काठमाडौं, २१ चैत । एकीकृत माओवादीसँगको पार्टी एकीकरणका विषयमा छलफल गर्दै आएको नेकपा (माओवादी क्रान्तिकारी)ले आज पनि सोही विषयमा आफ्ना केन्द्रीय सदस्यहरूको धारणा बुझ्दैछ ।
झण्डै एकसातादेखि काठमाडौंको बुद्धनगरमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष मोहन बैद्यको राजनीतिक प्रस्तावमाथि टिप्पणी गर्न बाँकी सदस्यहरूले धारणा राख्ने केन्द्रीय सदस्य रामदीप आचार्यले जानकारी दिनुभयो ।
‘अध्यक्ष ज्यूको प्रतिवेदनमा टिप्पणी गर्ने क्रम जारी छ’, उहाँले भन्नुभयो, ‘धारणा राख्ने सबै सदस्यहरूले छियाछिया परेको माओवादी पार्टी र आन्दोलनलाई एकीकृत गर्नुपर्ने आश्यक्ताका साथ धारणा राखि रहनुभएको छ ।’
बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी एकताको पक्षमा टिप्पणी गरे पनि परी थापा समूहले भने एमाओवादीसँग तत्काल पार्टी एकता गर्न नहुने धारणा राखेको स्रोतको भनाइ छ ।
बैठकमा महासचिव रामबहादुर थापाले पेश गर्नुभएको पूरक राजनीतिक प्रस्तावमा पनि सदस्यहरूले टिप्पणी गर्ने गरेका छन् । थापाले एमाओवादीसँग छिटोभन्दा छिटो पार्टी एकीकरण गर्नुपर्ने विषय अगाडि राख्नुभएको छ ।
बैठक साढे दश बजेपछि पार्टी मुख्यालय बुद्धनगरमा बस्नेछ । बैठक अझै केही दिन लम्बिने बुझिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment