भैरहवा, २० चैत । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अधिकार प्राप्तिका लागि लोकतान्त्रिक विधि र प्रक्रिया अबलम्बन गर्नुपर्ने बताउनुभएको छ ।
‘सद्भावका लागि क्रिकेट’ अभियानको आज भैरहवामा उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादवले मधेसी जनताले आफ्नो अधिकार माग्नु ठीक भए पनि नाकाबन्दी गरेर सिमानामा ढुंगामुढा गर्नु गलत भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक विधिअनुसार अघि बढ्न आह्वान गर्नुभयो ।
पूर्वराष्ट्रपति डा. यादवले देशको समृद्धि, विकास र शान्तिका लागि मधेसी र पहाडि समुदाय मिलेर बस्नुपर्ने बताउनुभयो । उहाँले समुदायबीच सद्भाव कायम नभएसम्म मुलुक अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । मधेसी र पहाडि भाईभाई भएको भन्दै उहाँले आफूले संविधान जारी गरेर जनतालाई सुम्पिएकाले अब संविधानमा आएका समस्या राजनीतिक दलहरुले समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।
मधेस आन्दोलन र विभिन्न राजनीतिक गतिविधिका कारण सामाजिक सद्भाव कमजोर भएको भन्दै भैरहवाका चार वटा संस्थाले संयुक्त रुपमा सन् २०१६ लाई सद्भाव वर्षका रुपमा मनाउन अभियान शुरु गरेका हुन् । अभियानअन्तर्गत शनिबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट भैरहवासम्म साइकल ¥याली निकालिएको छ । भैरहवाको सिद्धार्थ रंगशालामा अन्डर–नाइन्टिन रराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो ।
मधेसका जिल्लामा क्रिकेट खेल बढी लोकप्रिय भएकाले अभियानअन्तर्गत सद्भाव कायम राख्नका लागि मधेसका ७ वटा मुख्य शहरमा मैत्रीपूर्ण ट्वान्टी–२० सद्भाव क्रिकेट खेलाइने बताइएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment