत्काल रोक्न संघ क्रिश्चियनहरुलाई संघ चेतावनी दिन चाहन्छ ।’

अध्यक्ष ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ- ‘धर्म प्रचार र जबरजस्ती धर्म परिवर्तन नरोकिए धर्मपरिवर्तन गराउने ब्यक्ति, बिद्यालय, अस्पताल र संघसंस्थाहरुलाई संघ भौतिक कारवाही गर्न बाध्य हुनेछ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment