Saturday, April 2, 2016

चीनबाट फर्किए प्रधानसेनापति क्षेत्री, के-के ल्याए कोसेली ? (फोटो फिचर)

काठमाडौं, २० चैत । प्रधानसेनापति राजेन्द्र क्षेत्री उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फिर्ता हुनुभएको छ ।

प्रधान सेनापति क्षेत्रीलार्ई बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो । उहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।

उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत उ चुन्ताई, रक्षा सचिव जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Rajendra-chettrai-china-trip (3)

चिनियाँ जनमुक्ति सेनाका प्रमुख फंग फेनगुईको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री सप्ताहव्यापी भ्रमणको लागि चैत १४ गते चीन प्रस्थान गर्नु भएको थियो । भ्रमणको दौरान उहाँले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष फंग फेनगुइ लगायतका उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नु भएको थियो । त्यसैगरी वहांले चीनको एयर डिफेन्स एकेडेमी, स्पेशल अपरेशन व्रिज, १३ औं ग्रुप कोरप्स लगायत चीनको विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरुकोे निरीक्षण भ्रमण गर्नु भएको थियो ।

Rajendra-chettrai-china-trip (2)

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

के–के ल्याए ?
साताव्यापी चीन भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीले चीनवटा महत्वपूर्ण सम्झौता गरेका छन् । जसअन्तर्गत चिनियाँ सेनाले नेपाली सेनालाई ५० करोड रुपैयाँ दिने भएको छ ।

त्यसैगरी नेपाली सेनालाई तालिममा बेइजिङ लैजाने भएको छ भने नेपाली सेनाको विकास क्षमता अभिवृद्धिका पनि सहयोग आदान प्रदान गर्ने सहमति भएको छ ।

यसले सरकारका साथसाथै दुई देशका सेनाबीच सम्बन्ध प्रगाढ भइरहने र सुरक्षा सतर्कता पनि बोलियो हुने विश्वास लिइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment